अजय पाठक बाँके असोज ६ गते । वडा न ८ को आयोजनामा आज वडामा रहेका पसलहरुमा सरसफाई अभियानका निम्ति ८७ वटा फोहोर फाल्ने प्लाष्टिक(डस्टबिन)बाँडिएको छ । वडामा बढदो फोहोर नियन्त्रणका लागि वडाले आफै फोहोर फाल्ने डस्टबिनहरुको बेवस्था गरि हरेक पसलहरुका अगाडि राख्ने अभियान चलाएको वडा ८ का अध्यक्ष सुरेन्द्र गुप्तले बतायका छन ।
उनको भनाइ अनुसार वडा न ८ मा रहेका पसलहरुको २०० सय वटा डस्टबिन बाडीने आयोजना मध्य ११३ वटा पहिलै बाडि सकियको र बाँकी ८७ आज बाँडिएको हो । वडा को कार्य योजना अनुसार सबै घर घरमा फ़ोहोर फाल्ने प्लाष्टिक(डस्टबिन) वितरण गर्ने योजना रहेको छ । वडाले १२०० वटा फ़ोहोर फाल्ने प्लाष्टिक(डसटबिन) प्रदान गर्ने निति बनाएको अध्यक्षले बतायका छन ।
फ़ोहोर फाल्ने प्लाष्टिक(डसटबिन) वितरण कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा समुदायक प्रहरी , साझेदारी सेवा केन्द्र नेपालगन्ज बाँके, समाज सेवि, अन्य प्रतिनिधि र संचारकर्मीको उपस्थिति मा समापन भएको थियो ।
Discussion about this post