ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

योगिनी कपलाई नेपाल आइसको मुख्य प्रायोजन

जावेद अन्सारी by जावेद अन्सारी
४:४० मध्यान्ह, भदौ २६, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

लक्ष्मी तिमिल्सेना

बाँके भदौ २६ गते । विगतको इतिहास हेर्ने हो भने खजुरा क्षेत्र फुटबलमा सक्रिय थियो । यहाँ थुप्रै खेलाडीले राष्ट्रिय स्तरमा आफनो प्रतिभा मार्फत बाँकेलाई चिनाएका थिए तर अहिले त्यो अवस्था छैन । अब फेरी योगिनी कपले स्थानीय स्तरबाट राष्ट्रिय स्तरका प्रतिभा जन्माउने विश्वास छ ।
नेपालगन्ज, भदौ २६ गते
बाँकेको पश्चिम क्षेत्रमा हुन लागेको सर्वाधिक पुरस्कार राशीको फुटबल योगिनी कप फुटबल प्रतियोगितालाई नेपाल आईस वियरले मुख्य प्रायोजन गर्ने भएको छ ।
बिहिबार नेपालगन्जमा भएको पत्रकार सम्मेलनमा सिजी ब्रुअरी(नेपाल) प्राली र आयोजक सहयोग आवाज नेपालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।
प्रतियोगिता संयोजक तरिन्द्र बहादुर थापा र सिजी ब्रुअरी(नेपाल) प्रालीका म्यानेजर उमेश निरौलाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

बिहिबारको सम्झौता पश्चात प्रतियोगिताको नाम नेपाल आइस योगिनी कप फुटबल प्रतियोगिता हुने भएको छ । सिजी ब्रुअरी(नेपाल) प्रालीका म्यानेजर उमेश निरौलाले सिजी ब्रुअरी खेलकुदको विकासका लागि सधै अग्रसर भएर लागेको बताउनु भयो ।
नेपालका विभिन्न स्थानमा भैरहेको फुटबल प्रतियोगितामा सिजीले प्रायोजन गर्दै आएको बताउँदै निरौलाले भन्नु भयो, ‘सिजी फुटबलको विकासमा सधै सहयोग गर्न तयार छ । हामीले देशका विभिन्न खेलकुद प्रतियोगिता र सामाजिक कार्य गर्दै आएको छौं । आज बाँकेको खेलकुदमा उर्वर मानिएको क्षेत्रमा हुन लागेको प्रतियोगितामा प्रायोजन गर्न पाउँदा खुसी छौं । यसले प्रतियोगिताको स्तर बढनुका साथै खेलाडीले अवसर पाउनेछन भन्ने विश्वास लिएको छौं ।’ सिजीसँगको सहकार्यले खजुरा क्षेत्रबाट राष्ट्रिय स्तरका प्रतिभा जन्मने आसा गरेको निरौलाले पत्रकार सम्मेलनमा बताउनु भएको थियो ।

खजुरा–२ गौघाट स्थित योगिनी उच्च माविको खेल मैदानमा प्रतियोगिता हुदैछ । प्रतियोगितालाई खजुरावासी र विदेशमा रहेका युवाहरुले सहयोग गरिरहेको प्रतियोगिता संयोजक तरिन्द्र बहादुर थापाले बताउनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै थापाले भन्नु भयो, ‘आज सिजी ब्रुअरी (नेपाल) प्रालीको नेपाल आइससँग प्रतियोगिताको मुख्य प्रायोजन बारे सार्वजनिक गर्न पाउँदा हामीले खुसी महशुस गरिरहेको छौ । नेपाल आइससँगको सम्झौता पछि प्रतियोगिताले थप उचाइ हासिल गर्ने हामीले विश्वास लिएका छौं ।’ प्रतियोगितामा गरिएको सम्झौता रकम भने आपसी सहमतीमा गोप्य राख्ने निर्णय गरेको थापाले बताए । तर सम्झौताले ग्रामिण क्षेत्रमा हुन लागेको फुटबलको विकासमा नयाँ इतिहास रच्ने उहाँले बताउनु भयो ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

यसैगरी प्रतियोगितामा सहभागी हुने योगिनी माविको ‘ए’ टिमलाई म्यानेजर उमेश निरौलाले जर्सी प्रायोजन गरेका छन । योगिनीको ‘बी’ टिमलाई निर्देशक, समाजसेवी, कलाकार खजुरा गाउँपालिका निवासी शेखर खनालले जर्सी र खेलकुद सामाग्री प्रायोजन गरेका छन ।
बिहिबार भएको पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघका सदस्य एवम प्रशिक्षक सानु तामाङले योगिनी कप फुटबलले करियर बनाउन चाहने युवाहरुका लागि थप हौसला प्रदान गरेको बताए ।

बाँके जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा गर्न लागिएको यस प्रतियोगितामा बाँके र बर्दियाका गरी ८ वटा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिता सविधान दिवसको अवसर पारेर असोज ३ गते देखी सुरु भइ असोज ७ गते सम्म चल्नेछ ।
अनुमानित ३ लाख ५० हजार बजेट रहेको प्रतियोगितामा प्रथम हुने क्लबले ५० हजार, दोस्रो हुनेले २५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार, विधागत रुपमा उत्कृष्ट गोलकिपर, फरवार्ड, मिडफिल्डर, डिफेन्स र प्रशिक्षक जनही ५ हजार प्रदान गर्ने प्रतियोगिता संयोजक थापाले बताउनु भयो ।

फुटबल पछिल्लो समय संसारभर लोकप्रिय खेलकुदको रुपमा अगाडी बढेको छ । विगतको इतिहास हेर्ने हो भने खजुरा क्षेत्र फुटबलमा सक्रिय थियो । यहाँ थुप्रै खेलाडीले राष्ट्रिय स्तरमा आफनो प्रतिभा मार्फत बाँकेलाई चिनाएका थिए, थापाले भन्नु भयो, ‘पछिल्ला समय नयाँ पुस्ताले भने त्यो सफलता पाउन सकेको छैनन । खेलमात्र होइन युवाहरु पछिल्लो समय लागुपदार्थ दुव्र्यसनमा फसेर आफनो अमुल्य समय बर्बात पारिरहेका छन । यस्ता समस्याबाट समाज पिडित भैरहेको बेला हामीले योगिनी कप फुटबल प्रतियोगिताको सुरुआत गर्दैछौं ।

ADVERTISEMENT

जसले खजुरा क्षेत्रमा घट्दै गएको फुटबलको लोकप्रियता बढाउने र कुलतमा लागेका युवालाई खेल मार्फत समाज विकासमा लाग्न सहयोग गर्नेछ । साथै फेरी योगिनी कपले स्थानीय स्तरबाट राष्ट्रिय स्तरका प्रतिभा जन्माउने विश्वास छ ।’ थापाले अगाडी भन्नु भयो, ‘बाँकेको गौघाटमा अहिले सम्म स्तरीय फुटबल प्रतियोगिता भएको छैन । राम्रो खेलाडी उत्पादन गर्ने क्षेत्र भएर पनि फुटबलमा खजुरा क्षेत्र पछि परेको छ । फुटबल स्थानीय पर्यटन प्रवद्र्धन र खेलको विकासमा महत्वपुर्ण साबित भैसकेको छ । तर नियमित रुपमा प्रतियोगिता हुदैनन । त्यसको अभावलाई कम गर्न प्रतियोगिता गरिएको हो ।’

Share150Tweet94SendShare
Previous Post

रिक्सा र मोटरसाइक ठोक्किँदा दुई जना घाईते

Next Post

कांग्रेसका कर्याकर्ताद्वारा नेपालगन्जमा एक घन्टा विरोध प्रदर्शन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

कांग्रेसका कर्याकर्ताद्वारा नेपालगन्जमा एक घन्टा विरोध प्रदर्शन

हुलाकी सडकसंग जोडिएका गाउँपालिकालाई हुलाकी सहरका रुपमा विकास गरिने: मन्त्री राई

नेपाली कांग्रेस पर्ती नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को दु:खद बिगेप्ती

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?