ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

प्रदेश ५ का जिल्लाको सीमा नाकामा १६ सय नेपाली अलपत्र

जावेद अन्सारी by जावेद अन्सारी
२:०३ मध्यान्ह, जेष्ठ ३, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बुटवल जेठ ३ गते ।
स्वदेश फर्किन पाउने प्रतीक्षामा प्रदेश ५ का जिल्लाको भारतसँगको सीमावर्ती क्षेत्रमा १६ सय जना नेपाली रहेको प्रमुख जिल्ला अधिकारीहरुले दावी गरेका छन् ।

यो संख्या ६ जिल्लाका सीमावर्ती भारतीय क्वारेन्टाइनमा बसेका नेपालीको आधिकारिक तथ्यांक हो । लकडाउनकै बीच भारतले रेल सेवा शुरु गरिसकेकाले घर फर्कने क्रममा सीमा क्षेत्रमा आइपुगेका नेपालीको संख्या दिनहुँ बढेको भए पनि यकीन तथ्यांक आफूहरुसंग नभएको सम्बन्धित जिल्लाका अधिकारीहरुको भनाइ छ ।

स्वदेश फर्कने पखाईमा बसेका नेपालीहरु सीमा नाकामा असुरक्षित र कष्टपूर्ण ढंगले दिन बिताउन वाध्य छन् । कतिपय नाकामा अलपत्र नेपालीले राम्रोसंग खाना र शुद्ध पानी पिउन समेत पाउन छाडेका छन् । कैंयौं नेपालीहरु बेखर्ची हुन थालेका कतिपय विरामी पर्न थालेका छन् । सीमामा अलपत्र पर्नेमा बृद्ध–बृद्धा, बालबालिका र सुत्केरी पनि छन् । नेपालीलाई भारतीय पक्षले सीमा क्षेत्रसम्म ल्याएर छाडिदिने गरेको छ ।

यसरी अलपत्र परेकामध्ये सबैभन्दा धेरै नेपालीहरु नौतनवामा छन् । त्यहाँका ९ वटा क्वारेन्टाइनमा २१ दिन बसाई पूरा गरेका नेपालीको संख्या अझै एक हजारको हाराहारीमा रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

उनीहरु रुपन्देहीको बेलहिया नाका हुंदै साविकको लुम्बिनी अञ्चल र गण्डकी प्रदेशका जिल्ला जानेहरु हुन् । ‘एक हजार जनालाई तीन पटक गरेर नेपाल भित्र्यायौं’–प्रजिअ पन्थले भने–‘क्वारेन्टाइनको व्यवस्थापन गर्न ढिला हुँदा अझै एक हजार जनालाई ल्याउन सकेका छैनौं ।’

भारतमा अलपत्र परेकालाई नेपाल ल्याएर क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गरेर मात्र घर जान दिने नीति भएकाले यी सबैको व्यवस्था नहुँदा ल्याउन नसकिएको उनले स्वीकार गरे । शुक्रबार राति २ सय ५० जनालाई कञ्चन गाउँपालिका, सैनामैना र बुटवलका क्वारेन्टाइनमा पठाइएको उनले बताए ।

कपिलवस्तुका कृष्णनगर,चाकरचौडा, दोहनीलगायत नाकामा तीन सय जना नेपाली केही दिनदेखि अलपत्र परेका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । ‘अहिलेसम्म करिब १० हजार जना भारतबाट आएकाहरु भित्रिए, ५५ सय त क्वारेन्टाइनमै बसेका छन्’ उनले भने, ‘भारत र अन्य मुलुकमा रोजगारी गर्न गएका कम्तीमा १५ हजार जना आउने क्रममा छन् ।’

ADVERTISEMENT

दाङ जिल्ला आउने क्रममा बाँकेको रुपैडिया र कपिलवस्तुको कृष्णनगरमा ७७ जना रोकिएका दाङका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण अधिकारीले बताए ।

‘४३ जना रुपैडिया र ३४ कृष्णनगरमा रोकिएका छन्’–उनले भने, ‘अहिलेसम्म जिल्लाका ६ हजार जना भारत र अन्य मुलुकमा रोजगारीका लागि गएकाहरु फर्किंदै छन् ।’

बाँकेको सीमा नाका जमुनाहमा भारतको लक्ष्मीपुर क्वारेन्टाइनमा बसेर आएर ७५ जना रहेको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । ‘लकडाउन शुरु भएपछि जमुनाहबाट एक हजार र नरैनापुरबाट ४ सय जना ल्याइसक्यौं’, उनले भने ‘अझै तीन हजार आउने अनुमान छ ।’

बर्दियामा बांकेको रुपैडिया नाकामा रोकिएर ६४ जना केही दिनदेखि अलपत्र परेका जानकारी आएको सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बताए । बर्दियामा लकडाउनका बीचमा कतिजना भित्रिए भन्ने यकीन तथ्यांक नभएको उनले आउने पर्खाइमा रहेका नवलपरासी पश्चिममा भने पाँच सयजना लकडाउनकै बीचमा भित्रिसकेका र भारतीय सीमामा कोही पनि अलपत्र अवस्थामा नभएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए ।

सरकारले मुख्य नाकाबाट वैधानिक रुपले आफ्ना नागरिकलाई आउन नदिँदा खुला सीमाको फाइदा उठाउँदै कैयौं नेपालीहरु लुकिछिपी घर आउने गरेका छन् । लुकिछिपी आउनेहरु क्वारेनटाइनमा नगई घरमा बस्दा कोरोना संक्रमणको जोखिम झनै बढ्ने देखिन्छ । साभारः अनलाइन खबर

Share149Tweet93SendShare
Previous Post

फेरी तीनजना थपिए

Next Post

भारतमा कोरोना संक्रमितको संख्या चीनभन्दा धेरै, सन्क्रमित संख्या ८५ हजार बढी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
Next Post

भारतमा कोरोना संक्रमितको संख्या चीनभन्दा धेरै, सन्क्रमित संख्या ८५ हजार बढी

श्वासप्रश्वासमा समस्या भएकी सुत्केरीको मृत्यु भएपछि धुलिखेल अस्पतालमा सतर्कता

थप २ जनामा कोरोना, संक्रमितको संख्या २७८ पुगे

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?