ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालको संविधान धारा २७ अपूरो, सूचना प्रवाहको हक उल्लेख नै छैन : राष्ट्रिय सूचना आयोग प्रमुख

जावेद अन्सारी by जावेद अन्सारी
४:२५ मध्यान्ह, पुस २३, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौ पुस २३ गते । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले जनतालाई गुमराहमा राखेर लोकतन्त्रलाई अगाडि बढाउन नसकिने भन्दै सूचनाको हकको पुर्ण प्रत्याभुतिमा प्रतिवद्ध हुन सरकारलाई सुझाव दिनुभएको छ ।
आयोगको ५ बर्षे पदावधि सकिदै गर्दा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले सरकारले गरेका सबै कामकारवाही पारदर्शी बनाउन पनि आग्रह गर्नुभयो । सूचनाको हकका सम्बन्धमा नेपालको संविधानमा नै अपूरो व्यवस्था गरिएको दाबी गर्दै उहाँले ‘जस्केला’बाट नागरिकको मौलिक हकलाई कुठाराघात हुने गरि कानून बनाईएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो “नेपालको संविधानको धारा २७ अपूरो छ । सूचनाको प्रवाहको हक त्यहाँ छैन । त्यहाँ प्रतिबन्धात्मक वाक्याशं छ तर कानून बमोजिम गोप्य राखिएको सुचना दिन बाध्य गरिने छैन भनिएको छ । पहिलो वाक्यमा सूचना पाउने हक हुनेछ भन्ने, दोश्रो वाक्यमा कानुन बमोजिम गोप्य राखिने भन्ने र नेपाल सरकारले जस्केला बाट नागरिकको मौलिक हकलाई कुठाराघात हुनेगरी कानुनका मस्यौदा गर्न लाज नमान्ने, अप्ठ्यारो नमान्ने सरकार हुन्जेल, यस्तो संविधानको भाषा लेखिनु आपत्तीजनक छ ।
उहाँले सबै मन्त्रीलाई आफ्ना कामकारवाहीमा प्रचारमुखी हुन र सबै मन्त्रालयमा प्रचारमुखी सचिव सहसचिव नियुक्त गरेर देखाउन चुनौति दिनुभयो । प्रमुख आयुक्तको रुपमा ५ बर्षे कार्यकाल सकिने दिन बुधबार उहाँले आफुलाई प्रचारमुखी सचिव भनेर टिप्पणी गर्ने गरिएको स्मरण गर्दै सबै सचिव र सहसचिवलाई प्रचारमुखी बनाएर देखाउन सरकारलाई सुझाव दिनुभएको हो ।
उहाँले भन्नुभयो “नेपालमा २२ वटा मन्त्रालय छन् । २२ वटै मन्त्रालयका मन्त्री ज्यूहरु संभव भएसम्म अत्याधिक प्रचारमुखी हुनुपर्छ । प्रधानमन्त्रीलाई निवेदन गर्न चाहन्छु । म सचिव हुँदा खेरी ‘हाम्रा बास्कोटा जी प्रचारमुखी थिए’ भन्छन् । अहिले सम्माननिय प्रधानमन्त्रीलाई यही फोरम मार्फत निवेदन गर्छु, यहाँले २२ वटा मन्त्रालयमा २२ जना प्रचारमुखी सचिव र सहसचिव उत्पादन गर्न सक्नुहुन्छ ?सरकारले गरेका कामकारवाही मान्छेले थाहा पाएपछि टिप्पणी गर्न सक्छ । हामीले गुमराहमा राखेर लोकतन्त्रलाई अगाडि बढाउन नसक्ने कुरा निवेदन गर्न चाहन्छु ।
उहाँले आयोगका प्रतिवेदनमाथि छलफल नगरेर थन्क्याउने काम भएको भन्दै त्यस कार्यमा कार्यपालिका र व्यस्थापिका दोषी रहेको आरोप पनि लगाउनुभयो ।
उहाँले भन्नुभयो “ दुखका साथ भन्नु पर्छ आजका मितिसम्म ११ वटा प्रतिवेदन हामीले प्रधानमन्ँत्री मार्फत सांसहरुको पिजनहोलमा हाल्यौ । राष्ट्रिय सूचना आयोगले प्रत्येक पल्ट ७ सय कितावहरु छाप्यो । माननीय ज्यूले किताब पाउनुभयो । घरघरमा लानुभयो । तर त्यो किताबमाथि छलफल गर्ने चासो कसैको पनि भएन । यसमा कार्यपालिका र व्यवस्थापिका दुवै दोषी भएको कुरा बताउन चाहन्छु ।
उहाँले मुलुकमा संघीय व्यवस्था भएपनि राज्य संञ्चालन प्रणाली अनुसारको व्यवस्था नभएको गुनासो गर्नुभयो । प्रादेशिक सूचनाको हक सम्बन्धि कानून जारी नगरिकन नै प्रदेशमा मुख्यमन्त्रीहरुले काम गरिरहनु आपत्तीजनक रहेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो “राष्ट्रिय सूचना आयोगका तीन जना आयुक्तले नै काफि भईरहेको देशमा ७ वटा प्रदेशमा अर्का २१ जना ल्याउने हो भने त यो मुख्यमन्त्री भन्ने पद नै प्रादेशिक सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तले नै खाईदिन्छन् भन्ने भय मुख्यमन्त्रीमा हुनु दुर्रभाग्यको विषय हो । मुख्य मन्त्रीले प्रादेशिक सूचनाको हक सम्बन्धि कानून जारी नगरीकन आफूले गरेको काम कारवाही सार्वजनिक नगरिकनै मुख्य मन्त्री चलाईरहने सौभाग्य प्राप्त हुदैन । ”
उहाँले भारतमा जम्मु कस्मिर बाहेक २७ प्रदेशमा, क्यानडामा १० वटै प्रदेशमा प्रादेशिक सूचना आयोग रहेको उल्लेख गर्दै उहाँले प्रादेशिक सूचना आयोग गठन नगरेर जनताको सूचनाको हक कुण्ठित गर्ने काम भईरहेको आरोप लगाउनुभयो । कार्यक्रममा ५ बर्षे कार्यकालमा भएका कामकारवाहीको बारेमा जानकारी पनि गराईएको थियो । प्रमुख आयुक्त बास्कोटाको कार्यकालमा आयोगले विभिन्न विषय र क्षेत्रका गरी ५ हजार ७ सय ९ वटा आदेश जारी गरेको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल जिल्ला सभापतिहरुले दिएको सुझावबाट उत्साहित

Next Post

नेपालगञ्जमा प्रदेश युवा सम्मेलन हुने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

नेपालगञ्जमा प्रदेश युवा सम्मेलन हुने

बैंकिङ प्रणालीमा २७ अर्ब ९६ करोड रुपैयाँले निक्षेप बढ्यो : राष्ट्र बैंक

वि एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिन घुस मागिएको आरोप ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?