बाँके जेठ २२ गते ।
बाँकेमा अहिलेसम्म ४ हजार १ सय ६५ जनाको पिसियार परीक्षण गरिएको छ । त्यसमध्ये ३ हजार ९ सय ५२ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जनाकारी दिनुभयो ।
उहाँका अनुसार, बाँकेमा अहिलेम्म २ सय १३ जनामा कोरोना पोजेटिभ देखिएको छ र २९ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन्। नेपालगन्जमा १ हजार ४ सय ९२ जनाको पिसिआर परीक्षण गरिँदा नरैनापुर गाउँपालिकामा ८ सय ७८ जनाको पिसिआर परीक्षण गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।
बाँकेमा आठवटै पालिकासहित, भेरी अस्पताल नेपालगन्ज र विभिन्न धार्मिक स्थलहरुबाट स्वाब संकलन गरिएको श्रेष्ठको भनाइ छ ।
Discussion about this post