ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

विदेशबाट फर्किनेलाई ५ लाख ऋण दिइने

जावेद अन्सारी by जावेद अन्सारी
६:३६ मध्यान्ह, जेष्ठ ८, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

पोखरा जेठ ८ गते ।
रोजगारीका लागि विदेश पुगेकामध्ये थुप्रै अहिले स्वदेश फर्कन आतुर छन्। कोरोना भाइरसको महामारी फैलिँदा विदेशको रोजगारी पनि धरापमा परेपछि त्यसरी फर्कन चाहने के कति छन्, नेपाल सरकारले भन्न सकेको छैन्। अझ फर्कन चाहनेलाई ल्याउन नसकिने बताइरहेको छ। फर्किनेहरुलाई के कसरी रोजगारी उपलब्ध गराउने भन्ने पनि सरकारले तयारी गरेको छैन्।

स्याङ्जाको गाउँपालिका फेदीखोलाले भने आफुले सके जति सहयोग गर्ने तयारी गरिसकेको छ। आफ्नो गाउँका कति विदेशबाट फर्कन चाहन्छन् भन्ने यकिन गरी उनीहरुलाई स्वरोजगार बनाउने तयारीमा फेदीखोला छ। मात्रै गाउँपालिका ती व्यक्ति स्वदेश फर्कने पर्खाइमा मात्रै छ। त्यस्तो तयारी फेदीखोलाले कोरोना भाइरस ९कोभिड १९० को महामारी रोक्न लकडाउन सुरु भएदेखि नै गरेको हो।

फेदीखोलाका अध्यक्ष घनश्याम सुवेदी भन्छन्, ‘हामीले एउटा एप्स बनाएका छौं, गाउँ फर्कन चाहनेले त्यहाँ आवेदन भरेका छन्।’ विदेशबाट फर्केकालाई कृषि, पशुपालन र साना उद्योगमा लगाइने जानकारी सुवेदीले दिए। अहिलेसम्म ४ सय २४ जनाले गाउँपालिकाको एपमा आवेदन गरी आफू फर्केर गाउँमै केही गर्न चाहेको बताएका छन्।

ती सबैले विदेशमा रोजगारी गुमाएको र स्वदेश फर्कन चाहेको तर नपाएको अध्यक्ष सुवेदीले जनाए। ‘विदेशबाट फर्कनेलाई कृषि, पशुपालन र कुटिर उद्योग गर्न प्रोत्साहन गर्ने गरी बजेट राखेका छौं’, उनले भने। उनकै भनाइमा पालिकाले यो योजनाका लागि २ करोड रुपैयाँ छुट्याएको छ। युवालाई सामूहिक जमानीमा बिना धितो रकम उपलब्ध गराउने सुवेदीले सुनाए। ‘एउटा समूहलाई ५ लाख रुपैयाँ बिनाधितो ऋण उपलब्ध गराउने हो’, उनले भने, ‘ऋण ५ वर्षभित्र चुक्ता गर्नुपर्ने हुन्छ।’

सम्बन्धित समाचार

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा वृद्धि

बाँकेमा बाढीको उच्च जोखिम, ६५ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

यस्तो योजनालाई गाउँपालिकाले युवा रोजगार बैंक नाम दिएको छ। यो योजनामा अहिलेसम्म १ दर्जन समूहले ६० लाख रुपैयाँ ऋण लिइसकेको अध्यक्ष सुवेदीले जानकारी दिए। फेदीखोलाले गाउँकै बाँझो जमिनमा खेतीका लागि प्रोत्साहन गर्ने योजना पनि ल्याएको छ। बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने उसको योजना हो। अध्यक्ष सुवेदीका अनुसार गाउँपालिकाभर अहिले २ हजार ७ सय रोपनी जमिन बाँझो छ।

पहिलो चरणमा हजार रोपनीमा खेती गर्न प्रोत्साहन गर्ने गाउँपालिकाले योजना ल्याइसकेको छ। अध्यक्ष सुवेदी भन्छन्, ‘२ वर्षदेखि बाँझो जमिनमा धानखेती गर्नेलाई प्रति रोपनी ४ हजार रुपैयाँ अनुदान दिने भएका छौं, कोदोखेती गर्नेलाई प्रतिरोपनी २ हजार रुपैयाँ दिन्छौं।’ दलहन खेती गर्नेलाई २५ सय रुपैयाँ अनुदान दिने पनि सुवेदीले सुनाए। बाँझो जमिन भाडामा लिएर खेती गर्नेलाई फेदीखोलाले ५ हजार रुपैयाँ अनुदान दिने भएको छ।

अनुदानका लागि सबै प्रक्रियाको नियमसमेत गाउँपालिकाले बनाइसकेको छ। बजेटको व्यवस्था आन्तरिक आम्दानी र भूमिकरबाट व्यवस्था गर्ने अध्यक्ष सुवेदीले बताए। ‘गाउँपालिकाले अध्ययन गरेर सम्भव हुने देखेरै यस्ता योजना ल्याएका हौं’, सुवेदीले भने। फेदीखोलाले लकडाउन सुरु भएदेखि नै गाउँको उत्पादन बजारीकरणको चाँजो मिलाउँदै आएको छ। कृषि एम्बुलेन्स चलाएर उसले गाउँलेको उत्पादन बजार पुर्‍याइरहेको छ।

ADVERTISEMENT

‘अहिलेसम्म ३ लाख रुपैयाँको कृषि उपज बजार पुर्‍यायौं’, अध्यक्ष सुवेदीले भने। गाउँलेले फलाएको साग, काउली, फर्सी, बन्दा, गोलभेडा, सिमी लगायत गाउँपालिकाले आफ्नै गाडीमा पोखराको बजार पुर्‍याएको हो।

Share148Tweet93SendShare
Previous Post

थपिए ९ जना संक्रमित, संक्रमितको संख्या ४५३ पुग्यो

Next Post

पौने ३ अर्ब रुपैयाँ बजेट फिर्ता

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अपराध

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा वृद्धि

२:३६ बिहान, बैशाख ६, २०८३
राप्ती किनारका बस्तीमा बाढी–कटानको चिन्ता, समाधानप्रति नयाँ सरकारसँग अपेक्षा
मुख्य समाचार

बाँकेमा बाढीको उच्च जोखिम, ६५ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान

११:०२ मध्यान्ह, बैशाख ३, २०८३
चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद
अपराध

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

१२:३५ मध्यान्ह, बैशाख ३, २०८३
नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण
मुख्य समाचार

नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण

५:३१ बिहान, बैशाख ३, २०८३
राप्ती नदि गाउँ पस्न थालेपछि स्थानीय चिन्तित
मुख्य समाचार

राप्ती किनारका बस्तीमा बाढी–कटानको चिन्ता, समाधानप्रति नयाँ सरकारसँग अपेक्षा

११:५० मध्यान्ह, बैशाख २, २०८३
चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा
अपराध

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा

९:०९ बिहान, बैशाख १, २०८३
दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र
अपराध

दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र

२:४८ बिहान, बैशाख १, २०८३
राष्ट्रिय एकताको सन्देशसहित नेपालगन्जमा झण्डा दिवस मनाइयो
मुख्य समाचार

राष्ट्रिय एकताको सन्देशसहित नेपालगन्जमा झण्डा दिवस मनाइयो

१२:३५ बिहान, बैशाख १, २०८३
Next Post

पौने ३ अर्ब रुपैयाँ बजेट फिर्ता

नदीमा बेपत्ता दुई बालकको शव फेला

बाँकेमा थप दुईजना थपिए, संक्रमित ४५७ पुगे

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?