सरला सुबेदी बाँके कोहलपुर चैत्र १० गते ।नेपाल कपडा तथा सिलाई व्यवसायी संघ कोहलपुर नगरकमिटिले सोमबार कोहलपुर नगरपालिका —११ लोक नगर स्थित गन्धर्व बस्ती र कोहलपुर नगरपालिका १२ सुन्दर बस्तीमा निशुल्क मास्क वितरण गरेको छ । कोराना भाईरस (कोभिड १९) को संक्रमणबाट बच्न लोक नगरमा करिब ७ सय ५० वटा र सुन्दरबस्तीमा ३ सय वटा मास्क वितरण गरिएको नेपाल कपडा तथा सिलाई व्यवसायी संघ कोहलपुर नगर कमिटिका सचिव शसीराम परियारले जानकारी दिए ।मास्क वितरणमा कार्यक्रम बोल्दै नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रिय सदस्य तथा प्रदेश न.५ का सह संयोजक रुपलाल परियारले केन्द्रिय समितिको निर्देशन अनुसार कोराना भाईरस (कोभिड १९) को संक्रमणबाट बच्न दुई स्थानमा करिब १ हजार ५० वटा मास्क वितरण गरिएको बताउदै भाईरसको संक्रमणबाट बच्न साबुनपानीले हात धुनु पर्ने सरसफाईमा ध्यान दिनुपर्ने बताए ।नेपाल कपडा तथा सिलाई व्यवसायी संघ कोहलपुर नगरकमिटिका अध्यक्ष टोप बहादुर परियारको सभापतित्वमा भएको वितरण कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेकी वरिष्ठ उपाध्यक्ष पवित्रा सुनार, उपाध्यक्ष सहारा परियार,कोषाध्यक्ष कल्पना पुन,सहसचिव चम्पा रोका सदस्य लक्ष्मण परियार कोहलपुर नगरकमिटीका पदाधिकारी लगायतको सहभागीता रहेको थियो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post