ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

सभामुखको निर्णय असंवैधानिक रहेको काफ्लेको दाबी, एमाले–माओवादी नेतृत्वको सरकार टिकाउन पदमुक्त गरिएको आरोप

News Desk by News Desk
१०:५३ बिहान, अशोज ७, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
386
सेयर
386
VIEWS
ShareTweetSendShare

बाँके, असोज ७ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभा सभामुखको निर्णय असंवैधानिक भएको दाबी गरेकी छन् । सर्वोच्च अदालतले पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै काफ्लेले यस्तो बताएकी हुन् ।

काफ्लेले आफूलाई पदमुक्त गर्न कीर्ते कागज तयार पारिएको र त्यही कागजका आधारमा सभामुखले निर्णय गरेको आरोप लगाइन् । उनले एमाले–माओवादी नेतृत्वको सरकार टिकाउने उद्देश्यले आफूलाई पदमुक्त गर्ने प्रक्रिया अघि बढाइएको दाबीसमेत गरिन् ।

‘सभामुखले समेत कीर्ते कागजका आधारमा मलाई पदमुक्त गर्ने निर्णय गर्नुभयो । त्यो निर्णय असंवैधानिक थियो भन्ने कुरा सर्वोच्च अदालतको आदेशले पुष्टि गरेको छ,’ उनले भनिन् ।उनका अनुसार आफूलाई पदमुक्त गर्नुअघि अपनाइएको प्रक्रिया नै त्रुटिपूर्ण थियो । आफू जसपा नेपालको साधारण सदस्यसमेत नरहेको व्यक्तिको सिफारिसका आधारमा कारबाही गरिएको भन्दै उनले त्यसप्रति आपत्ति जनाइन् ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार काफ्लेलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

सम्बन्धित समाचार

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । त्यसका लागि आगामी असोज १६ गते पेसी तोकिएको छ ।

यता, प्रदेशसभा सचिवालयले भने जसपा नेपालबाट प्राप्त पत्रका आधारमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ अनुसार काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशन गरिएको जनाएको छ । सभामुख तुलाराम घर्तीको निर्देशनअनुसार प्रदेशसभा अधिवेशन चालु नरहेको अवस्थामा सूचना जारी गरिएको सचिवालयको भनाइ छ ।

काफ्लेले आफू लुम्बिनी प्रदेशभर जसपा नेपालले प्राप्त गरेको मतका आधारमा समानुपातिक प्रदेशसभा सदस्य बनेको बताइन् । उनले आफूलाई निर्वाचित गराउन भूमिका खेल्ने पार्टीका नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरिन् ।

ADVERTISEMENT

सर्वोच्च अदालतको आदेशले आफूले न्याय पाउने बाटो खुलेको उनको भनाइ छ । आगामी दिनमा महिला तथा पछाडि पारिएका समुदायको उत्थानका लागि काम गर्ने उनले बताइन् ।

आफ्नो आगामी राजनीतिक यात्राबारे पत्रकारले राखेको जिज्ञासामा काफ्लेले आफू अझै पनि जसपा नेपालकै नेता रहेको स्पष्ट पारिन् ।

‘म जसपा नेपालकै नेता हुँ । सरकारलाई स्थायित्व दिनुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले भनिन्, ‘पार्टीको लाइनभन्दा बाहिर जाने छैन ।’ काफ्लेले जिल्ला तथा केन्द्रीय नेतृत्वलाई सँगै राखेर पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन् ।

Share154Tweet97SendShare
Previous Post

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?