ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

महेन्द्र सिंह धोनीको सन्याशः एक युगको अन्त्य

जावेद अन्सारी by जावेद अन्सारी
१२:३० मध्यान्ह, साउन ३२, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

काठमाडौं साउन ३२ गते ।
विश्वको नजर शनिबार साँझ त्यो इन्स्टाग्राम पोस्टमा अडियो जसमा महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिएको घोषणा गरे।लगत्तै सुरेश रैनाले पनि इन्स्टाग्राममा पोस्ट गरे कि उनी पनि यो यात्रामा धोनीकै साथमा छन्, अर्थात उनले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिएका छन्।

सुरेश रैनाले भारतका लागि १८ टेस्ट म्याच र २२६ वनडेका अलावा कुल ७८ टि–२० म्याच खेले । २२६ वनडे म्याचमा रैनाले पाँच शतकको मद्दतले ५६१५ रन बनाए। टि–२० क्रिकेटमा उनले एक शतकका साथ १६०५ रन बनाएका थिए । टेस्ट म्याचमा उनको प्रदर्शन राम्रो भएन र १८ टेस्ट म्याचमा उनको ब्याटबाट ७६८ रन बन्यो।

जे होस् यी दुवै क्रिकेटरको सन्याशको घोषणापछि उनीहरुका प्रशंसक अहिलेसम्मको सुनौलौ यात्रा याद गरिरहेका छन् र आगामी दिनका लागि शुभकामना दिइरहेका छन्। यो सम्झना र शुभकामना यती तीव्र गतिमा आइरहेको छ कि सन्याश घोषाणाको केहीबेरमा नै महेन्द्र सिंह धोनी ट्विटरमा ट्रेन्ड भएका छन् र रैना पनि हेर्दा हेर्दै ट्रेन्डमा चढेका छन्।

भारतीय टिमका कप्तान विराट कोहलीले धोनीका लागि ट्विटरमा र इन्स्टाग्राममा लेखेका छन्, ‘हरेक क्रिकेटरलाई एक दिन आफ्नो यात्रा समाप्त गर्नु नै हुन्छ । तर जसलाई तपाईँ यति नजिकबाट चिन्नुहुन्छ उसले यो फैसला लिँदा तपाईँ धेरै इमोशनल महसुस गर्नुहुन्छ । आफ्नो देशका लागि तपाईँले जे गर्नुभयो त्यो सधैँ सबैको ह्रृदयमा रहनेछ ।’ विराटले अगाडि लेखेका छन्, ‘दुनियाँले तपाईँको सफलता देख्यो, मैले तपाईँलाई देखेँ।’

सम्बन्धित समाचार

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

ली जे–म्युङद्वारा उत्तर कोरियासँग युद्ध अन्त्यका लागि वार्ता प्रस्ताव

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

धोनीको सन्याशमा बिसिसिआईले पनि बयान जारी गरेको छ । उसले भनेको छ, ‘धोनी तीनवटै आईसीसी ट्रफी जित्ने एकमात्र कप्तान हुन् । धोनी विश्वका सफल कप्तान मध्ये एक हुन् र उनको कप्तानीमा टिम टेस्टमा नम्बर १ बन्यो।’

बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीले पनि भनेका छन् कि धोनीको कप्तानीमा देशले विश्वकप जित्यो । ‘धोनीको सन्याश एक युगको अन्त्य हो र धोनी जस्तो नेतृत्व क्षमता कसैमा छैन ।’

मास्टर ब्लास्टर सचिन तेन्दुलकरले पनि ट्विट गरेका छन् । उनले भनेका छन्, ‘महेन्द्र सिंह धोनी भारतीय क्रिकेटमा तिमिले धेरै ठूलो योगदान दियौँ । २०११ को विश्वकप साथै जित्नु मेरो जिन्दगीको सबैभन्दा राम्रो याद हो । दोस्रो पारीका लागि तिमिलाई र तिम्रो परिवारलाई शुभकामना।’

ADVERTISEMENT

भारतीय क्रिकेट टिमका सदस्य अश्विनले ट्विट गरेका छन्, ‘लेजेन्ड सधैँ जसरी आफ्नौ शैलीमा रिटायर हुन्छन् । तपाईँले देशलाई सबै कुरा दिनुभयो । च्याम्पियन ट्रफीको खुशी, २०११ विश्वकप र चेन्नाई सुपर किंग्सको शानदार जित सधैँ मेरो यादमा रहनेछ । भविष्यका लागि शुभकामना ।’

हार्दिक पान्ड्याले धोनीसँगका विशेष तस्बिरहरु शेयर गर्दै लेखेका छन्, ‘महेन्द्र सिंह धोनी मात्र एक छन् ।’ साथै उनले आफ्नो करियरमा धोनीलाई सबैभन्दा ठूलो प्रेरणा भनेका छन्।

भारतका गृहमन्त्री अमित शाहले पनि धोनीका लागि ट्विट गरेका छन् । उनले लेखेका छन्, ‘धोनीले आफ्नो अनौठो स्टाइलमा लाखौँ मानिसहरुलाई मन्त्रमुग्ध बनाएका छन् । मलाई विश्वास छ कि आउने दिनहरुमा पनि भारतीय क्रिकेटलाई बलियो बनाउन उनले योगदान दिनेछन्। भविष्यका लागि शुभकामना।’ अन्त्यमा अमित शाहले लेखेका छन्, ‘दुनियाले हेलिकप्टर शट्स मिस गर्नेछन् माही।’

यस्तै धोनीको गृहराज्य झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेलले त बिसिसिआइएसँग माग गरेका छन् कि ‘माहीको राँचीमा एक फेरवेल म्याच गरियोस् जसको आयोजना झारखण्डले गर्ने छ ।’

लोकसभाका सभामुख ओम बिरलाले लेखेका छन्, ‘सुरेश रैना र एमएस धोनीको जोडीले मैदानमा अनेकौँ यादगार पारी खेलेका छन्। तपाईँ दुवै नयाँ खेलाडीका लागि प्रेरणा हो । मेरो विश्वास छ कि नयाँ पारीमा अब तपाईँहरु खेल प्रतिभा खोज्नमा महत्वपूर्ण योगदान दिनुहुनेछ ।’

खेल पत्रकार तथा स्तम्भकार अयाज मेमनले भनेका छन् कि धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिएसँगै एक युगको अन्त्य भएको छ । अयाज मेननले भनेका छन्, ‘तर धोनी आइपीएल २०२० खेल्नेछन् ।

विश्व क्रिकेटका कीर्तिमानी कप्तान महेन्द्रसिंह धोनीले शनिबार साँझ अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिएको घोषणा गरेका हुन्।

अन्तर्राष्ट्रिय क्रिकेटमा टीट्वेन्टी विश्वकप, एकदिवशीय विश्वकप र च्याम्पियन्स ट्रफिको उपाधि जित्ने उनी एकमात्र कप्तान हुन्। भारतले सन् २००७ मा टीट्वेन्टी विश्वकप र सन् २०११ मा एकदिवशीय विश्वकपको उपाधि जितेको थियो।

३९ वर्षीय विकेटकिपर ब्याट्सम्यान धोनीले व्यावसायिक क्रिकेटबारे भने कुनै निर्णय नगरेको जनाइएको छ।

धोनीले सन् २००४ मा सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। धोनीले अन्तिमपटक सन् २०१९ को एकदिवशीय विश्वकप खेलेका थिए जसमा भारत सेमिफाइनलमा न्यूजिल्यान्डसँग पराजित हुँदा धोनीले ५० रन बनाएका थिए।

धोनीले तीन सय ५० एकदिवशीय अन्तर्राष्ट्रिय, ९० टेस्ट र ९८ टीट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन्। यसबीचमा १५ हजार बढी अन्तर्राष्ट्रिय रन बनाएका धोनीले विकेटकिपरका रुपमा ८ सय बढीपटक ब्याट्सम्यानलाई आउट गरेका थिए।

धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याशको घोषणा गरेको केहीबेरमै सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याशको घोषणा गरेका थिए।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफू पनि धोनीकै बाटो पछ्याउने बताएका छन्।

(यो सामग्री बिबिसी हिन्दीको सहयोगमा तयार पारिएको हो।)

Share148Tweet92SendShare
Previous Post

बाँकेका आज ९ जना डिस्चार्ज, संक्रमण जित्नेको संख्या ४४४ पुग्यो

Next Post

कोरोना भाइरसः यो साता विदेशमा नेपालीको मृत्यु भएन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’
अन्तर्राष्ट्रिय

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

१२:०३ मध्यान्ह, भदौ १५, २०८३
ली जे–म्युङद्वारा उत्तर कोरियासँग युद्ध अन्त्यका लागि वार्ता प्रस्ताव
अन्तर्राष्ट्रिय

ली जे–म्युङद्वारा उत्तर कोरियासँग युद्ध अन्त्यका लागि वार्ता प्रस्ताव

१२:३९ बिहान, साउन ३१, २०८३
रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक
अन्तर्राष्ट्रिय

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

१:३३ बिहान, साउन १८, २०८३
प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
अन्तर्राष्ट्रिय

प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

७:३५ बिहान, साउन ५, २०८३
के भइरहेछ दिल्लीको मुटुमा ?
अन्तर्राष्ट्रिय

के भइरहेछ दिल्लीको मुटुमा ?

१:५९ बिहान, साउन ५, २०८३
भारतबाट नेपाल भित्र्याउन लागिएको ५३ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
अन्तर्राष्ट्रिय

भारतबाट नेपाल भित्र्याउन लागिएको ५३ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

६:५५ बिहान, साउन ३, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
Next Post

कोरोना भाइरसः यो साता विदेशमा नेपालीको मृत्यु भएन

बाँकेमा आज २० जना थपिए

प्रधानमन्त्री ओलि मन्त्रिमण्डल पुनर्गठनको तयारीमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?