खोजखबर संवाददाता बाँके असोज ३ गते । यो बर्षको बहुप्रतिक्षीत चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरमा गाउँमा राजनीतिक पृष्ठभूमीमा हुर्किएको एक पुरुष र एक यूवतीको कथा प्रस्तुत गरिएको छ ।
चलचित्र ‘छ माया छपक्कै’मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टको मुख्य भूमिका रहेको छ ।चलचित्रमा दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको छ ।
चलचित्र ‘छ माया छपक्कै’ असोजको २४ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा दिपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीको संवाद, दिपकराज गिरीको पटकथा छ । विपिन मल्लको सम्पादन रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन, हरि हुमागाँइको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ ।
रोहित अधिकारी फिल्मस्, आमा सरस्वती मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् ।जितु नेपाल र केदार घिमीरे कार्यकारी निर्माता रहेको फिल्मको सह निर्मातामा सुमन गिरी,ताराचन्द्र बजगाइ,केशब न्यौपाने,रबिन डाँगीलगायत छन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post