ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

श्रीमतीका लागि तिजको ब्रत बसे गायक प्रमोद खरेल

जावेद अन्सारी by जावेद अन्सारी
९:३४ मध्यान्ह, भदौ ५, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

काठमाडौं भदौ ५ गते ।
हरेक वर्ष तिजमा विवाहित महिलाहरु आफ्नो श्रीमानको लामो आयूको कामना गर्दै ब्रत बस्ने आम प्रचलन हो । अविवाहित महिलाहरुले आफूले चाहेजस्तो असल श्रीमानको कामना गर्दै ब्रत बस्ने गर्छन् ।

यसरी पुरुषका लागि महिलाले ब्रत बस्ने परम्परामाथि महिलावादीहरुले प्रश्न पनि उठाउने गरेका छन् । उनीहरुलाई यो समाचारले खुशी तुल्याउन सक्छ कि चर्चित गायक प्रमोद खरेल आफ्नी पत्नीको लागि शुक्रबार तीजको ब्रत बसेका छन् ।

‘हरेक वर्ष उनी तिजको ब्रत बस्ने गर्थिन्, यसपाली स्वास्थ्यको कारणले गर्दा सकिनन्,’ खरेलले भने, ‘त्यसैले यसपाली म उनको लागि ब्रत बसिरहेको छु ।’

प्रमोदकी पत्नी दीपाले दुई महिना अगाडि दोस्रो सन्तानका रुपमा छोरी जन्माएकी थिइन् । जन्मिएलगत्तै अस्वस्थ भएपछि छोरीलाई ६ दिनसम्म भेन्टिलेटरमा राख्नुपरेको थियो ।छोरीलाई अस्पतालबाट घर ल्याएपछि दीपा आफैं गम्भिर बिरामी परिन् थिइन् ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

उनलाई मुटुको समस्या देखिएको थियो । मनमोहन अस्पतालमा उपचारपछि अहिले उनी घरमै स्वास्थ्यलाभ गरिरहेकी छन् ।पूर्णरुपमा स्वस्थ नभइसकेकाले दीपाले तिजको ब्रत लिन नसकेकी हुन् ।

प्रमोद भन्छन्, ‘उनी धर्मकर्ममा एकदमै आस्था राख्छिन् । मन्दिर जान र धार्मिक क्रियाकलापमा सहभागी हुन उनलाई मन पर्छ । यसपाली ब्रत बस्न नसक्दा दुखी थिइन् ।’
कोरोनाका कारण जारी गरिएको निषेधाज्ञाले गर्दा प्रमोद पनि यसपालीको तिजमा घरमै छन् ।

त्यसैले उनले श्रीमतीको सु–स्वास्थ्य र दिर्घायूको कामना गर्दै पहिलोपटक तिजको ब्रत बस्ने सोचे । अनि श्रीमतीलाई भने ।श्रीमानले आफ्नो लागि तिजको ब्रत बस्ने भनेपछि दीपा सुरुमा अचम्भित र त्यसपछि दंग परिन् ।‘मलाई सँधै उनले आस्तिक बन्न प्रेरणा दिन्छिन् ।

ADVERTISEMENT

त्यसैले म ब्रत बस्ने कुरालाई उनले एकदमै सकारात्मकरुपमा लिएकी छिन्,’ प्रमोदले सुनाए ।ब्रत बस्ने कुरा उनका लागि नौलो पनि होइन ।
‘म हरेक महिनाको पूर्णिमाका दिन ब्रत बस्दै आएको छु,’ प्रमोदले सुनाए, ‘कार्यक्रमका लागि देश–विदेश जहाँ हुँदा पनि मैले यसलाई निरन्तरता दिएको छु ।

’तिजमा पानीसमेत नखाई निराहार ब्रत बस्ने परम्पराप्रति चाहिँ उनको विश्वास छैन । आफूले पानी र फलफुल खाएर ब्रत बस्ने गरेको उनले बताए । मन्दिर जान मन पर्ने भए पनि उनी खासै भ्याउँदैनन् । आज त बाहिर निस्कनै नमिल्ने भएकाले मन्दिर जाने कुरा भएन । त्यसैले घरभित्रै उनले पुजाआजा गरेका छन् ।

ब्रत बस्ने परम्परालाई लिएर विभिन्न किसिमका टिप्पणीहरु हुने गर्छन् । खासगरि, ‘प्रगतिशील’ सोच राख्ने एउटा समुहले यो परम्परामाथि औंलो तेस्र्याउँदै आएको छ । उनी चाहिँ ब्रत बस्ने काम धार्मिक मात्र नभएर विज्ञासम्मत पनि भएको बताउँछन् ।

यस विषयमा उनले आफ्नो छोटो व्याख्यान यसरी प्रस्तुत गरेः

‘हामी एउटा समाजमा बसेपछि विभिन्न धर्म र संस्कृतिमा जोडिएका हुन्छौं । यस्तो धर्म–संस्कृति भनेका हाम्रो सभ्यताकै अंग हुन् । जस्तो कि, बच्चाको न्वारन गर्दा यत्तिकै पनि नाम राख्न सकिन्छ नि । तर विधि पुर्‍याएरै राख्छौं ।

मान्छे मरेपछि यत्तिकै आगो सल्काउँदा पनि त लाश त जल्छ । तर विधि पुर्याएरै काजक्रिया गछौं । यो सबै आ–आफ्नो संस्कृतिको कुरा हो ।
म विज्ञानको विद्यार्थी हुँ । आध्यात्म र विज्ञानलाई धेरैले परस्परविरोधी ठान्छन् ।

मलाई चाहिँ त्यस्तो लाग्दैन । आध्यात्मिक क्रियाकलापहरु पनि धेरै विज्ञानसम्मत हुन्छन् । जस्तो ध्यान गर्नु भनेको आध्यात्मिक कुरा हो । तर, यो विज्ञानसम्मत पनि छ । यसले मान्छेलाई आफ्नो ध्यान एकत्रित गर्न सघाउँछ । ब्रत पनि धार्मिक हो । तर, यसले मानिसलाई स्वस्थ राख्न मद्दत गर्छ ।

त्यति मात्रै नभएर यसले एकप्रकारको सकारात्मक तरंग उत्पन्न गर्ने मेरो अनुभव छ । मान्छे आफू कसरी खुशी भइन्छ, त्यही चिज गर्ने हो नि । त्यसैले ब्रत परम्पराप्रति कोही पनि नकारात्मक हुनुपर्ने आवश्यकता छैन । हाम्रो कतिपय संस्कारहरु समयानुकुल बनाउँदै लैजाने कुरा आफ्नो ठाउँमा हुन्छ ।’

अन्त्यमा उनले थपे, ‘मेरी श्रीमती मुटुमा समस्या आएपछि मृत्यूलाई जितेर अहिले स्वस्थ हुने क्रममा छिन् । मैले के गर्दा उनलाई खुशी र सुख प्राप्त हुन्छ, म त्यही गर्छु । अरुले के भन्लान् भन्नेतिर मेरो खासै सरोकार रहँदैन ।

श्रीमतीलाई सकारात्मक बनाउँदै हौसला दिँदै चाँडो निको बनाउन म प्रयत्नशील छु । सम्झनुस यो ब्रत पनि त्यसैको निरन्तरता हो ।’

Share148Tweet93SendShare
Previous Post

नेपालगन्जमा फेरि चार संक्रमित थपिए

Next Post

अर्थमन्त्री र विश्व बैंकका उपाध्यक्षबीच छलफल

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
Next Post

अर्थमन्त्री र विश्व बैंकका उपाध्यक्षबीच छलफल

दुई वर्षभित्र कोरोना महामारी नियन्त्रणमा आउने डब्लुएचओको आशा

सचिव र उच्चपदस्थलाई कोरोनाले झस्काउन थालेपछि ९० प्रतिशत कर्मचारी कार्यालय जान छाडे

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?