ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

फोक्सोको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्यो, भेरीमा आजदेखि विशेषज्ञ सेवा सुरु

News Desk by News Desk
४:०८ बिहान, कार्तिक १८, २०८३
फोक्सोको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्यो, भेरीमा आजदेखि विशेषज्ञ सेवा सुरु
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके, कात्तिक १७ गते ।
फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी रोगको विशेषज्ञ उपचारका लागि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीले अब नेपालगन्जस्थित भेरी अस्पतालबाटै सेवा पाउने भएका छन् । भेरी अस्पतालले फोक्सो तथा श्वासप्रश्वास रोग, क्रिटिकल केयर र निद्रा रोगसम्बन्धी विशेषज्ञ सेवा सुरु गरेपछि तीन प्रदेशका बिरामीलाई उपचारमा सहज हुने भएको हो ।

यसअघि यस्ता रोगको विशेषज्ञ उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेका बिरामीले अब भेरी अस्पतालबाटै सेवा लिन सक्ने अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले बताए । उनका अनुसार तीन प्रदेशमा प्लमोनोलोजी तथा क्रिटिकल केयर सेवा सुरु गर्ने भेरी अस्पताल पहिलो तथा एकमात्र अस्पताल हो ।‘तीन प्रदेशका बिरामीलाई लक्षित गरेर विशेषज्ञ सेवा सुरु गरेका छौँ । यसले फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्नेछ,’ उनले भने ।

अस्पतालमा छात्रवृत्ति करारमा कार्यरत प्लमोनोलोजिस्ट डा. रञ्जित पाण्डेले हप्तामा दुई दिन मंगलबार र बिहीबार बहिरंग सेवा दिनेछन् । दम, लामो समयसम्म निको नहुने खोकी, श्वास फेर्न कठिनाइ, फोक्सोको संक्रमण तथा दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीले विशेषज्ञ सेवा लिन सक्नेछन् ।

फोक्सोसम्बन्धी रोगको पहिचानदेखि आवश्यक परीक्षण र उपचारसम्मको व्यवस्था अस्पतालमै उपलब्ध हुने डा. पाण्डेले बताए । रोगको अवस्था पहिचान गरेर समयमै उपचार तथा थप व्यवस्थापन गर्न विशेषज्ञ सेवाले सहयोग पुग्ने उनको भनाइ छ ।भेरी अस्पतालमा बाँकेसहित बर्दिया, दाङ, रुकुम, रोल्पा, सल्यान, सुर्खेत, जाजरकोट, दैलेख, कैलाली र कञ्चनपुरलगायत जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् । तीन प्रदेशका बिरामीलाई सेवा दिँदै आएको अस्पतालमा नयाँ विशेषज्ञ सेवा थपिनु क्षेत्रीय स्वास्थ्य सेवाका लागि महत्वपूर्ण उपलब्धि भएको अस्पताल विकास समितिका अध्यक्ष डा. लक्ष्मण सिग्देलले बताए ।

सम्बन्धित समाचार

डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ

श्रीमतीसँगको विवादपछि न्याय माग्दै उस्मान, विदेशमा कमाएको रकम हिनामिना भएको आरोप

बाँकेको अम्बे स्टिलमा आगलागी हुँदा आठ जना घाइते, दुई जनालाई लखनउ रिफर

‘ठूलो भौगोलिक क्षेत्रका बिरामीलाई सेवा दिँदै आएको अस्पतालमा विशेषज्ञ सेवा थपिँदा बिरामीलाई प्रत्यक्ष लाभ पुग्नेछ,’ उनले भने ।भेरी अस्पतालले विशेषज्ञ उपचार सेवा विस्तारलाई प्राथमिकता दिएको छ । प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. दर्नालका अनुसार अस्पतालले छिट्टै न्युरोसर्जरी र प्लास्टिक सर्जरी सेवा पनि सञ्चालनमा ल्याउने तयारी गरेको छ । सञ्चालनमा रहेका सेवाको गुणस्तर सुधार गर्दै थप विशेषज्ञ सेवा विस्तार गर्ने अस्पतालको योजना रहेको उनले बताए ।नयाँ सेवाको शुभारम्भ कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष डा. सिग्देल, प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. दर्नाल, प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे, प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. बद्री चापागाईं तथा नर्सिङ प्रमुख पद्मादेवी देवकोटालगायतको सहभागिता थियो । सेवाको शुभारम्भ एकजना बिरामीबाट रिबन काटेर गरिएको थियो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु, तीन घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ
अपराध

डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ

३:३४ बिहान, कार्तिक १८, २०८३
श्रीमतीसँगको विवादपछि न्याय माग्दै उस्मान, विदेशमा कमाएको रकम हिनामिना भएको आरोप
अपराध

श्रीमतीसँगको विवादपछि न्याय माग्दै उस्मान, विदेशमा कमाएको रकम हिनामिना भएको आरोप

६:०५ बिहान, कार्तिक १७, २०८३
बाँकेको अम्बे स्टिलमा आगलागी हुँदा आठ जना घाइते, दुई जनालाई लखनउ रिफर
दुर्घटना

बाँकेको अम्बे स्टिलमा आगलागी हुँदा आठ जना घाइते, दुई जनालाई लखनउ रिफर

१२:५२ बिहान, कार्तिक १७, २०८३
नेपालगन्जमा नौदलीय अग्रगामी मोर्चाको भेला, देशको अवस्था बिग्रँदै गएको उपेन्द्र यादवको टिप्पणी
मुख्य समाचार

नेपालगन्जमा नौदलीय अग्रगामी मोर्चाको भेला, देशको अवस्था बिग्रँदै गएको उपेन्द्र यादवको टिप्पणी

८:२८ बिहान, कार्तिक १६, २०८३
नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
आर्थिक

तीन महिनामा नेपालगन्ज भन्सारले उठायो पाँच अर्ब २४ करोड राजस्व

१२:३६ बिहान, कार्तिक १६, २०८३
नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु, सगरमाथा क्लबको अग्रता
खेल

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु, सगरमाथा क्लबको अग्रता

६:५५ बिहान, कार्तिक १५, २०८३
भारतीय फूलको विकल्प बन्दै बाँकेका सयपत्री
कृषि

भारतीय फूलको विकल्प बन्दै बाँकेका सयपत्री

६:३९ बिहान, कार्तिक १५, २०८३
बढ्यो मध्यम धानको कोटा, आएन मोटा धान
कृषि

सरकारी खरिदमा ढिलाइ, व्यापारीको मूल्यमा धान बेच्दै बाँकेका किसान

६:२८ बिहान, कार्तिक १५, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:31 am5:33 pm +0545
Feels like: 31°C
Wind: 11km/h W
Humidity: 64%
Pressure: 1011.85mbar
UV index: 0
WedThuFri
30°C / 18°C
29°C / 17°C
29°C / 17°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?