ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अर्थमन्त्री र विश्व बैंकका उपाध्यक्षबीच छलफल

जावेद अन्सारी by जावेद अन्सारी
९:४० मध्यान्ह, भदौ ५, २०७७
447
सेयर
447
VIEWS
ShareTweetSendShare

काठमाडौं भदौ ५ गते ।
अर्थमन्त्री डा.युवराज खतिवडा र विश्व बैंकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरबीच शुक्रबार छलफल भएको छ।
विश्वभर फैलिएको कोरोना भाइरसले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको एवम् थप पार्न सक्ने प्रभाव, कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले हालसम्म चालेका कदमहरु तथा विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाहरु बारे भिडियो कन्फरेन्स मार्फत छलफल भएको अर्थमन्त्रालयले जनाएको छ।

सो क्रममा अर्थमन्त्री खतिवडाले विश्व बैंकबाट कोरोनाको असर न्यूनीकरण गर्न तत्काल सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै स्वास्थ्य जोखिम न्यूनीकरण तथा आर्थिक पुनरुत्थानका कार्यक्रमलाई निरन्तरता दिन थप सहयोगको लागि अनुरोध गरे।

नेपालले आगामी दिनमा स्वास्थ उपचार, सामाजिक सुरक्षा, साना तथा मझौला उद्यमको व्यवसायिक निरन्तरता एवं रोजगारी सिर्जना हुने तथा ठूला आयोजनाको कार्यान्वयनमा जोड दिएको र सो को लागि आवश्यक श्रोत व्यवस्थापन चुनौतीपूर्ण भएको बताए।

अर्थमन्त्री खतिवडाले कोभिडको कारण नेपालको पर्यटन, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएकोले वृद्धिदर न्यून हुन गएको भए पनि आर्थिक वृद्धि बाहेकका अन्य समग्र आर्थिक परिसूचकहरु सकारात्मक रहेको उल्लेख गरे।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

उनले प्रतिकूलताका वावजुद मुद्रास्फिति ६ प्रतिशतको हाराहारीमा रहेको, चालू खाता घाटा कुल गार्हस्थ उत्पादनको २ प्रतिशतमा सीमित रहेको, शोधनान्तर बचत अमेरिकी डलर १.६ अर्ब भन्दा बढी नै रहेको, सरकारको संचित खाता (ट्रेजरी) घाटामा नगएको, वित्तीय क्षेत्र सुदृढ रहेको समेत कारणले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सफलता मिलेको जानकारी गराए।

उनले बिषम परिस्थितिमा पनि विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाहरुमा प्रगति राम्रो रहेको र आईडा मुलुकहरुमा नेपालको कार्य सम्पादन उत्कृष्ट हुनुले द्धिपक्षीय सहयोग थप विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

वित्तीय दबाबका बावजुद नेपालले विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) को सेयरमा नेपालको कोटा वृद्धि गरी नेपाल र विश्व बैंकबीच समूहबीच लामो समयदेखि रहेको न्यानो सम्बन्धलाई जीवन्त राखिएको बताए।

ADVERTISEMENT

‌विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफरले नेपाल जस्ता कम विकसित मुलुकहरुले सामना गरिरहेको आर्थिक श्रोतका अभाव परिपूर्ति गर्न हालको आईडा श्रोत अपर्याप्त हुने र सो वृद्धि गर्न तथा वित्तीय ऋणको तिर्नुपर्ने साँवा ब्याज स्थगनको अवधि सन् २०२१ सम्म बढाउन विश्व बैंकका अध्यक्ष डेभिड मालपासको सकृयतामा विभिन्न दाता सदस्य राष्ट्रहरुसँग पहल गरिरहेको र सो अभियानमा अर्थमन्त्रीको सहयोगको लागि समेत अनुरोध गरे।

उनले दुवै पक्षबाट तयारी पूरा भएका थप चार आयोजनाहरु वोर्डमा निर्धारित मिति मै पेश गर्ने गरी तयारी भैरहेको तथा प्रारम्भिक तयारीमा रहेका अन्य आयोजना पनि अगाडि बढाउन विश्व बैंक तयार रहेको बताए। नेपालको सार्वजनिक ऋण व्यवस्थापनको साथै समष्टिगत आर्थिक अवस्था पनि राम्रो रहेकोले कोभिड १९ को प्रभाव कम हुने बित्तिकै नेपालको अर्थतन्त्र आफ्नो लयमा फर्कने विश्वास व्यक्त गरे।

छलफलमा विश्व बैंकका कन्ट्री डाईरेक्टर फारिश हदाद जेरभोस, अप्रेसन म्यानेजर लाडा स्ट्रोलकोभा लगायत विश्व बैकका अन्य अधिकारीहरु, अर्थ सचिव शिशिर कुमार ढुंगाना र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिव श्रीकृष्ण नेपालको समेत उपस्थिति थियो।

Share179Tweet112SendShare
Previous Post

श्रीमतीका लागि तिजको ब्रत बसे गायक प्रमोद खरेल

Next Post

दुई वर्षभित्र कोरोना महामारी नियन्त्रणमा आउने डब्लुएचओको आशा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
Next Post

दुई वर्षभित्र कोरोना महामारी नियन्त्रणमा आउने डब्लुएचओको आशा

सचिव र उच्चपदस्थलाई कोरोनाले झस्काउन थालेपछि ९० प्रतिशत कर्मचारी कार्यालय जान छाडे

बाँकेमा आज २१ जना डिस्चार्ज

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
20°
Clear
6:25 am5:39 pm +0545
Feels like: 20°C
Wind: 3km/h NNE
Humidity: 94%
Pressure: 1013.55mbar
UV index: 0
TueWedThu
31°C / 18°C
31°C / 21°C
28°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?