सरला सुबेदी
बाँके जेठ २९ गते ।
बन्दाबन्दीको समयमा पत्रकार महिलाहरुमा परेको मानसिक तनाबका विषयमा भर्चुअल जुममार्फत महिला मानबअधिकार रक्षक संजालद्धारा विहिबार नेपालगन्जमा पत्रकार महिलाहरुलाइ मनोविमर्श तालिम सम्पन्न भएको महिला मानबअधिकार रक्षक संजालका अध्यक्ष अछरी पोखरेलले जानकारी गराएकि छिन् ।
तालिममा काठमाण्डौका एशोसेट कार्यक्रम अधिकृत एवं मनोविमर्शकर्ता रुपा भट्टराइले पत्रकार महिलाहरुलाइ प्रशिक्षण दिएकी थिइन । जसमा मनोविमर्श भनेको के हो ? यसका लक्षणहरु के के हुन ? कसरी खुशी रहने ? यसका समाधानका उपायहरु के के हुन ? भन्ने सवालमा प्रशिक्षण दिइएको थियो । उनले मानिसलाइ बढि तनाब भयो भने सकारात्मक सोच्ने, लामोलामो सास फर्ने, र शरीरलाइ सोझो पारेर जिउ तन्काएर १०मिनेट सुत्ने हो भने पनि तनाब कम हुने जस्ता टिप्स दिएकि थिइन।
प्रशिक्षण कार्यक्रममा रेडियो हाइवय लमहि दाडका सम्पादक लिला शाहले बन्दा बन्दीको समयमा पत्रकार महिला दोहोर तेहोरो मानसिक तनाबमा परेको बताउदै पत्रकार महिलालाइ घरको काम, अफिसको काम र कोरोना अपडट छिनछिनमा गरी रहनु पर्दा कामलाइ व्यवस्थापन गर्न हम्यहम्य परेको बताइन । पूरुष पत्रकारलाइ बाहिरको रीपोटिडको मात्र नताब हुन्छ भने पत्रकार महिलालाइ घरको खाना पकाउने, भाडा सफा गर्ने, घर सफागर्ने लुगा धुने पटकपटक खाना नास्ता बनाउने खुबाउने त्यहि विचमा रिपोर्टिङको काम पनि भ्याउनु पर्ने तनाव बढेको बताइन् ।
बर्दिया गुरुवावा एफएमका स्टेसन मेनेजर पुष्पा चौधरीले लकडाउनको समयमा विगतको भन्दा कामको बोझ बढेको,समय समयमा कोरोनाअपडेट भइ रहनु पर्ने बाध्यता रहेको बताइन।
नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश उपाध्यक्ष चाँदनी आचार्यले १ लाख ५ हजार विदेशबाटभित्रीएका मध्य ६सय ५६जना महिला रहेको र १४दिन सम्म क्वारेन्टीनमा बसेपनि श्वाव संकलन नगरेको भन्दै क्वारेन्टाइनमा नै आन्दोलन गरेको जानकारी गराउदै पत्रकार महिलाको नेतृत्व स्वीकार नगर्दा कति ठाउँमा चुनौति फेस गर्नु परेको गुनासो व्यक्त गरिन । पत्रकार निशु जोसीले आफु बचेर अरुलाइ बचाउनु पर्ने धारणा राखिन ।
बाँके विविसी सम्बाददाता विमला चौधरीले अफिसले अनलाइन पनि चलाएको हुदा विविसिको लागि त रेकर्ड भए पुग्छ तर अनलाइनमा फोटो माग्छ फोटो पाउन कठिन हुन्छ । घरैमा बसेर रिपोटिड गर्नुस भने पनि अरुसंग फोटो मागेर काम गर्नुपर्दा कठिन भएको बताइन ।
यसैगरी खोज खवर अनलाइनकि सरला सुवेदीले लकडाउनको पालना गरी घरैमा बसेर समाचार बनाउनु परेको बताउदै फिल्डमा गएर रिपोर्टिङ गरेको जस्तो प्रष्ट इमेल र प्रेस विज्ञप्तीको भरमा समाचार तयार पार्दा नहुने पहिले र अहिलेको तुलनामा कठिन भएको बताइन । उनले आफुलाई फिल्डमा गएर काम गर्न मन लाग्दा लाग्दै पनि घर परिवार र छिमेकीको स्वास्थलाई ख्याल गर्दै आफू फिल्डमा जान चाहेर पनि जान नसकेको बताईन।
यस्तै नेपाल टेलिभिजन कोहलपुरका कार्यक्रम संचालीका एवं क्रियाशील पत्रकार महिला बाँकेका उपाध्यक्ष सावित्री गिरीले लकडाउन पछि आफु घरैमा अध्ययनमा नै व्यस्त रहेको बताइन । उनले लकडाउनको कारण कुनै पनि कार्यक्रम सन्चालन गर्न नसकेको तर अब लकाडाउन खुकुलो भएसङ्गै निरन्तर कार्यक्रम सन्चालन गर्ने बताइन् ।
कार्यक्रममा बाँके बर्दिया,दाड र नेपालगन्जका पत्रकार महिलाहरुको सहभागीता रहेको थियो ।
Discussion about this post