ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कोभिड-१९

बाँके प्रेस युनियनले थाल्यो कोरोनाबाट प्रभावित पत्रकारसँग भेटघाट अभियान

News Desk by News Desk
९:२७ मध्यान्ह, जेष्ठ ११, २०७८
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके जेठ ११ गते ।
कोरोना भाईरस(कोभिड–१९)महामारीबाट प्रभावित भएका पत्रकारसँग नेपाल प्रेस युनियन बाँकेले भेटघाट अभियान सुरु गरेको छ । युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको नेतृत्वमा मंगलबारबाट भेटघाट उक्त अभियान सुरु गरिएको हो । कोरोना भाईरसबाट संक्रमित भएर होमआइसोलेसनमा बसिरहेका, संक्रमण पश्चात निको भई घरमा पूर्ण स्वास्थ्यलाभ गरिरहेका र संक्रमणको जोखिममा रहेका पत्रकार तथा सञ्चारकर्मीलाई उनीहरुका घर र सञ्चार संस्थामै पुगेर भेटघाट गरी स्वास्थ्य सामाग्री (मास्क र स्यानिटाइजर) प्रदान गरिएको युनियन बाँकेका अध्यक्ष ओलीले बताए ।

कोरोनाको ‘हटस्पट’ बनेको बाँकेमा फ्रन्टलाईनमा रहेर काम गर्ने पत्रकार तथा सञ्चारकर्मी अत्यन्त जोखिममा छन् । ‘बाँकेको स्थिती अझैपनि जटिल छ, परिस्थिती असहज हुँदा हुदैपनि संक्रमित हुनु भएका र संक्रमण पश्चात निको भई पूर्ण स्वास्थ्य लाभ गरिरहनु भएका तथा जोखिममा रहनु भएका सहकर्मी साथी र अग्रजहरुलाई भेटेर उहाँहरुको अवस्था बुझ्न मन लाग्यो,’ ओलीले भने ‘लामो समयको अन्तरालपछि भएको भेटघाटका क्रममा केही गफगाफ गर्न पाइयो, खाली हात भेट्नुभन्दा थोरै भएपनि स्वास्थ्य सामाग्री प्रदान गरियो, यो अभियान जारी नै रहनेछ ।’

भेटघाटका क्रममा अध्यक्ष ओलीले सबैको पूर्णस्वास्थ्य लाभको कामना गरेको र कुनै समस्या परेमा सम्झिन विशेष आग्रह गरेको युनियन बाँकेका सचिव विजय मल्लले बताए । ‘पत्रकारको घर र काम गर्ने सञ्चार संस्थामा पुगेपछि धेरैजना खुसी हुनु भयो, उहाँहरुले धन्यवाद पनि दिनुभयो,’ उनले भने । भेटघाटका क्रममा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रुपले पालना गरिएको मल्लले बताए ।

युनियनले पत्रकार तथा सञ्चारकर्मीलाई भेटघाट गर्ने कार्यलाई निरन्तरता दिने उनले सुनाए । युनियनले केहीदिन अघि मात्र पत्रकारलाई मास्क र स्यानिटाइजर वितरण गरेको थियो ।
यसैबीच प्रेस युनियन बाँकेले कोरोना संक्रमणको अवस्था यथावत नै रहेकाले अझैपनि सुरक्षित भएर आफ्नो पेशागत दायित्व निभाउन पत्रकार तथा सञ्चारकर्मीलाई अपिल गरेको छ । युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले मंगलबार एक अपिलमार्फत यस्तो आग्रह गरेका हुन् ।

सम्बन्धित समाचार

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

‘दोस्रो चरणमा नयाँ भेरियन्टको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) को महामारी अझै नियन्त्रणमा आएको छैन, कोरोना महामारीको ‘हटस्पट’ बनेको बाँके जिल्लामा पहिलेको तुलनामा संक्रमण दर केही घट्दो अवस्था भएपनि दैनिकजसो अस्पतालहरुमा संक्रमितको मृत्यु भने भइरहेको छ, अस्पतालमा संक्रमितको चाप थोरै मात्र घटेको हो,’ अपिलमा भनिएको छ, ‘महामारी नियन्त्रण गर्नकै लागि बाँके प्रशासनले निशेधाज्ञाको समय थपिरहेको छ, यस्तो जटिल र कठिन परिस्थितीमा पनि आफु सुरक्षित भएर बाँकेका पत्रकार तथा सञ्चारकर्मीहरुले आफ्नो पेशागत दायित्व निभाईरहेको कुरा अविस्मरणीय छ, तसर्थ कोरोना संक्रमणको अवस्था यथावत नै रहेकाले अझैपनि सुरक्षित भएर आफ्नो पेशागत दायित्व निभाउनु हुन प्रेस युनियन बाँके शाखा पत्रकार तथा सञ्चारकर्मीमा पुनः हार्दिक अपिल गर्दछ ।’

कोरोना संक्रमणबाट बाँकेमा खबर नेपालगन्ज डटकमका सम्पादक तथा प्रकाशक एवम सञ्चारकर्मी रईस साईको केहीदिन अघि दुःखद निधन भएको थियो । कोरोना संक्रमणबाट अहिलेसम्म जिल्लामा क्रियाशिल २५ जना पत्रकार तथा सञ्चारकर्मी संक्रमित भइसकेका छन् । संक्रमित मध्ये धेरै जना निको भइसकेका छन्, भने केहीले होमआइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहनु भएको छ ।

‘कोरोना संक्रमणबाट ज्यान गुमाउनु हुने सञ्चारकर्मी साईप्रति पुनः हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु, साथै संक्रमित हुनु भएका र निको हुनु भएका सबै पत्रकार तथा सञ्चारकर्मीको पुर्ण स्वास्थ्यलाभको कामना गर्दछु,’ अध्यक्ष ओलीले भनेका छन् ।

ADVERTISEMENT

कोरोना भाईरस महामारीका कारण पत्रकार तथा सञ्चारकर्मी साथीहरू कतै अप्ठ्यारोमा परेको भए, स्वास्थ्य सम्बन्धी परामर्शका साथै कुनै समस्या वा जटिलता भएको छ, भने सहजताको लागि नेपाल प्रेस युनियन बाँके समन्वयकारी भुमिका खेल्न तयार रहेको उनले पुनः स्मरण गराएका छन् । अपिलमा भनिएको छ, ‘यसका लागि जुनसुकै बेला पनि मलाई फोन सम्पर्क गर्न सक्नु हुनेछ ।’

बाँकेका पत्रकार तथा सञ्चारकर्मीका लागि कोरोना संक्रमणको निःशुल्क औषधी उपचारका साथै सहज र निःशुल्क रूपमा कोरोनाको पिसिआर परिक्षणको ब्यवस्था मिलाउन सरकारसँग युनियन बाँकेले जोडदार माग पनि गरेको छ ।

Share148Tweet93SendShare
Previous Post

पुर्बमन्त्री राईले सुरुक्षाकर्मीलाई दिए स्वास्थ्य सामाग्री

Next Post

साउदीमा कोरोना संक्रमित एकतिर घटिदै अर्कोतिर थपिँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
Next Post

साउदीमा कोरोना संक्रमित एकतिर घटिदै अर्कोतिर थपिँदै

आज २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदै

मलामी गएका किशोरको नदीमा डुबेर मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Partly Cloudy
6:13 am5:59 pm +0545
Feels like: 33°C
Wind: 13km/h SSE
Humidity: 67%
Pressure: 1012.19mbar
UV index: 7
WedThuFri
29°C / 22°C
30°C / 22°C
28°C / 21°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?