ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

चित्तललाई थापेको पासोमा बाघ मरेपछि बर्दिया निकुञ्जमा सुरक्षा चुनौती बढ्यो

जावेद अन्सारी by जावेद अन्सारी
१२:०३ मध्यान्ह, अशोज १५, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बर्दिया असोज १५ गते ।
कोरोना भाइरसका कारण देशभरका पर्यटकीय क्षेत्र सुनसान छन् । कोरोनाकै कारण यति बेला बर्दिया निकुञ्जभित्र पनि पर्यटकीय गतिविधि ठप्प छ । बर्दिया निकुञ्ज क्षेत्र आसपास सुनसान छ । यही मौका छोपेर बर्दिया निकुञ्जमा वन्यजन्तु तस्करहरु सलबलाउन थालेका छन् । एक हप्ताअघि बर्दिया निकुञ्जभित्र तस्करले थापेको पासोमा पाटे बाघ परेपछि निकुञ्जमा सुरक्षा चुनौती बढेको हो ।

निकुञ्जभित्रको लमकोहली फाँटा क्षेत्रमा तस्करले चित्तलका लागि थापेको पासोमा पर्दा अर्ध वयस्क पाटे बाघ मरेको अवस्थामा फेला परेको थियो । पासोमा परेको बाघ फेला पर्दा सडिसकेको थियो । निकुञ्जका अनुसार मृत बाघ फेला परेको ठाउँ निकुञ्जको मुख्यालयबाट झण्डै १० किलोमिटर टाढा पर्छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको सुरक्षा पोस्ट झण्डै तीन किलोमिटरको दुरीमा पर्छ ।

बाघ पासोमा परेर सड्ने अवस्थासम्म पुग्दा निकुञ्ज प्रशासन र सेनाले थाहा नै पाएन । जब थाहा पाए तबसम्म बाघ सडेर गन्हाउने भइसकेको थियो । पासोमा परेर पाटे बाघ मरेपछि निकुञ्ज प्रशासन ठूलो क्षति भएको भन्दै चित्त दुखाइ गरिरहेको छ । बाघलाई पासोमा पार्ने समूहको खोजी भइरहेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जको सुरक्षार्थ निकुञ्जभित्र नेपाली सेनाको ३५ र निकुञ्ज कर्मचारीको ३१ वटा सुरक्षा पोस्ट छन् ।

बाघलाई पासोमा पारेको घटनाले बर्दिया निकुञ्जभित्र तस्करहरुको चहलपहल बढेको तथ्य प्रष्ट भएको संरक्षणकर्मीहरु बताउँछन् । पासोमा परि बाघ मरेको घटनाले निकुञ्ज सुरक्षामा थप चुनौती थपिएको निकुञ्ज प्रशासनले जनाएको छ । गएको चैतमा लकडाउन भएदेखि निकुञ्जमा वन्यजन्तुका तस्करहरु सक्रिय हुन थालेपछि निकुञ्जले पनि सुरक्षा सतर्कता पनि बढाएको जनाएको छ ।

सम्बन्धित समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

तस्करी रोक्न निकुञ्ज प्रशासनले अहिले सेना र निकुञ्जका कर्मचारी परिचालन गरी निकुञ्ज भित्र स्वीप अपरेशन, पट्रोलिङ, एम्बुसिङ र क्यामेरा ट्र्यापिङ जस्ता कार्यलाई प्रभावकारी ढङ्गले अघि बढाएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो । कोरोनाका कारण कामका लागि बाहिर गएका व्यक्ति पनि घर आएका छन् । तिनीहरुमध्ये केही व्यक्ति नराम्रो गतिविधिमा लागेको निकुञ्जको आशङ्का छ ।

वन्यजन्तुको चोरी सिकारको आरोपमा फरार रहेका व्यक्तिहरु पनि गाउँ आएको हुँदा तिनैबाट वन्यजन्तुको सुरक्षामा चुनौती थपिएको हुन सक्ने भएकाले त्यस्ता व्यक्तिहरुको निगरानी बढाएको निकुञ्जको भनाइ छ । देशभर लकडाउन सुरु भएयता वनका सामग्री र वन्यजन्तु तस्करीमा संलग्न झण्डै सात सय जनाभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको निकुञ्जले जनाएको छ । पक्राउ परेकामध्ये एक सय ५० भन्दा बढीलाई विभिन्न कसुरमा मुद्दा चलाइएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिनुभयो ।

वन्यजन्तुको तस्करी हुन नदिन निकुञ्जले सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाएको र चोरी सिकार, निकुञ्ज छेउमा बनाइएका सिँचाइका संरचना र राजमार्गमा वन्यजन्तु दुर्घटनामा पर्नु वन्यजन्तु सुरक्षाका चुनौती रहेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयो । निकुञ्जभित्र अति संवेदनशील क्षेत्रमा क्यामेरा पनि जडान गरिएका छन् । निकुञ्जको क्षेत्रभित्र पर्ने राजमार्गमा पनि ठाउँ–ठाउँमा क्यामेरा जडान गरेर वन्यजन्तु र तस्करहरुको निगरानी गरिरहेको निकुञ्जले जनाएको छ । वन तथा वन्यजन्तुको तस्करी रोक्न सेनाको गण र पोस्टबाट नियमित रुपमा पट्रोलिङ (गस्ती) र स्वीप अपरेशन हुने गरेको निकुञ्ज प्रशासनले जनाएको छ ।

ADVERTISEMENT

लकडाउनको बेला समुदायस्तरको काम रोकिएको र कार्यालयमा पनि काम धेरै नहुने भएकाले अधिकांश कर्मचारीलाई निकुञ्जको गस्तीमै परिचालन गरिएको बताइएको छ । निकुञ्जमा पर्यटक छैनन् । जङ्गल सफारी पनि बन्द छ । निकुञ्ज सुनसान भएकाले वन्यजन्तुहरु अरु बेलाको तुलनामा बढी सक्रिय देखिन्छन् ।

यसैको मौका छोपेर तस्करहरु सलबलाउन थालेपछि सुरक्षामा पनि विशेष योजना बनाएर अघि बढेको निकुञ्जको भनाइ छ । ‘वन र वन्यजन्तुको तस्करी रोक्न हामी निकै संवेदनशील भएर लागेको छौँ । वन्यजन्तु जोगाउने सुरक्षा चुनौती त छ, यसलाई रोक्न विशेष योजनाका साथ निकुञ्ज प्रशासन अघि बढेको छ’, निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भन्नुभयो ।

उज्यालो अनलाइनबाट

Share148Tweet93SendShare
Previous Post

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आकस्मिक बाहेकका अन्य सेवा बन्द

Next Post

खाडीका चार देशबाट आजदेखि नियमित उडान

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
Next Post

खाडीका चार देशबाट आजदेखि नियमित उडान

यातायात कार्यालय नेपालगन्जमा टोकन मेशिन जडान, सेवाप्रवाहमा सहजता

कोरोना संक्रमित चिकित्सकको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?