ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मधेसबाट फर्के मुख्यमन्त्री पोखरेल, संघीयता दरिलो पार्न र पर्यटन प्रर्वद्धनमा साथसाथ

News Desk by News Desk
६:०३ मध्यान्ह, फाल्गुन २३, २०७८
मुख्यमन्त्रीको मधेस भ्रमण
401
सेयर
395
VIEWS
ShareTweetSendShare

पोखरा फागुन २३ गते ।
मधेस प्रदेशको ३ दिने भ्रमण सकेर गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको टोली सोमबार पोखरा फर्केको छ । जनकपुर विमानस्थलमा मधेस प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, प्रमुख सचिव कृष्णबहादुर रावतसहितको टोलीले बिदाइ गरेको थियो ।

टोलीलाई गण्डकीमा आन्तरिक मामिला मन्त्री डोवाटे विश्वकर्मासहितको टोलीले पोखरा विमानस्थलमा स्वागत गरेको थियो । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणामा गण्डकीका मुख्यमन्त्री पोखरेल नेतृत्वमा १८ जनाको टोली शनिबार जनकपुर पुगेको थियो ।

पोखरा विमानस्थलमा अवतरण गरेपछि मुख्यमन्त्री पोखरेलले प्रदेशबीचको सद्भावना भ्रमणमा संघीयता कार्यान्वयनका सन्दर्भमा भोगेका कठिनाइ बारे मधेसका मुख्यमन्त्रीसँग गम्भीर कुराकानी भएको भनाइ राखे । उनले भने, ‘संविधानमा उल्लेखित अधिकार हस्तान्तरणमा समेत केन्द्रले चासो दिएको छैन, यसका लागि प्रदेशले एक भएर आवाज उठाउनु पर्ने छ । यसबारेमा हामीले गम्भीर छलफल गरेका छौं ।’

प्रदेशका समस्यालाई एकीकृत रुपमा प्रधानमन्त्रीलाई बुझाउनु अगाडि ७ वटै प्रदेशका मुख्यमन्त्रीको संयुक्त बैठक गरेर बुँदा तयार पार्नुपर्ने उनले बताए । उनले भने, ‘यस अघि पनि मुख्यमन्त्रीहरुको भेला पोखरामा भएको थियो, अहिले परिवेश फेरिएको छ, म सातवटै प्रदेशमा माननीय मुख्यमन्त्रीज्यूहरुलाई पोखरामा निमन्त्रणा गर्दछु ।’

सम्बन्धित समाचार

देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

३ दिनको बीचमा मधेसका ६ जिल्लाका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलको अवलोकन गरे धेरै जानकारी हासिल गरेको मुख्यमन्त्री पोखरेलले बताए । जानकी मन्दिर, पोखरा र मुक्तिनाथको सम्बन्ध स्थापित गरेर धार्मिक पर्यटनमा प्रबद्र्धनमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले २ प्रदेशबीचमा असल अभ्यासलाई आपसमा अनुकरण जाने प्रतिबद्धता जनाए । उनले भने, ‘संघीयता मजबुत गर्न हामी एक भएर संघसँग लड्नुपर्ने छ, संघीयता महसुस गराउने नै प्रदेशले हो ।’
निजी क्षेत्रको उडान कम्पनी बुद्ध एअरले पोखरा–जनकपुर उडान सुरु गरेकै दिन शनिबार पोखरेल नेतृत्वको टोली जनकपुर पुगेको थियो ।

मुख्यमन्त्री पोखरेलले पहिलो दिन शनिबार मधेसका प्रदेशप्रमुख हरिशंकर मिश्रसँग औपचारिक भेट गरेर भ्रमणको उद्देश्यबारे जानकारी गराएका थिए । त्यसपछि टोली धनुषाधाममा पुगेको थियो ।

ADVERTISEMENT

मुख्यमन्त्रीसहितको टोलीले जनकपुरदेखि कुर्थासम्म ५ किलोमिटर खण्डमा रेल यात्रा समेत गरेको छ । त्यसपछि टोली धनुषाधाम पुगेको भने साँझमा गंगा आरतीमा समेत सहभागी भएको छ । जनकपुरका पर्यटन व्यवसायीको अग्रसरतामा शनिबार अन्तक्रिया कार्यक्रम गरिएको थियो ।

दोस्रो दिन आइतबार जानकी मन्दिर, राजदेवी मन्दिर, विवाह मण्डपमा अवलोकन र दर्शन गरिएको छ । बर्दिवासमा पर्यटन व्यवसायीसँग परिचयात्मक कार्यक्रम गरेर टोली सर्लाहीको वागमती नगरपालिकामा मानव निर्मित तालको अवलोकन गर्न पुगेको थियो । महोत्तरीको टुटेश्वर महादेवको दर्शन गरेर टोली रौटहतको नुनथर पुग्यो । त्यसपछि पर्सा वन्यजन्तु आरक्षमा हात्ती सयर र जंगल सफारी गरेर टोलीले गढीमाईको दर्शन गरेको थियो ।

तेस्रो दिन जलेश्वर महादेवको दर्शन गरेपछि मुख्यमन्त्री पोखरेल सहितको टोली मटिहानीमा पुगेको थियो । मटिहानीमा लक्ष्मीनारायणको दर्शनपछि मुख्यमन्त्री पोखरेलले नजिकै रहेको संस्कृत विद्यापिठको अवलोकन गरे ।
मधेस प्रदेशको राजधानी जनकपुरमा सोमबार प्रदेश सरकारले गण्डकीको टोलीलाई मैथली पहिरनमा होली खेलाएको थियो ।

गण्डकीको भ्रमण टोलीमा अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, उद्योग तथा पर्यटन मन्त्री मणिभद्र शर्मा कँडेल, प्रमुख सचिव रवीलाल पन्थ, पर्यटन सचिव ज्ञानेन्द्र पौडेल, पोखरा पर्यटन परिषद अध्यक्ष गोपिबहादुर भट्टराई, पोखरा उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष अर्जुन पोखरेल, नाट्टा पोखरा च्याप्टर अध्यक्ष सञ्जय सिग्देल, महासचिव कमला गिरी, पूर्व अध्यक्ष सन्तोष पोखरेल पर्यटन व्यवसायी एवं उद्योगी छन् । नेपाल टुर्स एन्ड ट्राभल्स एसोसिएसन (नाट्टा) पोखरा च्याप्टरले भ्रमणका लागि सहजीकरण गरेको थियो ।

गण्डकी प्रदेशको राजधानी पोखराबाट सातवटै प्रदेशमा एअर कनेक्टिभिटी बढाउने लक्ष्यका साथ प्रदेश सरकारले समन्वय गर्दै आएको छ । जनकपुर पोखरा अब साताको ३ दिन उडान हुनेछ । यसअघि मधेस प्रदेशको सिमरासम्म पोखराबाट बुद्ध एअर उडान थालिसकेको छ । सुदूरपश्चिमको धनगढीमा पनि यही बिहीबारबाट उडान सुरु भएको छ । भैरहवा, नेपालगन्ज र भरतपुरमा पनि पोखराबाट उडान हुँदै आएको छ ।

 

 

 

Share164Tweet99SendShare
Previous Post

नेपालगञ्ज वाल विवाहमुक्त घोषणा

Next Post

राँझा चोकमा मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दार शाहीको मृत्यु, जवान गम्भीर घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना

११:४० मध्यान्ह, असार २३, २०८२
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग
समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग

१२:०० बिहान, असार २३, २०८२
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
समाचार

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

१२:०० बिहान, असार २३, २०८२
पर्यटन प्रर्वधनका लागि कोहलपुर चौराहमा जनावरको मूर्ति
समाचार

पर्यटन प्रर्वधनका लागि कोहलपुर चौराहमा जनावरको मूर्ति

२:११ बिहान, असार २२, २०८२
आज मोहर्रम : बाँकेमा यी पालिकाले दिए विदा
समाचार

आज मोहर्रम : बाँकेमा यी पालिकाले दिए विदा

२:०४ बिहान, असार २२, २०८२
नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै
समाचार

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै

३:५५ बिहान, असार २१, २०८२
सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने
समाचार

सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

३:५१ बिहान, असार २१, २०८२
जानकीको सार्वजनिक सुनुवाई सम्पन्न
समाचार

जानकीको सार्वजनिक सुनुवाई सम्पन्न

३:२२ बिहान, असार २१, २०८२
Next Post
राँझा चोकमा मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दार शाहीको मृत्यु, जवान गम्भीर घाइते

राँझा चोकमा मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दार शाहीको मृत्यु, जवान गम्भीर घाइते

कोहलपुर नगरपालिका वडा नम्बर १२ को भवन उद्घाटन

कोहलपुर नगरपालिका वडा नम्बर १२ को भवन उद्घाटन

आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
33°
Mostly Cloudy
5:27 am7:20 pm +0545
Feels like: 42°C
Wind: 11km/h SSE
Humidity: 67%
Pressure: 999.32mbar
UV index: 7
WedThuFri
29/26°C
32/27°C
35/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?