ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

त्रिविको परीक्षामा अनियमितता भएको भन्दै सर्वोच्चमा मुद्दा

जावेद अन्सारी by जावेद अन्सारी
९:५९ बिहान, मंसिर १७, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

काठमाण्डाै मंसिर १७ गते ।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले गएको कात्तिक २६ मा प्रकाशित गरेको परीक्षाफलमा अनियमितता भएको भन्दै असन्तुष्ट पक्षले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।

१८ वटा विषयको नतिजा शून्य आएको, २३ वटा विषयमा आवश्यक संख्या नै उत्तीर्ण हुन नसकेको, १ सय ७७ वटा पद फ्रिज हुनु रहस्यमयी भएको असन्तुष्ट पक्षले आरोप लगाएको छ । एउटै परीक्षार्थीको नाम उत्तीर्ण र रद्द दुवैमा प्रकाशित हुनुले शंका उब्जाएको उत्तीर्ण र रद्द दुवैमा आफ्नो नाम आएका परीक्षार्थी कपिल खनाल बताउनुहुन्छ । .“मेरो नाम उत्तीर्णमा पनि आयो । रद्द गरिएकोमा पनि आयो । यो भन्दा ठूलो लापरबाही के हुन सक्छ ?” उहाँले भन्नुभयो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले प्राध्यापन गर्ने विषय इएनटी (विज्ञापन नम्बर १६१/०७५/०७६) मा २ जनाको रिक्त पदमा तीन जना परीक्षार्थी संलग्न भएकोमा कसैले पनि उत्तीर्णाङ्क अंक प्राप्त गर्न नसक्नु र क्लिनिकल फर्माकोलोजीतर्फ रहेको विज्ञापन नम्बर १७८/०७५/०७६ को खुलातर्फ २ जना परीक्षार्थीले परीक्षा दिएकोमा ३ जना उत्तीर्ण हुनुले त्रिविको परिक्षा प्रणालीमा नै प्रश्न चिन्ह उब्जिएको छ ।

यसबारे छानबिन हुनुपर्ने भन्दै गएको मंसिर १४ गते सर्वोच्च अदालतमा असन्तुष्ट २६ जना परीक्षार्थीले मुद्दा दर्ता गरेको समाजशास्त्र विषय तर्फका परीक्षार्थी अञ्चला चौधरीले बताउनुभयो । सेवा आयोगले गोल्ड मेडलिस्टहरुलाई छानीछानी अनुत्तीर्ण गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

मुद्दा दर्ता गर्ने अधिकांश गोल्डमेडलिस्टहरु छन् । सेवा आयोगले थप गरेको उत्तर पुस्तिकामा कोडिङ तथा डिकोडिङ गरेकाले रद्द गरेको भन्नु नियमसँगत नभएको उनीहरुको भनाइ छ । आयोगले परीक्षा दिने बेलामा थप गरेको उत्तर पुस्तिकामा कोडिङ डिकोडिङ गर्ने वा नगर्नेबारे केही पनि जानकारी नगराएकोले शंका गर्नमा थप बल पुगेको अर्का परीक्षार्थी कृपा डंगोल बताउनुहुन्छ ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष लालुप्रसाद यादवले नतिजा प्रकाशनमा केही त्रुटि भएको स्वीकार गर्दै आउने दिनमा त्यसलाई सुधार गरेर अगाडि बढ्ने बताउनुभएको छ । उहाँले मानविय त्रुटिका कारण एउटै परीक्षार्थीको नाम रद्द र सफल दुवै ठाउँमा हुन गएकोे बताउनुभयो ।

त्रिवि सेवा आयोगबाट नतिजा प्रकाशनमा केही त्रुटि भए पनि पाठ्यक्रम अनुसार प्रश्न नआउनुमा त्रिवि सेवा आयोगको कुनै दोष नभएको उहाँको तर्क छ । प्रश्न बनाउने सेवा आयोगले नभएर विज्ञले भएको र विज्ञ विषयवस्तुमा नि:पूर्ण नभएकाले समस्या भएको हुनसक्ने यादवको भनाइ छ । सूचना रद्द गरिएको विषयमा आफूहरुले कारण खुलाइसकेकाले थप प्रस्ट पार्न आवश्यक नभएको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

यसअघि त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले २ सय ४० जनाको उपप्राध्यापक पदको लिखित परीक्षा रद्द गरेको थियो । उपप्राध्यापक बन्न उत्तरपुस्तिकामै मोबाइल नम्बर लेखेर पठाएपछि उनीहरूको परीक्षा र उत्तरपुस्तिकालाई मान्यता नदिने निर्णय भएको आयोगले जानकारी दिएको थियो ।

‘‘परीक्षकलाई आफ्नो पहिचान खुलाउने गरी तोकिएको ठाउँभन्दा अन्यन्त्र आफ्नो नाम, रोल नम्बर, फोन नम्बर लेखी परीक्षाको मर्यादा उल्लंघन गरेको पाइएकोले उत्तरपुस्तिका एवं परीक्षा समेत आयोगको निर्णय बमोजिम रद्द गरिएको आयोगले जनाएको छ ।

आयोगले २८ कात्तिक २०७६ देखि २ पुस २०७६ मा सम्पन्न विभिन्न संकायका उपप्राध्यापक पदको परीक्षा र उत्तरपुस्तिका रद्द गरेको हो । रद्द गरिएकोमध्ये विज्ञान तथा प्रविधि संस्थानतर्फ सबैभन्दा बढी ७७ जनाको परीक्षा रद्द भएको जनाएको थियो ।

Share147Tweet92SendShare
Previous Post

नेपालगञ्ज विमानस्थलमा पार्किङस्थल विस्तार

Next Post

अर्घाखाँचीमा आगो ताप्दा जलेर एक जनाको ज्यान गयाे

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

अर्घाखाँचीमा आगो ताप्दा जलेर एक जनाको ज्यान गयाे

अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस, विश्वभर ४१ लाख श्रमिक जबर्जस्ती जोखिमपूर्ण काम गर्न बाध्य

नेपालगन्जबाट छुटेको बस सल्यानमा दुर्घटना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?