ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

दाङ कोरोनाको हट स्पट बन्दै, सतर्कता अपनाउन जरुरी

जावेद अन्सारी by जावेद अन्सारी
१०:४४ बिहान, असार ३, २०७७
374
सेयर
374
VIEWS
ShareTweetSendShare

दाङ असार ३ गते ।
दाङ जिल्ला दिनानुदिन कोरोना सङ्क्रमणको हट स्पट बन्दै जान थालेको छ । पछिल्लो चरणमा दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या डरलाग्दो अबस्थामा बढ्दै जान थालेको हो । सरकारले लकडाउनको मोडालिटी खुकुलो बनाएसँगै दाङका बजार पनि खुल्न थालेका छन् । यद्यपि लकडाउन खुकुलो नहुँदा पनि बैंकिङ तथा अत्यावश्यक सेवाका नाममा दाङका बजारमा भीडभाड बढेको थियो । जसले कोरोना सङ्क्रमणको अवस्थालाई बलियो बनाउँछ कि भन्ने आशङ्का एकातिर थियो नै अर्कोतिर त्यसलाई व्यवस्थापन गर्न सम्बन्धित निकाय तथा सुरक्षाकर्मीलाई मुस्किल नै परेको थियो ।
सरकारले जेठ ३२ गतेसम्म बिस्तार गरेको लकडाउनको समयको बिचमा नै लकडाउनको मोडालिटीलाई खुकुलो बनाएसँगै बजार व्यवस्थापन गर्न सकिएको छैन । अझ बजारका दृश्यहरुलाई हेर्ने हो भने त कोरोनाको प्रभाव नै नभएको भान हुन्छ।
एकातिर बजार खुकुलो हुँदै गएको छ अर्कोतिर कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेका छन् । हिजो असार २ गतेसम्मको अद्यावधिकलाई हेर्ने हो भने दाङका २ सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

हिजो मङ्गलबारसम्मको अद्यावधिक अनुसार दाङका २ सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २ सय ४३ जना सङ्क्रमितमध्ये २ सय २६ जना भारतबाट आएर दाङ जिल्लाका विभिन्न क्वारअन्टिनमा बसेका व्यक्तिहरु रहेका छन् । अहिलेसम्म दाङमा ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । स्वास्थ्यकर्मी फ्रन्टलाइनमा रहेर काम गर्दै आएका छन् । त्यसैगरी २ जना जनप्रतिनिधिमा कोरोना सङ्क्रमण देखिएको हो । क्वारअन्टिनमा स्वयंसेवकका रुपमा रहेर काम गर्दै आएका २ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । अन्य रोगको उपचार गराउनका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका २ जना विरामीमा पनि कोरोना पुष्टि देखिएको छ । त्यसैगरी शव व्
व्यवस्थापनका लागि सहभागी भएका एक नेपाली सेनाका जवानमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा दाङका २ जना सङ्क्रमित रहेका छन् । त्यसैगरी प्यूठान क्वारअन्टिनमा बसेका १ जनामा कोरोना सङ्क्रमण देखिएको छ । साथै भारतमा मृत्यु भएर दाङमा स्वाब परीक्षण गर्दा १ जनामा कोरोना पुष्टि देखिएको थियो ।
सङ्क्रमितको अवस्था भन्नू पर्दा अहिलेसम्म दाङमा सङ्क्रमण देखिएका मध्ये ६० जना सङ्क्रमित डिस्चार्ज भइसकेका छन् । एकजना सङ्क्रमितको आइसियुमा उपचार भइरहेको छ । अन्यको अवस्था सामान्य रहेको छ ।

सङ्क्रमण सर्नबाट सतर्कता अपनाउन एकदमै जरुरी देखिन्छ ।
पछिल्लो अवस्थामा हेर्ने हो भने भारतबाट आएर क्वारअन्टिनमा बसेका मानिसमा सबैभन्दा बढी कोरोना सङ्क्रमण देखिएको छ । क्वारअन्टिनमा बसेकाहरुबाट नै कोरोना सङ्क्रमण सर्दै जान थालेको छ । विशेष गरेर क्वारअन्टिनमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, स्वयंसेवक तथा क्वारअन्टिन व्यवस्थापनमा खटेका जनप्रतिनिधिहरुमा सङ्क्रमण सर्न थालेको छ । यस्ता क्षेत्रमा कसरी काम गर्ने र कसरी सतर्कता अपाउने भन्ने रणनीति तय गर्न जरुरी छ । सहयोगका तथा सेवाकाम नाममा नै असुरक्षित ढङ्गले भौतिक उपस्थिति जनाउँदा यस्ता समस्या देखिएका हुन् । क्वारअन्टिन व्यवस्थापन, सुरक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्ने व्यक्तिहरुले पूणर् रुपमा सुरक्षा अपनाउन जरुरी छ । लागि जिल्ला तहबाट कार्यविधि बनाएर सीमित व्यक्तिबाट काम गराउने योजना तय गर्दा जोखिमबाट बच्न र बचाउन सकिन्छ ।

अहिले दाङका बजार निकै जोखिम र असुरक्षित बन्दै जान थालेका छन् । लकडाउनको मोडालिटीसँगै पसलहरु खुलेका छन् । खुलेका पसलहरु कति जोखिममुक्त छन् भनेर त्यसको प्रभावकारी अनुगमन भएको पाइदैन । सरकारले व्यवसायीलाई राजश्व बुझाउन ताकेता गरेपछि सञ्चालनमा आएका उद्योग व्यवसायहरु कोरोनाको इपिसेन्टर बन्ने खतरा देखिन्छ । सरकारले गर्ने निणर्यको बाटो कुरेर त्यसैलाई कार्यान्वयन गर्ने मनसायमा हामी रह्यौँ भने यसले खतरा ननिम्ताउला भन्न सकिदैन । जिल्ला तह, तथा स्थानीय तहमा मोडालिटी तयार पारे अगाडि बढ्न आवश्यक भइसकेको छ । बैंकले ग्राहकलाई ताकेता गर्न थालेपछि व्यवसाय सञ्चालनमा आउन थालेका हुन् । सरकारले गर्ने निणर्यलाई कुर्नु भन्दा आवश्यकताको सिद्धान्तका आधारमा जिल्ला तहमा एक प्रकारको नीति बनाएर जिल्ला सुरक्षित राख्नतर्फ लाग्न जरुरी भइसकेको छ ।

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

बायर्न म्युनिखले लगातार आठौं पटक जर्मन बुण्डेसलिगाको उपाधि जिते

Next Post

सरकारले घटायो घरायसी ग्राहकको विद्युत महसुल

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post

सरकारले घटायो घरायसी ग्राहकको विद्युत महसुल

८ लाख घूससहित सरकारी कार्यालय खुलेको भोलिपल्टै मालपोतका कर्मचारी पक्राउ

क्वारेन्टिनमा बसेका ४४ वर्षीय पुरुषले गरे आत्महत्या

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?