ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कर्णाली उत्सव : कर्णाली चिनाउने बौद्धिक बहस

News Desk by News Desk
४:२१ मध्यान्ह, फाल्गुन ६, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

सुर्खेत फागुन ६ गते । फागुन १९ देखि २१ गतेसम्म सुर्खेतको बुलबुले उद्यानमा कर्णाली उत्सव हुने भएको छ । सुर्खेतस्थित ऋति फाउण्डेशनले विभिन्न व्यक्ति तथा निकायसंग सहकार्य गरी उक्त उत्सवको आयोजना गर्न लागेको हो ।
बौद्धिक बहस हुने यस्तो कार्यक्रम कर्णालीमै पहिलोपटक सञ्चालन हुन लागेको आयोजकले जनाएको छ । उत्सवमा प्रवेश निःशुल्क गरिएको छ । कार्यक्रममा साहित्यका अलावा आर्थिक, सामाजिक, राजनीतिक तथा ऐतिहासिक विषयमा बहस हुन्छ । ‘कुडा कर्णालीका’ मुख्य नारा रहेको उक्त उत्सवले वास्तविक कर्णालीलाई चिन्ने र चिनाउने उद्धेश्य लिएको कर्णाली उत्सवका संयोजक कमलराज लम्सालले बताए ।
छलफलमा कर्णालीका सम्भावना तथा गौरव गर्नलायक पहिचानका विषयवस्तु समेटिने उत्सव तयारी समिति सदस्य तिलक पौडेलले बताए । आयोजक संस्थाका संस्थापक सदस्य रेशम विष्टले कर्णालीको भाषा, संस्कृति, सभ्यता र पुरातत्वको उत्खननका लागि बहस सिर्जना गर्न उत्सव महत्वपूर्ण हुने बताए ।
उत्सवमा देशविदेशमा रहेका कर्णालीप्रेमी चर्चित साहित्यकार, कलाकार, लेखक, पत्रकार, बुद्धिजीवि एवं विशिष्ट व्यक्तित्वलाई वक्ताका रूपमा आमन्त्रित गरिने आयोजकले जनाएको छ । सयौं वक्ता र हजारौं दर्शक सहभागीहरुबीच हुने उक्त अन्तरकृयाले कर्णालीको मौलिक इतिहासलाई कोट्याउने, कर्णालीको यथार्थ चित्र प्रस्तुत गर्ने तथा अबको बाटो देखाउन सहयोग गर्ने आयोजकको विश्वास रहेको छ । ‘हाम्रो कुरा हामीले नै गर्ने हो । हामीले नगरे अरु कसैले पनि गर्दैन ।’ आयोजक समिति सदस्य दिनेश गौतमले बताए ।
उत्सवमा बौद्धिक बहसका साथै कविता तथा गजल बाचन समेत राखिएको छ । कार्यक्रममा विभिन्न चर्चित गजलकार तथा कविहरुको उपस्थिति रहनेछ ।


गाउँगाउँमा सिंहदरवार पुग्यो या पुगेन?
उत्सवको पहिलो दिन ‘सरकारका तीन तह ः बगाउन्या कर्णालीका बह’ शीर्षकको सेसन रहनेछ । जसमा संघ, प्रदेश तथा स्थानिय सरकारका प्रतिनिधिहरुबीच बहस हुनेछ । उक्त सेसनमा संघीय तहहरुबीचको आपसी सम्बन्ध, गाँउगाँउमा सिंहदरवार पुग्यो वा पुगेन? तीन तहका सरकारबीच स्रोत‐साधनको बाँडफाँट तथा संघीयता र समृद्धि लगायतका विषयवस्तुमाथि विमर्श हुने आयोजकले जनाएको छ ।
खस सभ्यताको बिरासत, खस भाषाको विकास र संरक्षण, सामाजिक परिवेश र खसका गर्व गर्नलायक विषयहरुमाथि बहस गर्न ‘खसका खासखुस’ सेसन निर्माण गरिएको छ । उक्त सेसनमा खस भाषाको शव्दकोश खसिया आखरका लेखक संस्कृतिविद रमानन्द आचार्य, डा. विपिन अधिकारी लगायतको सहभागिता रहनेछ ।
संस्कार र समानता नामक सेसनमा विद्यमान सामाजिक संरचनाले निर्माण गरेको लैंगिक विभेद, कर्णालीका महिलाहरुको सामाजिक अवस्था तथा भोग्नुपरेको हिंसा, विभेद र हिंसाको कारण, समानता र समानुपातिक सहभागिता लगायतका विषयबस्तुमाथि बहस हुनेछ ।
काला पहाडका तोडा
कर्णालीमा उद्यमशीलता, बेरोजगारी, वैदेशिक रोजगारी युवा तथा श्रम आप्रवासनको अवस्थामाथि विमर्श गर्न काला पहाडका तोडा नामक सेसन तय गरिएको छ । उक्त सेसनमा युवा तथा उद्यमशीलताका जानकारहरुले बहस गर्नेछन् ।
कर्णाली क्यानाम घुमेर हेर्दा
कर्णाली किन घुम्ने? कर्णालीका पर्यटकीय गन्तव्यहरुको चर्चा, पर्यटन प्रवद्र्धनका नीतिगत व्यवस्था र वर्तमान अवस्था तथा अब गर्नुपर्ने कामबारे बहस गर्न ‘कर्णाली क्यानाम घुमेर हेर्दा’ नामक सेसन निर्माण गरिएको आयोजकले जनाएको छ । उक्त सेसनमा फोटो पत्रकार भरतबन्धु थापा, मोहन मैनाली लगायतले बहस गर्नेछन् ।
मुख्य माण्ठ ः मूल कुडा
कार्यक्रमको दोस्रो दिन पश्चिम नेपालका तीन प्रदेशका सरकारी प्रतिनिधिहरुबीच बहस हुने भएको छ । कर्णाली आसपासका सूदुरपश्चिम र प्रदेश नं. ५ का मुख्यमन्त्री वा मन्त्रीहरुबीच अन्तरप्रदेश सम्बन्धमा बहस गर्ने तयारी रहेको आयोजकले जनाएको छ । पत्रकार निर्मला शर्माले सञ्चालन गर्ने उक्त छलफलमा तीन प्रदेशबीचको भू‐राजनीतिक सम्बन्ध, विकास अन्तरसम्बन्ध, सहकार्य, साझा समस्या र समाधान लगायतका विषयमा बहस हुनेछ ।
उत्सवमा सिमान्तकृत समूदायको अवस्था, समानता र सहभागिता तथा नेतृत्वमा पहुँचबारे छलफल हुनेछ । सिमान्त स्वर नामक उक्त सेसनमा डा. शिवमाया तुम्बाहाङ्फे, मोहमदी सिद्धिकी, दुर्गा शोब र चन्द्रकिशोर झाले बहस गर्नेछन् ।


दबाई र देउता भोक र भकारी
कर्णालीको स्वास्थ्य र खाद्यान्नलाइ समेटेर निर्माण गरिएको ‘दबाई र देउता भोक र भकारी’ सेसनमा लेखक तथा जनस्वास्थ्यविज्ञ डा.अरुणा उप्रेती, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति प्रा. डा. राजेन्द्रराज वाग्ले तथा कृषिविज्ञ डा. कृष्णप्रसाद पौडेलबीच बहस हुने आयोजकले जनाएको छ ।
नेपाली साहित्यमा कर्णालीको स्थान, कर्णालीबारे लेखिएका कथा, साहित्यमा कर्णालीका विम्ब लगायतका विषयमा पनि बहस हुने तय भएको छ । जसमा कर्णालीका साहित्यकार श्यामल, बुद्धिसागरलगायतले बहस गर्नेछन् ।
कर्णालीको ११ औं जिल्ला !
कर्णाली प्रदेशमा १० जिल्ला छन् । तर कर्णाली उत्सवमा कर्णालीको एघारौं जिल्लामाथि बहस हुनेछ । आखिर कुन हो त ११ औं जिल्ला? उक्त सेसनमा नेपालकै एकमात्र घुमन्ते जाति राउटे समूदायबारे छलफल गरिनेछ । कुनै निश्चित क्षेत्रमा बसोबास नगर्ने राउटेको व्यवस्थापन कर्णाली प्रदेशकै महत्वपूर्ण विषय हो । सेसनमा लोपोन्मुख राउटे जातिको अवस्था, जीवनशैली, सामाजिक रुपान्तरण, राज्यको दायित्व लगायतका विषयमाथि बहस हुनेछ ।
उत्सवमा प्रदेशको विकासको वर्तमान अवस्था, पछाडि पारिनुका कारण, अबको बाटो, सार्वजनिक सरोकारका विषयहरुमा नागरिकहरुले प्रश्न गर्नुपर्ने कारण लगायतका विषय समेटेर प्रश्न किन गर्ने? भन्ने सेसन निर्माण गरिएको छ । प्रदेशको अर्थतन्त्रका मुख्य आधार, लगानीका प्रमुख क्षेत्र, कर्णालीमा लगानी कसरी भित्र्याउन सकिन्छ? जस्ता विषयले पनि उत्सवमा स्थान पाउने छन् ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

संयुक्त बिद्यार्थी संगठनले नेपालगञ्जका प्रमुखलाई बुझाय ध्यानाकर्षण पत्र

Next Post

प्रजातन्त्र टाठाबाठाको मात्र भयो : पुर्व राजा ज्ञानेन्द्र

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
Next Post

प्रजातन्त्र टाठाबाठाको मात्र भयो : पुर्व राजा ज्ञानेन्द्र

थारुगिरीको व्यानर सार्वजनिक

समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजियोे ः प्रधानमन्त्री ओलीे

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?