वसिम अन्सारी
बाँके जेठ १० गते ।
हिन्दु स्वयंसेवक संघ नेपालले कोरोना संक्रमितहरुलाई खाना वितरण सुरु गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका बाँकेको सहकार्यमा सेवा इन्टरनेशनल नेपालको सहयोगमा हिन्दु स्वयंसेवक संघ नेपालले खाना वितरण सुुुुरु गरेको हो ।
कृष्णा देवी पाण्डेको संयोजकत्वमा कोरोना संक्रमितहरुलाई आइतबार देखि खाना वितरण सुरु गरिएको छ ।
त्यसका लागि पाण्डेको संयोजकत्वमा समिति बनाएको छ। समितीले बिरामीको उपचार ब्यबस्थापनदेखि भोजनको प्रबन्ध गर्नेछ। समितिले नेपालगन्ज उपमहानगरपालिकाभित्र संचालित आइसोलेसनहरुमा भोजनको ब्यबस्थापन गर्ने छ ।
वाइट हाउस र नेपालगञ्जको नारी विकास केन्द्रमा रहेको आइसोलेशनमा दुई महिना सम्म बिहान र बेलुका खाना वितरण गरिने संघका सदस्य अतुल गुप्ताले जानकारी दिनुभयो ।
उक्त वितरण कार्यक्रममा हिन्दु स्वयंसेवक संघ नेपाल बाँकेका सदस्य प्रशान्त बिका, विश्व जित तिवारी, करण वर्मा, विरेन्द्र शाह, परशुराम वर्मा र संघका सल्लाहकार विनोद रिजाल सहभाागीरहनु भएको थियो ।
Discussion about this post