ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राष्ट्रियताको सवालमा बुद्धिजिवी संघको अन्तरक्रिया

News Desk by News Desk
१२:१० मध्यान्ह, मंसिर १४, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

सुर्खेत मंसिर १४ गते । अखिल नेपाल बुद्धिजिवी संघ सुर्खेतले बढ्दो सिमा अतिक्रमणले राष्ट्रियता माथि खतरा विषय अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रियाका सहभागीहरले लिम्पियाधुरा, कालापानीलगायतका भूमि नेपालको भएको प्रमाण हुँदाहुँदै पनि सरकारले गम्भीर भएर कुटनीतिक पहल नगरेको बताएका छन् ।
अन्तरक्रिया कार्यक्रममा अखिल नेपाल बुद्धिजिवी संघ सुर्खेतका अध्यक्ष एवम् केन्द्रीय सदस्य भानुभक्त भारतीले अवधारणा पत्र प्रस्तुत गरेका थिए । ११ बुँदे अवधारण पत्रमा भारतीले भारतले नेपालको पश्चिमी सिमानामा लिम्पियाधुरादेखि कालापानी लिपुलेकसम्म ३८५ वर्ग किलोमटिर भन्दा बढि भूभागलाई आफ्नो राजनीतिक नक्सामा देखाए पछि त्यसको विरुद्धमा सबै नेपालीको गम्भीर ध्यानाकर्षण भएकोले नेपाली भूमि बचाउनका लागि सरकारले पहल गर्नु पर्ने बताए ।
१८१६ मा सुगौली सन्धी हुनु भन्दा अगाडिको नेपाल अहिले भन्दा ६० प्रतिशत ठूलो रहेको बताउँदै भारतले जम्मुकस्मिरको विशेषाधिकार हनन् गरि जबरजस्ती अतिक्रमण गरे झँै नेपाल माथि पनि जबरजस्ती गर्न थालेकोमा आपत्ति प्रकट गरिएको छ । विभिन्न राजनीतिक दल संघ संगठनहरुको समेत सहभागीता रहेको उक्त अन्तरक्रियामा राजनीतिक रुपमा सत्तापक्ष र प्रतिपक्षले समेत एक स्वरमा भारतको विरोध गर्नु पर्ने अवधारणा पत्रमा उल्लेख छ । नेपालको सार्वभौमसत्ता माथि भारतले अतिक्रमण गरेकोले कुटनीतिक माध्यमबाट भारतसँग वार्ता गरेर त्यसबाट सम्भव नभए अन्तराष्ट्रिय क्षेत्रमा समेत पहलकदमी गरेर नेपाली भूमि फिर्ता गराउन सरकारलाई सुझाव दिइएको छ ।
नेपाली जनताले गरेका विरोधका कार्यक्रमहरु बारेमा भारतले कुनै चासो नदेखाएकोले सरकारी पक्षबाट नै त्यसतर्फ पहल गर्नु पर्ने बताउँदै अवधारणामा भनिएको छ, ‘ ब्रिटिस सरकारले प्रकाशन गरेका पुराना नक्साहरुले उक्त भूभाग नेपालको भन्ने स्पष्ट पारेको छ ।’ स्थानीय जनताको भनाई, नेपालले गरेको जनगणनाको तथ्य, द्विपक्षिय पत्रचारका कागजात, मालपोत तिरेका रसिद, जग्गाका लालपूर्जा, सिमा सन्धी लगायतका प्रमाणहरु राखेर भारतबाट उक्त भूमि फिर्ता लिनु पर्ने बाताइएको छ ।
कालापानीमा भारतीय फौज राखेकोमा व्यापक विरोध गरेर नेपाल सरकारले नेपाली सुरक्षाकर्मीहरु सिमा क्षेत्रमा पठाउनु पर्नेमा विभिन्न बहाना बाजी गरेको आरोप समेत लगाइएको छ । भारत र चीनको समेत सिमा क्षेत्रमा पर्ने लिपुलेक भञ्ज्याङ्गमा भारत र चीनले द्विपक्षिय सहमति गर्ने कुरा नेपालको सार्वभौम माथिको हनन् र अन्तराष्ट्रिय कानून तथा प्रचलनको विरुद्ध भएको अन्तरक्रियामा बताइएको छ ।
अवधारणा पत्रमा भनिएको छ, ‘नेपालको राष्ट्रियता माथि नै खतरा छ । त्यो खतरा सबै भन्दा बढि भारतबाट छ । भारतीय साम्राज्यवाद सिमा अतिक्रमण वा नेपालको केही भूमी कब्जा ष्र्ने कुरामा मात्र सिमित छैन । नेपालमा अस्थिरता सिर्जना गर्ने, नेपाललाई आफ्नो पकेट स्थायी बजार बनाउने, प्राकृतिक स्रोत साधन हडप्ने, सम्पूर्ण तराई क्षेत्रमा मात्र प्रदेश बनाउने अर्थात् तराईलाई पहाडि भूभागबाट अलग गर्ने, नेपालको आन्तरिक राजनीति तथा विदखेश नीतिमा हस्तक्षेप गर्ने, सार्वभौमसत्ता सम्पन्न देश नेपालका जनताले प्रजातान्त्रिक विधिबाट निर्माण गरेको संविधानलाई अस्विकार गर्ने, नेपालको हितविरुद्ध भारतीय साम्राज्यवादको स्वार्थ अनुरुप संविधान संशोधन गर्ने दबाब दिने, नेपालमा जनसांख्यिक अतिक्रमण गर्ने, नेपालका विरुद्धमा नाकाबन्दी गर्न लगाउने, नेपाललाई फिजिकरण, सिक्किमीकरण र भुटानीकरणको स्थितिमा लैजाने भारतीय साम्राज्यवादको रणनीति छ ।’
राष्ट्रिय एकताको आजको राष्ट्रिय आवश्यकता भएको बताउँदै कोही सत्तापक्ष वा प्रतिपक्ष भएपनि राष्ट्रिय एकताको लागि सबै जिम्मेवार बन्नु पर्ने अन्तरक्रियामा बताइएको छ । जसरी राणा शासनको अन्त्य गर्न, पञ्चायतको अन्त्य गर्न, संविधानको निर्माण गर्न एकता बनेको थियो त्यसैगरि राष्ट्रियताको सवालमा एकता कायम गर्नु पर्ने अन्तरक्रियामा बताइएको छ । अन्तरक्रिया कार्यक्रममा गंगाराम तिमिल्सेना, गेहेन्द्र प्रसाद दाहाल, देबेन्द्र बिसी, टोपबहादुर वली, रत्नविक्रम प्यासी, डा. दीपक गौतम, केदार कंडेल लगायतको उपस्थिपि रहेको थियो । कार्यक्रम लालपूरा शाहीको अध्यक्षतामा भएको थियो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

बिजुलीको पोलमा ठोक्किएर बर्दियामा एकको मृत्यु

Next Post

दुरविनको विमोचनसँगै काव्य गोष्ठी सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
Next Post

दुरविनको विमोचनसँगै काव्य गोष्ठी सम्पन्न

रोल्पाको थिवाङमा २०९ मत मात्र खस्यो

उपनिर्वाचनमा नेकपाको विजय सुरुवात ३ ठाउको मतगणना सम्पन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?