ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राहत वितरणमा पक्षपात भएको कांग्रेसको आरोप

News Desk by News Desk
५:५३ मध्यान्ह, बैशाख ६, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

काठमाडौ बैशाख ६ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले स्थानीय तहमा सर्वदलीय अनुगमनको व्यवस्था गर्न माग गरेको छ । सत्तारूढ दलको नेतृत्व रहेका कैयौँ स्थानीय तहमा राहत वितरणमा पक्षपातपूर्ण व्यवहार भएको कांग्रेसका आरोप छ । काँग्रेस पदाधिकारीको शनिबार बसेको बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि लागू गरिएको ‘लकडाउन’का कारण अप्ठ्यारोमा परेका नागरिकलाई प्रदान गरिँदै आएको राहत वितरण कार्य न्यायोचित, पारदर्शी र व्यवस्थित बनाउन आग्रह गर्दै सो माग गरेको हो ।

बैठकले केन्द्र र प्रदेश सरकारले घोषणा गरेको राहतको बजेट अझैसम्म निर्धारित क्षेत्र र व्यक्तिसम्म नपुगेको विषयमा सरकारको ध्यानाकर्षण गराउने र तत्काल पु¥याउन आग्रह गर्ने निर्णयसमेत गरेको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

राजधानीलगायतका शहरमा खान बस्न सङ्कट भएपछि पैदल घर फर्किरहेका नागरिकलाई बीच बाटोमा पानी र खानाको व्यवस्था गरिरहेका पार्टीका नेता तथा कार्यकर्ता एवं स्थानीय तहको निर्वाचित नेतृत्वको सराहना गर्दै बैठकले अप्ठ्यारोमा परेका नागरिकलाई गाउँ पुग्ने प्रबन्ध अविलम्ब मिलाउन सरकारलाई पुनःआग्रह गरेको छ ।

सरकारले व्यवस्थापन गर्न ढिलाइ गरिरहँदा कही पनि कसैलाई पनि बाटोमा भोको पर्न नदिइ गन्तव्यमा पुग्न सहजीकरण गर्न काँग्रेसले आफ्ना नेता कार्यकर्तालाई बैठकले अपिलसमेत गरेको उनले बताए ।

सम्बन्धित समाचार

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

बैठकले साना ठूला सबै व्यवसायीले व्यहोरिरहेको प्रतिकूल स्थितिमा निश्चित अवधिको ब्याज मिनाहादेखि ब्याज घटाउनेसम्मको निर्णयमा पुग्न सरकार र सम्बन्धित तहसमक्ष माग गर्ने निर्णय गरेको छ ।

परीक्षणको दायरा र गति बढाउन माग

काँग्रेसले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको एवं लकडाउनको अघिल्लो साता नेपाल फर्केका दुई लाख बढी नागरिकको न्यून सङ्ख्या मात्रै क्वारेन्टाइनमा बसेको स्थिति दृष्टिगत गरेर परीक्षणलाई समुदायस्तरमा पु¥याउन अत्यावश्यक बनेको ठहर गरेको छ ।

ADVERTISEMENT

त्यसैले ‘घुम्ती परीक्षण शिविर’ मार्फत परीक्षणको दायरा र गति बढाउन बैठकले माग गरेको मुख्य सचिव पौडेलले बताए । नियमितरुपले सञ्चालित अस्पतालमा कोरोना परीक्षण र उपचार गरिँदा त्यसले सङ्क्रमण व्यापक फैलन भूमिका गरेको कतिपय देशको अनुभवबाट शिक्षा लिँदै ‘कोरोना उपचार केन्द्र’ को अलग व्यवस्था गर्न बैठकले सरकारसमक्ष माग गरेको छ ।

साथै अन्य रोगका बिरामीले यस बीचमा कैयौँ जिल्लामा सहज उपचार पाउन नसकेको विषयलाई गम्भीरतापूर्वक लिएर कार्य गर्न बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । काँग्रेसले अग्रभागमा रहेर कार्य गरिरहेका स्वास्थ्यकर्मीलाई कतिपय ठाउँमा हतोत्साहित गर्ने व्यवहार भएका विषयलाई गम्भीरतापूर्वक लिँदै बैठकले त्यस्तो स्थिति दोहोरिन नदिन एवं स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबीच कहीँ पनि असमझदारी उत्पन्न हुन नदिन परिपक्व समन्वयका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

स्वास्थ्यकर्मीलाई पर्याप्त गुणस्तरीय पिपिई अझै पनि पु¥याउन नसकिएको विषयलाई सरकारको गैर जिम्मेवारीपनका रुपमा लिँदै बैठकले सबै अत्यावश्यक सामग्री तत्काल पर्याप्त प्रबन्ध गर्न र उपलब्ध गराउन सरकार समक्ष माग गरेको उनले बताए ।

स्वास्थ्य सामग्री खरिदको अनियमिततामा संलग्नलाई पदमुक्त गरेर अनुसन्धानलाई सघाउन अघिल्लो बैठकले गरेको माग यो बैठकले पुनःदोहो¥याएको छ । साथै कुनै पनि प्रकृतिको दबाबबाट मुक्त रहेर अनुसन्धान गर्न बैठकले अपिलसमेत गरेको छ ।

अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्न आग्रह ।

बैठकले कोरोनाको सङ्क्रमणले विदेशमा जीवन गुमाएका सबै नेपालीप्रति श्रद्धाञ्जलिसहित सम्बन्धित परिवारजन तथा नेपाली डायस्पोरामा समवेदना प्रकट गर्नुका साथै उपचाररत स्वदेश र विदेशका सबै नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । विदेशमा रहेका नेपाली श्रमिक, विद्यार्थी, व्यवसायी एवं अप्ठ्यारोमा परेका सबै नेपालीको सुरक्षा र राहतका लागि उच्चस्तरीय कूटनीतिक पहल बढाउन बैठकले सरकारलाई आग्रह गरेको छ ।

नेपाली दूतावासलाई नेपालीको हितमा विशेष सक्रियता बढाउन तथा नेपाली जनसम्पर्क समिति, एनआरएन एवं अन्य सबै संस्थालाई साझा जिम्मेवारी बोधले कार्य गर्न अपिल गरिएको छ ।

अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्न आवश्यक अध्ययन र तयारी शुरु गर्न बैठकले सरकारलाई आग्रह गर्दै उद्धारपश्चात् देशभित्र गर्नुपर्ने व्यवस्थापनबारे पूर्वतयारीमा ढिलाइ नगर्न पनि सजग गराएको छ ।

महाकाली पारी धार्चुला आइपुगेका नागरिकलगायत अन्य सीमा नाकामा अलपत्र परेका नेपालीलाई व्यवस्थित ढङ्गले प्रवेश दिने र क्वारेन्टाइनमा राख्ने कार्य अझैसम्म नगरिएकामा दुःख व्यक्त गर्दै बैठकले मातृ शोकमा परेका युवालाई धार्चुलाबाट नेपाल ल्याई परीक्षणपश्चात् आमाको काममा सरिक हुन दिन र अन्य सबैलाई पनि क्वारेन्टाइनमा राख्ने गरी नेपाल ल्याउन पुनःमाग गरेको छ ।

कृषकलाई राहतको प्रबन्ध गर्न सुझाव

बैठकले लकडाउन लम्बिनुसँगै खाद्यान्नको अभाव बढ्दै जाने स्थिति दृष्टिगत गरेर अत्यावश्यक खाद्यान्न उत्पादनका लागि स्थानीय सरकारमार्फत जरुरी छलफल, कृषकको स्वास्थ्य परीक्षण एवं कृषि क्षेत्रलाई आवश्यक राहतसम्मको प्रबन्ध गर्न र गराउन सरकारको ध्यानाकर्षण गराएको मुख्य सचिव पौडेलले जानकारी दिए ।
बैठकले वैशाख ६ गते अर्थात् आज नेपाल विद्यार्थी सङ्घको जन्मदिवसका अवसरमा नेविसङ्घको विगत र वर्तमानमा आबद्ध स्वदेश तथा विदेशमा रहेका सबैलाई शुभकामना व्यक्त गरेको छ । साथै कोरोना सङ्कटको घडीमा नेपाली विद्यार्थीले उच्च सतर्कता साथ आफ्नो व्यक्तिगत एवं समुदाय र राष्ट्रको हितमा विशेष जिम्मेवारी बोधका साथ कार्य गर्न बैठकले अपिलसमेत गरेको छ । रासस

Share148Tweet92SendShare
Previous Post

नेपाल शिवसेना र नेपाल मानव धर्म भेरी क्षेत्रको संयुक्त पहलमा राहत बितरण

Next Post

रेडक्रस उपशाखाले गर्यो क्वारेन्टाइनका लागी सामाग्री वितरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
Next Post

रेडक्रस उपशाखाले गर्यो क्वारेन्टाइनका लागी सामाग्री वितरण

भेरीमा ‘पीसीआर’ जाँचको स्याम्पल लिन शुरु

नासाले अन्तरिक्षमा मानवसहितको रकेट पठाउदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?