ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कोरोनाको कहरमा पनि डगमगाएन वलिको हात २०५२ सालदेखी कृषिकर्ममै व्यस्त

जावेद अन्सारी by जावेद अन्सारी
१०:०४ बिहान, कार्तिक २६, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके कार्तिक २६ गते ।

चैत्र महिनाको दोस्रो साता देखि सुरु भएको कोरोना भाईरसको आतंक अनि लकडाउनको सुरुवातले सबै क्षेत्र तिर पुर्याएको आर्थिक हिनामिना आज सम्म पनि कसैले त्यो हिनामिना भएको क्षति थेग्न सकेका छैनन । तर लकडाउनमा कृषि पेशा कहिले पनि डगमगाएन बरु उल्टै फस्टाएको छ । बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर १३ भरैयाका शेर बहादुर वलीको जीवन लामो समयदेखि तरकारी खेती मै व्यस्त छ । वि.सं. २०५२ साल देखि उनी निरन्तर तरकारी खेती गरि व्यस्त रहेका छन् । वलीले अन्य धेरै कामहरुलाई चटक्कै छाडेर तरकारीलाई आफ्नो मुख्य पेशा बनाएर लागि परेका छन् । उनले यो कोरोना कहरमा पनि आफ्नो पौरखी हातहरुलाई चलायमान गराइराखे ।
कक्षा १० सम्म पढेका उनको पढ्ने ईच्छा धेरै थियो तर घरको आर्थिक अवस्था कमजोर तथा विभिन्न अभावहरुले उनको पढ्ने ईच्छाहरुलाई यसै मारिदियो ।

गाउँका अन्य व्यक्तिहरु विदेश गएको देख्दा उनलाई पनि विदेश जान रहर लाग्यो । घरको अभाव, परिवारको आवश्यकता तथा आफ्नो ईच्छाहरुका पोका बोकेर उनी विदेश हानिए । उनी दुई पटकसम्म दुइ वटा देश साउदी र कतार गए । दुई/दुई वर्ष गरि ४ वर्ष विदेश बस्दा पनि उनको घरको आर्थिक अवस्था खासै माथी उठेन । विदेश गएर पनि उनले राम्रो काम पाउन सकेकनन् । उनले भने,–‘सायद केही सीप सिकेर गएको भए राम्रो काम पाउथे होला । आफुसँग सीप केही थिएन । यसकारण राम्रो काम पाईएन । खाडी मूलुकमा गएर धेरै दुख पाईयो ।’

उनको परिवारले सामान्य कृषिकर्म गर्दथे । विदेशबाट फर्किएपछि उनले आफ्नै गाउँमा केही न केही गर्नुपर्छ भन्ने हिम्मत गरे । विदेशमा जति दुख गर्याे त्यति नै यहि गरे त पक्कै केही हुन्छ होला भन्दै उनले आफ्नै ठाउँमा तरकारी खेती सुरु गरे । खेती सुरु गर्दा उनलाई प्राविधिक देखि लिएर कुनै पनि ज्ञान थिएन । कसरी गर्ने के गर्ने भन्ने बारे अन्यौलमा परे । तत्कालिन कृषि सेवा केन्द्र (नगर कृषि शाखा) कोहलपुरबाट ३ दिने, ७ दिने तालिम लिए । तालिममा उनले बिउ कसरी राख्ने, कतिको फरकमा तरकारीको बेर्ना सार्ने, तरकारीको समयावधी जस्ता धेरै कुरा सिके ।

उनको परिवारले धान र गहुँ भन्दा अन्य खेती गरेका थिएनन् । तरकारी लगाउने कुराले उनका बुवा बेस्सरी रिसाए । आफ्नो बुवाको कुरा नसुरै उनले एउटा खेतको गरामा १० रुपैँयाको १ प्याकेट तरकारीको बिउ ल्याएर खेती गर्न सुरु गरे । उनले भने,–‘बुवालाई मनाउन धेरै कोशिस गरे मान्नु भएन । तर पनि आफ्नो उद्देश्यबाट पछाडी सरिन् । गरेपछि के नै नहुने रैछ जे पनि हुन्छ भन्ने आटले सुरु गरे ।’

सम्बन्धित समाचार

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

उनले पहिलो पटक लगाएको एक गरामा १० क्वीन्टल काउली फलाए । प्रतिकेजी ८ रुपैँयामा काउली बेचेर ८ हजार आम्दानी गरे । यो आम्दानीले तरकारी खेती प्रति झनै आकर्षण बढायो । तरकारीबाट भएको आम्दानी देखेर घरका सबै जनाले उनलाई साथ दिन थाले । त्यसपछि उनले तरकारी खेती गर्नको लागि जग्गा बढाउदै गए । जति जग्गा बढाउदै गए त्यतिनै उनको तरकारी खेतीको व्यवसाय फस्टाउँदै गयो । एक गराबाट सुरु गरेका उनले अहिले करिब आफ्नो र भाडाको जग्गा गरि करिब १५ कठ्ठा जग्गामा तरकारी खेती गरिरहेका छन् ।

उनले वर्षमा ४ लट तरकारी फलाउँछन् । वर्षातमा तरकारी कम फल्छ । हिउँद महिना र गर्मी महिनामा सबैभन्दा बढी तरकारी फल्छ । बजारको माग अनुसार उनले तरकारी उत्पादन गर्ने गरेका छन् । तरकारीबाट उनले वार्षिक ४ लाख आम्दानी गर्छन् । उनी भन्छन्,–‘बजार मूल्य पाएको बेला अझ धेरै आम्दानी हुन्छ । मूल्य कम भएको बेला भने कमै आम्दानी हुन्छ ।’ उनले, काउली, बन्दा, टमाटर, केराउ जस्ता धेरै प्रजातिका तरकारी उत्पादन गर्ने गरेका छन् ।पहिले पहिले ’सानो चाडबाड मनाउन पनि धेरै जोह गर्नुपर्ने बाध्यता उनको परिवारमा थियो । अहिले त्यो बाध्यता टरेको छ । हरेक चाडबाड आफ्नै पौरखले कमाएको पैसाले मनाउँछन् ।

तरकारी नलगाउनु भन्दा अगाडी उनको घरमा आम्दानीको कुनै स्रोत थिएन । घरखर्च चलाउन पनि मुस्किल पर्थ्यो । उनको परिवारसँग थोरै मात्र जग्गा थियो । तर अहिले तरकारी उत्पादन गरेर बेचेको पैसाले १० कठ्ठा जग्गा किनेका छन् । भने ५ कठ्ठा घडेरी किनेका छन् । तरकारी बेचेरै दुई छोरालाई निजी विद्यालयमा पढाईरहेका छन् । उनले उत्पादन गरेका तरकारी कोहलपुर सब्जी मण्डीमा थोक बिक्रि हुन्छ भने युएसएआईडिले उनीसँग तरकारीको लागि सम्झौता गरेको छ । उनले कोहलपुर सब्जी मण्डी तथा युएसएआईडिको माग अनुसार तरकारी उत्पादन गर्छन् ।

ADVERTISEMENT

उनले अहिलेसम्म कहि कतै बाट अनुदान लिएका छैनन् । उनले अहिले आफ्नो व्यक्तिगत रुपमा तरकारी फर्म पनि दर्ता गरिसकेका छन् । आफूलाई उनी सक्षम किसान पनि भन्छन् । बेला बेलामा कृषिसँग सम्बन्धित व्यक्तिहरु गएर उनलाई प्राविधिक कुराहरु सिकाईरहन्छन् । तरकारीमा पनि उनी रासायनिक भन्दा धेरै कम्पोस्ट मलको प्रयोग गर्छन् । उनले व्यवसायिक रुपमा बाख्रा पालन पनि गरिरहेका छन् ।

जसका कारण उनको आम्दानी बाख्राबाट पनि मनग्य भैरहेको छ । भने तरकारीको लागि कम्पोस्ट मल पनि भैरहेको छ । उनीसँग करिब ४० वटा भन्दा बढी बाख्रा छन् । उनले बाख्राबाट मात्रै वर्षमा २ लाख भन्दा बढी आम्दानी गरेका छन् । वलीका अनुसार हाल बाख्राको माग धेरै रहेको छ । बाख्रा व्यवसायलाई फस्टाउन सके राम्रो आम्दानी लिन सकिने उनले बताए । उनले आफू कामको खोजिमा बिदेश भौतारिरहदा आफुले भने जस्तो नभएपछी कृषिकर्म मा लागेर अहिले सफलता मिलेको भन्दै आफू जस्तै युवाहरुलाई कृषिकर्ममा लाग्न अनुरोध समेत गरेका छन् ।

Share149Tweet93SendShare
Previous Post

दिल्लीलाई ५ विकेटले हराउँदै मुम्बई बन्यो आईपीएल २०२० को विजेता

Next Post

लागु औषध अफिमसहित दुईजना पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन
दुर्घटना

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

४:१९ बिहान, भदौ ११, २०८३
भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति
दुर्घटना

भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति

४:०२ बिहान, भदौ ११, २०८३
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो
दुर्घटना

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

३:४३ बिहान, भदौ ११, २०८३
मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ
मुख्य समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ

६:४९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट
मुख्य समाचार

मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट

३:४८ बिहान, भदौ १०, २०८३
अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
Next Post

लागु औषध अफिमसहित दुईजना पक्राउ

डेकको सल्लाहाकार समितिको बैठक

बाँकेमा तिहारमा देउसी भैलो खेल्न नपाइने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?