ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सुदूरपश्चिममा रासायनिक मलको मौज्जाद शून्य

News Desk by News Desk
९:२० बिहान, कार्तिक १४, २०७८
366
सेयर
366
VIEWS
ShareTweetSendShare

धनगढी कार्तिक १४ गते ।
धनगढी उपमहानगरपालिका वडा नम्वर १४ फुलबारीका किसान स्वदेशु चौधरी कृषि मलका लागि हरेक वर्ष सहकारीमा पालो कुर्छन्।

तीन बिघा क्षेत्रफलमा खेती किसानी गर्दै आएका चौधरीले समयमा कहिल्यै मल पाएनन्। ‘उत्पादन बढाउन मल चाहिन्छ तर समयमा अहिलेसम्म मल पाउन सकेको छैन’, उनले गुनासो गर्दै भने, ‘भारतबाट आयात गरिएको मल निकै महंगो हुन्छ तर स्वदेशमा मल पाउन कठिन भएपछि पारीकै मल खरिद गर्नुपर्ने बाध्यता छ।

’सुदूरपश्चिम प्रदेशभित्र ३ लाख ६९ हजार ७ सय ९६ हेक्टर क्षेत्रफलमा खेती गरिन्छ। खेतीयोग्य जमिनका लागि २५ हजार मेट्रिकटन डिएपी, १५ हजार मेट्रिकटन युरिया र १ हजार मेट्रिकटन पोटास आवश्यक पर्छ।

तर संघीय सरकारले भने मागको ५० प्रतिशत मल मात्रै उपलब्ध गराउँदा यहाँका आधा भन्दा बढी किसान मलबिना नै खेती गर्न बाध्य छन्। कतिपय किसानले मलबिना नै खेतमा तोरी छरिसकेका छन्।

सम्बन्धित समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

संघीय सरकारले वर्षमा दुईपटक खाद्य बालीका लागि भन्दै सुदूरपश्चिममा रासायनिक मल पठाउने गरेको छ। धान खेतीका लागि असार महिनामा पठाएको मल सकिएपछि तोरी तथा गहुँ खेतीका लागि भने अहिलेसम्म डिएपी मल आउनै सकेको छैन।

१ सय मेट्रिकटन युरियाबाहेक डिएपीको मौज्दात शून्य छ। असारपछि सुदूरपश्चिममा रासायनिक मल डीएपी आएकै छैन। मल पाउने आसमा किसान दैनिक कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढी धाउने गरेको कायममुकायम प्रबन्धक नवलसिंह बोगटी बताउँछन्।

‘तोरी र गहुँका लागि आवश्यक पर्ने मल छैन, एक महिनापछि आउने संभावना छ’, उनले भने, ‘तत्काल आवश्यक पर्ने मलको सूची बनाएर लेखि पठाएका छौँ। छिट्टै प्राप्त हुने अपेक्षा हाम्रो छ।’

ADVERTISEMENT

संघीय सरकार मातहतको कृषि सामग्री कम्पनी कार्यालय काठमाडौंले कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीलाई मागको आधा अर्थात ५० प्रतिशत कम रासायनिक मल मात्र पठाउने गरेको पाइएको छ।

जसअनुसार वार्षिक ११ हजार २ सय ३४ मेट्रिकटन युरिया, डिएपी ५ हजार ८ सय १८ मेट्रिकटन र पोटास २ सय ५७ मेट्रिकटन मात्रै कोटा निर्धारण गरेर पठाउँदा प्रदेशभित्रका आधाभन्दा बढी किसान मलविना नै खेती गर्न बाध्य भएका छन्।

तोरी, मसुरो, गहुँजस्ता हिउँदे बाली छर्ने समयमा किसानले मल नपाउँदा यसको असर उत्पादनमा समेत पर्ने गरेको सुदूरपश्चिम कृषि निर्देशनालयले जनाएको छ। किसानलाई समयमा कृषि मल उपलब्ध गराउन तीनवटै सरकार गम्भीर हुनुपर्ने कृषि विज्ञको सुझाव छ।

Share146Tweet92SendShare
Previous Post

आजको मौसमः वर्षाको सम्भावना, हिमाली भू–भागमा हिमपात

Next Post

पर्यटन प्रर्बधनमा सघाउँदै योग समिति

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
Next Post

पर्यटन प्रर्बधनमा सघाउँदै योग समिति

रेडपाण्डाका ओसारपसारका फरार प्रतिवादी पक्राउ

निन्जाले मनायो तेस्रो बार्षिक उत्सव

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?