काठमाडौं साउन ११ गते ।
लकाडाउन खुले सङ्गै तरकारी बजरमा पनि भिडभाड बढ्न थालेको छ। भिड उस्तै अनि महङ्गी पनि उस्तै रहेको छ। वर्षा र बाढीको बहाना बनाएर व्यापारिहरुले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बनाएर बढाएका छन् ।
किसानबाट प्रतिकिलो १५–२० रुपैयाँमा किनिएको तरकारी व्यापारिले ६० देखि ७० रुपैयाँमा बिक्री गर्दै आएका छन् ।व्यापारिले बर्सेनि वर्षा र बाढीको बहानामा हरियो तरकारीको मूल्य दोब्बर बढाएर उपभोक्तालाई ठग्दै आएका छन् ।
केन्द्र सरकार र स्थानीय तहबाट बजार अनुगमन नहुँदा बर्सेनि बाढीपहिरोको बहानामा हरियो तरकारीको मूल्य दोब्बर–तेब्बर बढाएर उपभोक्ता ठग्दै आएको राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले बताए ।उनले भने, ‘साता दिनदेखि पानी परेको भए पनि काठमाडौं उपत्यका आउने तरकारी रोकिएको छैन ।
निरन्तर बजारमा हरियो तरकारी आइरहेको छ । बाढीपहिरोले बाटो बन्द भएको छैन । पानी पर्नासाथ एक्कासि बजारमा तरकारीको मूल्य दोब्बर–तेब्बर भएको छ । उनले किसान बाट बाढी पहिरोले तरकारी बगाउने पानीले कुहिने डर देखाएर सस्तोमा ल्याउने अनि आफुले चौगुना नाफा लिएर बेच्ने गरेको बताए।
Discussion about this post