ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

स्थायी तटबन्ध नहुँदा सयौँ बिघा खेतीयोग्य जमिन कटान, २ हजारसम्मलाई राख्न सकिने आश्रयस्थल तयारी

News Desk by News Desk
१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके, असोज १० गते ।
बाँकेमा बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि तटीय क्षेत्रका बासिन्दा बाढी र कटानको जोखिममा परेका छन् ।

राप्ती नदीले राप्ती सोनारी गाउँपालिका–२ देखि नरैनापुरसम्मका तल्लोतटीय क्षेत्रमा वर्षेनी डुबान र कटान गर्दै आएको स्थानीयले बताएका छन् । स्थायी तटबन्ध नहुँदा नदीले कतै वारि र कतै पारितर्फ जमिन कटान गर्दै आएको राप्ती सोनारी–७ नयाँवस्ती फरेदागाउँका शङ्कर यादवले बताए ।

“अविरल वर्षासँगै नदीमा बाढी आइरहेको छ । स्थायी तटबन्ध नभएकाले जोखिम बढेको छ,” उनले भने, “ठूलो बाढी आए गाउँमा पस्ने डरले वर्षायाममा राति राम्ररी निदाउन सकिँदैन ।”

उनका अनुसार राप्ती सोनारी र नरैनापुरका तटीय क्षेत्रका करिब एक दर्जन बस्तीका सयौँ बासिन्दा बाढीको त्रासमा छन् । नदीले दिनहुँजसो खेतीयोग्य जमिन कटान गरिरहेको र अहिलेसम्म सयौँ बिघा जमिन कटानमा परिसकेको उनले बताए ।

सम्बन्धित समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

राप्ती सोनारी–६ र ७ का सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया र देउपुर्वालगायत तथा नरैनापुरका गङ्गापुर, सोनवर्षा, कुदर–वेटवा र कुडुवालगायत बस्ती जोखिममा रहेको नरैनापुर–६ गङ्गापुरका अगुवा सोहनलाल यादवले बताए ।

“विसम्वरपुर र पदनाहानजिकको तटबन्ध केही वर्षअघि नदीले भत्काएको थियो,” उनले भने, “त्यसयता त्यही क्षेत्रबाट डुबान र कटान बढेको छ । स्थायी तटबन्ध नहुँदा ठूलो बाढी आउँदा नदी बस्तीमा पस्ने खतरा छ ।”

राप्ती सोनारी–२ कचनापुरको अगैया, गोबरपुर, माथेवास, खोरिया, मदुई, हरिहरपुर, अम्रहवा, टिकुलीपुर, शम्शेरगञ्ज र राजपुर तथा वडा नं. ३ को बैजापुरका विभिन्न टोलमा पनि वर्षायाममा डुबान र कटानको जोखिम रहने वडाध्यक्ष मिनकुमार चौधरीले बताए ।

ADVERTISEMENT

“नदी किनारमा तटबन्ध नहुँदा हरेक वर्ष बाढीले दुवैतर्फको सयौँ बिघा खेतीयोग्य जमिन कटान गर्छ,” उनले भने, “वर्षासँगै नदीमा पानीको सतह बढिरहेकाले स्थानीयलाई सचेत गराइरहेका छौँ ।”

राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले बाढी र डुबानको सम्भावनालाई ध्यानमा राखेर पालिकाले सतर्कता अपनाएको बताए । उनका अनुसार गाउँपालिकामा करिब एक हजार पाँच सयदेखि दुई हजार जनासम्मलाई राख्न सकिने पाँच वटा सुरक्षित आश्रयस्थल तयारी अवस्थामा राखिएको छ ।

“भारी वर्षापछि हुन सक्ने बाढी र डुबानलाई ध्यानमा राखेर आश्रयस्थल तयारी अवस्थामा राखेका छौँ,” उनले भने, “थप दुई वटा भवन निर्माण भइरहेका छन् ।”

Share149Tweet93SendShare
Previous Post

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

Next Post

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
Next Post
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?