ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

‘विद्युतीय सवारी साधनको कर छुट स्वागतयोग्य’

जावेद अन्सारी by जावेद अन्सारी
२:०१ मध्यान्ह, असार १०, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

काठमाडौँ असार १० गते ।
सरकारले विद्युतीय सवारी साधनमा तोकेको कर जायज भएको सरोकारवालाले बताएका छन् । सार्वजनिक विद्युतीय सवारी साधनमा सरकारले हदैसम्मको कर छुटको व्यवस्था गरेको छ । सरकारले सार्वजनिक विद्युतीय सवारीलाई एक प्रतिशत भन्सार तोकेको छ । त्यसको ५० प्रतिशत फिर्ता गर्ने व्यवस्था छ जुन एक प्रतिशतको आधार तिरे हुने व्यवस्था हो । जसअनुसार ४० सिटे ठूला विद्युतीय सार्वजनिक सवारी साधन पनि १०÷११ लाख रुपियाँ भन्सार तिरे हुन्छ ।

विद्युतीय सार्वजनिक बस सञ्चालन गरिरहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा भन्नुहुन्छ, “विद्युतीय सवारी सञ्चालनका लागि अहिले सरकारले लिएको करको नीति सही छ, सार्वजनिक सवारी साधनलाई हदैसम्म छुटको व्यवस्था छ, चार्जिङ स्टेसनको व्यवस्था पनि हाम्रो मागअनुसार भएको छ सरकारले सम्बोधन गरेको छ । ”

विद्युतीय सवारीको चार्जिङ शुल्क तोकेपछि थप राहत भएको छ । विद्युत् नियमन आयोगले विद्युतीय सवारी साधन चार्ज गर्दा रातिमा प्रतियुनिट तीन रुपियाँ ३० पैसा तोकेको छ । अध्यक्ष थापा भन्नुहुन्छ, “रेट तोकेपछि अहिले हामी रातिमा जम्मा रु. चार सयमा गाडी फुल चार्ज गर्छौं तर पहिला ११ सय लाग्थ्यो, दिउँसोमा गरे छ सय ५० रुपियाँमा फुल चार्ज हुन्छ, सजिलो भएको छ आधिकारिक पनि भयो । ” विद्युतीय सार्वजनिक सवारीमा इन्टरनेटको करसमेत मिनाहा गरिएको उहाँको भनाइ छ ।
बजेटमार्फत चार्जिङ स्टेसन पनि सम्बोधन भएको छ ।

विद्युतीय निजी विलासी कारको सवालमा कर बढेकाले सरकारले विद्युतीय सवारीलाई निरुत्साहित गर्यो भन्न नमिल्ने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “निजीको हकमा फरक मापदण्ड छ त्यो स्वभाविक हो, ८० लाख, एक करोड १७ लाखसम्मका विलासी निजी कार ल्याउन सक्नेले पूर्ण भन्सार छुटको माग गरिएको छ, विलासी गाडीमा त सरकारले भन्सार लिइहाल्छ, लिनु पनि पर्यो । ”
करोडौँ पर्ने विद्युतीय कार निजी प्रयोजनका लागि किन्न सक्नेलाई भन्सार कर मिनाहा गर्नुपर्छ भन्ने कुरा त्यति व्यावहारिक नभएको थापाको भनाइ छ । निजी विद्युतीय सवारी साधनमा आयातमा १० प्रतिशत रहेको भन्सार अबदेखि ४० प्रतिशत भएको छ भने थप ४० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र पाँच प्रतिशत सडक दस्तुर लगाइएको छ ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

नेपाल न्यू इनर्जी भेहिकल एसोसिएसनका अध्यक्ष नवराज पौडेलले मंगलबार एक पत्रकार सम्मेलनमा सरकारले निजी विद्युतीय सवारी सधानलाई कर वृद्धि गरी निरुत्साहित बनाएको बताउनुभयो । उहाँको भनाइ छ “सरकारको पछिल्लो कदम र निर्णयले अब आमनेपालीले विद्युतीय गाडी चढ्न नसक्ने अवस्था भयो । ” उहाँले कर एकैचाटी १० प्रतिशतबाट ४० प्रतिशत र अन्तः शुल्क ० बाट ३० देखि ८० प्रतिशत बनाइकोमा आपत्ति जनाउनुभएको थियो । केही कम्पनी इन्धन र विद्युत् दुवैबाट चल्ने हेबीवेट गाडी विद्युतीय सवारीको छुटअन्तर्गत ल्याएर व्यापार गर्न खोजिरहेको तर हेबीवेट गाडीलाई छुट दिन नमिल्ने बताइएको छ ।

सातवटा विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले थप ११ वटा ४० सिटे विद्युतीय बस चीनबाट ल्याएको छ । बन्दाबन्दीका कारण हाल कलकत्ता बन्दरगाहमा ती बस रोकिएको र सहज भएपछि बस काठमाडौँ ल्याइने छ । ती बस युरो स्ट्यान्डर्डका हुन् । चितवनमा पनि विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारी भएको थापाले जानकारी दिनुभयो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

पुरैनीमा रक्तदान

Next Post

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनचाँदीको मूल्य फेरि बढ्यो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनचाँदीको मूल्य फेरि बढ्यो

किसानलाई धान रोपाइँको चटारो (फोटो फिचर)

आज थपिए ६२९ जना नयाँ संक्रमित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?