ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बाँकेमा कालानमक धानको व्यावसायिक खेती, प्रतिक्विन्टल १२ हजार रुपैयाँसम्म मूल्य

News Desk by News Desk
२:०१ बिहान, कार्तिक १३, २०८३
बाँकेमा कालानमक धानको व्यावसायिक खेती, प्रतिक्विन्टल १२ हजार रुपैयाँसम्म मूल्य
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके, कात्तिक १२ गते ।
बाँकेमा सुगन्धित र स्वादिलो कालानमक धानको संरक्षणसँगै व्यावसायिक खेती विस्तार हुन थालेको छ। रैथाने जातको धान हराउँदै जान थालेपछि किसानले यसको खेती सुरु गरेका हुन्। हाइब्रिड धानको तुलनामा उत्पादन केही कम भए पनि बजार मूल्य बढी पाइने भएपछि किसान कालानमक धानतर्फ आकर्षित भएका छन्।

जानकी गाउँपालिका–३ की दीपाकुमारी काँदु गुप्ताले सुरुमा दुई कट्ठा जमिनमा कालानमक धान लगाएकी थिइन्। अहिले उनले खेती विस्तार गरेर १० कट्ठा पु¥याएकी छन्। उनका अनुसार कालानमक धान प्रतिक्विन्टल १२ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ। जबकि अन्य हाइब्रिड धानको मूल्य प्रतिक्विन्टल तीन हजारदेखि तीन हजार दुई सय रुपैयाँसम्म छ।

‘अन्य हाइब्रिड धानको तुलनामा कालानमकको उत्पादन केही कम हुन्छ। तर मूल्य राम्रो पाइने भएकाले किसान यसतर्फ आकर्षित भएका छन्,’ गुप्ताले भनिन्।

उनले चार वर्षअघि परीक्षणका लागि एक किलो बीउबाट कालानमक धानको खेती सुरु गरेकी थिइन्। अहिले यसको खेती विस्तार गरेकी छन्। स्थानीय बजारमै बिक्री हुने र माग बढ्दै गएको उनको भनाइ छ।

सम्बन्धित समाचार

फत्तेपुरका महिलाले दसैंमा बेचे ७ सय खसी–बोका

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

जुम्लाबाट ७ हजार ३३० मेट्रिक टन स्याउ निर्यात, ५५ करोडको कारोबार

कालानमक धानबाट बनेको भात मुलायम र सुगन्धित हुने भएकाले उपभोक्ताले रुचाउने गरेको उनले बताइन्। यस वर्ष आफ्नो जमिनमा धान उत्पादन बढाउने लक्ष्य रहेको पनि उनले जानकारी दिइन्।

जानकी गाउँपालिका–५, गुर्वाका किसान रमेशकुमार बर्माले पनि कालानमक धानको व्यावसायिक खेती गर्दै आएका छन्। उनले तीन बिघा जमिनमा यसको खेती गरेका छन्। स्वादिलो भात र उच्च बजार मूल्यका कारण हाइब्रिड धानभन्दा कालानमक खेतीबाट राम्रो आम्दानी हुने अपेक्षा रहेको उनले बताए।

कालानमक धान खेतीका लागि पर्याप्त पानी र सिँचाइ आवश्यक पर्छ। असारमा रोपिएको यो धान कात्तिकको अन्तिम सातातिर काट्न तयार हुन्छ। मसिनो दाना र बास्नाका लागि परिचित यो धान करिब १४० दिनमा पाक्ने किसान बताउँछन्।

ADVERTISEMENT

कृषि ज्ञान केन्द्र, नेपालगन्जका प्रमुख डा. विनोद घिमिरेले रैथाने बाली संरक्षण तथा प्रवद्र्धन कार्यक्रमअन्तर्गत कालानमक धानको संरक्षणमा जोड दिइएको बताए। सीमित किसानले मात्र यसको खेती गर्दै आएकाले बीउमा सहयोग गरिएको र बजारमा माग बढ्दै गएको उनले जानकारी दिए।

बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा कालानमक धानको खेती बढी हुँदै आएको छ। रैथाने जातको संरक्षणसँगै राम्रो बजार मूल्य पाउने सम्भावनाले यसको व्यावसायिक खेती विस्तार हुने अपेक्षा गरिएको छ।

Share149Tweet93SendShare
Previous Post

इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ

Next Post

कपास विकास समिति खारेजीको तयारी, किसान र अर्बौंको सम्पत्तिको भविष्य अन्योलमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

फत्तेपुरका महिलाले दसैंमा बेचे ७ सय खसी–बोका
कृषि

फत्तेपुरका महिलाले दसैंमा बेचे ७ सय खसी–बोका

१२:०७ बिहान, कार्तिक १२, २०८३
थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव
कृषि

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

१:१३ बिहान, कार्तिक ७, २०८३
जुम्लाबाट ७ हजार ३३० मेट्रिक टन स्याउ निर्यात, ५५ करोडको कारोबार
कृषि

जुम्लाबाट ७ हजार ३३० मेट्रिक टन स्याउ निर्यात, ५५ करोडको कारोबार

१:०३ बिहान, कार्तिक ७, २०८३
कृषि यन्त्रको प्रयोग बढ्दै, तीन–चार दिनमै धान भित्र्याउँदै किसान
कृषि

कृषि यन्त्रको प्रयोग बढ्दै, तीन–चार दिनमै धान भित्र्याउँदै किसान

१२:४१ बिहान, अशोज ३०, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
बाँकेको धानबालीमा वर्षाको क्षति, बीउ धानसमेत नष्ट
कृषि

बाँकेको धानबालीमा वर्षाको क्षति, बीउ धानसमेत नष्ट

१:०७ बिहान, अशोज २२, २०८३
राप्तीसोनारीमा डेढ करोड लगानीको पशुपालन फर्म, दैनिक १२० लिटर दूध उत्पादन
कृषि

राप्तीसोनारीमा डेढ करोड लगानीको पशुपालन फर्म, दैनिक १२० लिटर दूध उत्पादन

६:४१ बिहान, अशोज २०, २०८३
Next Post
कपास विकास समिति खारेजीको तयारी, किसान र अर्बौंको सम्पत्तिको भविष्य अन्योलमा

कपास विकास समिति खारेजीको तयारी, किसान र अर्बौंको सम्पत्तिको भविष्य अन्योलमा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Cloudy
6:27 am5:36 pm +0545
Feels like: 31°C
Wind: 11km/h SSE
Humidity: 47%
Pressure: 1013.55mbar
UV index: 3
FriSatSun
25°C / 20°C
25°C / 19°C
28°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?