ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सारसलाई लुम्बिनीको नगर पन्छी घोषणा गरेर संरक्षणको काम गरिदै लुम्बिनी क्षेत्रमै बस्न रुचाउँछन् यिनी

News Desk by News Desk
१०:१८ मध्यान्ह, असार २१, २०७७
396
सेयर
396
VIEWS
ShareTweetSendShare

रुपन्देही असार २१ गते ।
शान्ति र प्रेमको प्रतिक मानिने पन्छी सारससँग जोडिएको भगवान गौतम बुद्धसँगको एउटा घटना बौद्ध जगतमा निकै लोकप्रिय छ । उनका दाई देवदत्तले प्रहार गरेको वाण लागेर घाइते भएको सारसलाई उपचार गरेर सिद्धार्थ गौतमले जीवनदान दिनुभएको बताइन्छ ।

वाण हानेर खसालेका घाइते सारसमाथि आफ्नो हक लाग्ने देवदत्तले दाबी गरे तर राजकुमार सिद्धार्थले प्राण लिन खोज्नेको भन्दा प्राण बचाउनेको हक लाग्ने भन्दै घाइते सारस देवदत्तलाई दिन अस्वीकार गरे । उनीहरु दुईबीच यस विषयमा विवाद उत्पन्न भयो । विवाद बढ्दै जाँदा दुबैलाई राजा शुद्धोधनसमक्ष पु¥याइयो ।

शुद्धोधनले कुनै पनि प्राणीको प्राण लिनेभन्दा जीवन बचाउनेको हक लाग्ने फैसला गर्दै त्यस पन्छीमा सिद्धार्थ गौतमको हक लाग्ने बताएपछि विवाद मिल्यो । गौतम बुद्धको जीवनमा भएको यो निकै महत्वपूर्ण र प्रेरणादायी मानिने कथा अहिले पनि उत्तिकै सान्दर्भिक छ । बालक सिद्धार्थका पाला देखिको त्यहीँ पन्छी सारस बुद्ध जन्मस्थल लुम्बिनी र गृहनगर कपिलवस्तु आसपासमा पाइन्छन् ।

संसारका अरु क्षेत्रको तुलनामा यस क्षेत्रमा सारसको सङ्ख्या बढी छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्कअनुसार नेपालमा सारसको सङ्ख्या सात सय छ । सबैभन्दा बढी लुम्बिनीमा तीन सयभन्दा बढी सारस रहेको लुम्बिनी विकास कोषले जनाएको छ । गतवर्ष लुम्बिनीमा एकदिनमै गरिएको गणनामा एक सय १४ वटा सारस भेटिएको विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेशकुमार त्रिपाठी) ले जानकारी दिए ।

सम्बन्धित समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

सिमसार क्षेत्रको संरक्षणका कारण पछिल्लो समय सारसको सङ्ख्या लुम्बिनीमा अझै बढ्दै गइरहेको उनको भनाइ छ ।
लुम्बिनी र कपिलवस्तु क्षेत्रमा सारसकै अध्ययन र रहनसहन हेर्न कैयौँ पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ श्रेणीको चरा मानिने सारसको संरक्षणका लागि लुम्बिनी साँस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र स्थानीय युवाहरु सक्रियताका साथ लागेका छन् । लुम्बिनीको भियतनाम मन्दिर, कोरिया मन्दिर, कोषका कर्मचारी आवास क्षेत्र परिसर तथा नगरपालिकाको जोगडा, आमालगायतका क्षेत्रमा सारसहरु देख्न पाइन्छ ।

नगरपालिकाले सारसलाई लुम्बिनीको नगर पन्छी घोषणा गरेर संरक्षणको काम गरिरहेको छ । सारस संरक्षणका लागि लुम्बिनीमा सारस पार्क निर्माणको तयारी समेत गरिएको छ । यस्तै विकास कोषले सिमसार क्षेत्रहरुको संरक्षण र विकास गरिरहेको छ । गतवर्ष विश्व वन्यजन्तु कोष र अन्तरराष्ट्रिय क्रेन फाउण्डेशनसँगको सहयोगमा चारवटा सिमसार क्षेत्र निर्माण गरिएको र थप एक सिमसार क्षेत्र निर्माणको क्रममा रहेको कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले बताए ।

उनकाअनुसार गतवर्ष खनिएका सिमसार क्षेत्रमा अहिले ६ जोडी सारस बसिरहेका छन् ।
विकास कोषभित्र सारसका लागि उपयुक्त स्थान छुट्याइएको छ । विश्व शान्ति स्तूपा रहेको उत्तरतर्फको भागलाई सारस संरक्षण क्षेत्र तोकिएको हो । यहाँ कैयौँ जोडी सारस भेटिन्छन् । सारसको संरक्षण गरी पर्यटनसँग जोड्ने प्रयास भइरहेको कोषले जनाएको छ । ‘पर्यटकको बसाइ अवधि लम्ब्याउन सारस क्षेत्र शान्ति स्तुपा परिसरमा दुई किलोमिटर पैदलमार्ग र अध्ययन गर्न चाहनेहरुलाई वातावरणीय सिकाइ केन्द्र निर्माण गर्ने योजना बनाएका छौँ ।

ADVERTISEMENT

जहाँ सारसको महत्व र संरक्षणबारे जानकारी गराइने छ’, उपाध्यक्ष मेत्तेयले भने । पहिले तराई क्षेत्रमा प्रशस्त पाइने काला नमक धान सारसलाई मन पर्ने खेती हो । अहिले यो खेती हुन छाडेको छ । यो खेतीप्रति किसानलाई आकर्षित गर्ने उद्देश्यले विकास कोषले योजना बनाइरहेको जनाएको छ । विकास कोष बाहिर सारसको संरक्षणका लागि लुम्बिनी साँस्कृतिक नगरपालिकाले वडा नं. २ को भुजहिया स्थित १६ बिघा क्षेत्रमा फैलिएको नौखनिया ताललाई सिमसार क्षेत्र बनाउने तयारी गरेको छ ।

जसका लागि बजेटको व्यवस्था समेत गरिएको नगरपालिकाका प्रमुख मनमोहन चौधरीले बताए । सारसको संरक्षणका लागि स्थानीय युवाहरु पनि सक्रिय भएर लागेका छन् । अन्तक्रिया, गोष्ठी तथा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी स्थानीयवासीलाई वातावरण संरक्षणका लागि सचेत बनाउने काम गरिरहेको ग्रीन युथ क्लब लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मी बताउँछन् । वातावरण तथा सारसको संरक्षणका लागि समुदाय स्तरमा चेतना जगाउन ग्रीन युथ क्लबले लुम्बिनी क्षेत्रमा ३० वटा क्लब गठन गरेको छ ।

क्लबका युवाहरुलाई लुम्बिनी साँस्कृतिक नगरपालिका र विकास कोषसँग समन्वय गरेर वातावरणको संरक्षण, स्वास्थ्य सरसफाइ, सारसको महत्वबारे तालिम दिएर समुदायमा परिचालन गरिएको अध्यक्ष कुर्मीले बताए । ग्रीन युथ क्लबले विश्व वन्यजन्तु कोषसँगको सहयोगमा लुम्बिनी क्षेत्रमा पर्यावरण संरक्षणको काम गर्दै आएको छ । पर्यावरको संरक्षणले गर्दा लुम्बिनी क्षेत्रमा चराचुरुङ्गीको सङ्ख्या निकै बढेको छ ।

Share158Tweet99SendShare
Previous Post

आज २९३ कोरोना संक्रमित थपिए

Next Post

प्रदेश ५ मा आइतबार थप २६ जनामा कोरोना संक्रमण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
Next Post

प्रदेश ५ मा आइतबार थप २६ जनामा कोरोना संक्रमण

ढलबाट कोभिड– १९ सङ्क्रमण फेला नपरेको बताउदै स्वास्थ मन्त्रालय

फोनिज बाँकेद्वारा सिडिओ र प्रहरी प्रमुखको स्वागत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?