ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मनसुन नेपाल भित्रिने तरखरमा, सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण

News Desk by News Desk
११:०७ बिहान, जेष्ठ १८, २०७९
मनसुन नेपाल भित्रिने तरखरमा, सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण
478
सेयर
477
VIEWS
ShareTweetSendShare

काठमाडौं जेठ १८ गते ।
यस वर्षको मनसुन छिट्टै सुरु हुने मौसमविदले बताएका छन् । भारतको केरलामा मनसुन सुरु भइसकेको र अब त्यो छिट्टै नेपाल भित्रिने अनुमान मौसमविदको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गले भने, ‘भारतको केरलामा मनसुन सुरु भइसकेको छ । अबको केही दिनभित्रै नेपाल भित्रिने सम्भावना छ ।’नेपालमा मनसुन शुरू हुने संशोधित औसत मिति जुन १३ तारिख हो ।

पूर्वी नेपालबाट मनसुन भित्रिएर पश्चिम नेपालबाट बाहिरिने गर्दछ ।अंग्रेजी महिनाको जुन, जुलाई, अगष्ट र सेप्टेम्बर महिनालाई मनसुनको अवधि भनिन्छ । मनसुनको यो चार महिनाको अवधिमा नेपालका अधिकांश भागमा सरदरभन्दा धेरै वर्षा हुने प्रक्षेपण गरिएको छ ।सामान्यतया १ हजार ५ सय मिलिलिटर पानी पर्ने मौसमविदहरु बताउँछन् ।

यद्यपि औसतभन्दा १० प्रतिशत बढी वा घटी भए पनि त्यसलाई सरदर नै मानिने वरिष्ठ मौसमविद बरुण पौडेल बताउँछन् ।जल तथा मौसम विज्ञान विभागको मनसुन आँकलन प्रतिवेदन अनुसार प्रदेश १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशका दक्षिणी भूभागहरुमा भने सरदर वर्षा हुने प्रक्षेपण छ ।

सम्बन्धित समाचार

चट्याङ लागेर बालकको मृत्यु

श्रीमानले घरमा आगो लगाए, श्रीमती घाइते

बाँकेको राप्तीनदीमा पानीको सतह बढ्दै, तटिय क्षेत्रमा सजगता अपनाउन आग्रह

यी क्षेत्रमा सरदर वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म छ । तर बाँकी भूभागहरुमा भने सरदरभन्दा बढी वर्षा हुने सम्भावना ६५ प्रतिशतसम्म रहेको प्रतिवेदनमा उल्लेख छ ।आगामी जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन अवधिमा प्रदेश नं। १ का तराईका भूभाग, वागमती प्रदेशका उत्तरपूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तरपश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागहरुमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म रहेको विभागकी वरिष्ठ मौसमविद इन्दिरा कँडेलले जानकारी दिइन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशका पूर्वी भूभाग, कर्णाली प्रदेशका मध्य भूभाग, गण्डकी प्रदेशका मध्यपश्चिमी भूभाग र प्रदेश नं १ को मध्य भूभागहरुमा पनि सरदर भन्दा बढी वर्षा हुने सम्भावना छ ।

यी भूभागहरुमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छ ।यस्तै गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भूभागहरुमा पनि सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको प्रतिवेदनमा उल्लेख छ । तर प्रदेश नं। १ का उत्तरी भूभाग, वागमती प्रदेशका दक्षिणी भूभाग र मधेश प्रदेशका अधिकांश भूभागहरुमा सरदर वर्षा हुने आँकलन मौसमविदले गरेका छन् ।

ADVERTISEMENT

३० वर्षको अवधिमा भएको सरदर वर्षाको आँकडा तुलना गरेर औसत निकालिन्छ । सन् १९९० देखि सन् २०२० सम्मको वर्षाको आँकडालाई हेरेर नेपालमा मनसुन सुरु हुने औसत मिति जुन १३ र बाहिरिने औसत मिति अक्टुबर २ निर्धारण गरेर गत वर्ष अध्यावधिक गरिएको थियो ।

त्यसअघिसम्म नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने भन्ने गरिन्थ्यो । तर गत वर्ष जेठ २८ गते नै मनसुन नेपाल भित्रिएको थियो ।दक्षिण एसियाका देशहरुको मौसमी अवस्थाबारे ‘साउथ एसियन आउटलुक फोरम ९सास्कोफ०’ले निकालेको साझा निष्कर्षको आधारमा नेपालको जल तथा मौसम विज्ञान विभागले नेपालको मौसमी अवस्थाबारे आँकलन प्रतिवेदन तयार गर्दछ ।

सास्कोफमा नेपाल, भारत, म्यानमार लगायतका दक्षिण एसियाली ९ देशका मौसमविदहरु र विश्व मौसम संगठन, विश्व मौसम संगठनको क्षेत्रीय जलवायु केन्द्र भारत, युके मेट अफिस बेलायत, थाइल्याण्ड, अमेरिका र जापानका प्रतिनिधिहरु सहभागी हुन्छन् ।यस वर्ष सास्कोफको २२ औं सत्रको बैठक भर्चुअल माध्यमबाट यही वैशाख १३ गतेदेखि १५ गतेसम्म बसेको थियो ।

यही मञ्चले २०७९ सालको मनसुन दक्षिण एसियाका अधिकांश भूभागहरुमा सरदर वा सरदरभन्दा बढी पानी पर्ने भनेर साझा निष्कर्ष निकालेको थियो । सोही निष्कर्षको आधारमा नेपालको जल तथा मौसम विज्ञान विभागले नेपालका अधिकांश स्थानमा यस वर्षको मनसुन अवधिमा सरदर भन्दा बढी पानी पर्ने प्रक्षेपण गरेको हो ।

Share192Tweet119SendShare
Previous Post

उपमहानगरपालिकालाई धुम्रपान रहित कार्यालय बनाउने प्रतिवद्धता

Next Post

आज विश्व दूध दिवस : प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अभाव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आजको मौसम : पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना
दुर्घटना

चट्याङ लागेर बालकको मृत्यु

११:३८ बिहान, असार १५, २०७९
दार्चुलामा आगो लगाएर एकल महिलाको हत्या, २ जना पक्राउ
समाचार

श्रीमानले घरमा आगो लगाए, श्रीमती घाइते

११:२१ बिहान, असार १५, २०७९
बाँकेको राप्तीनदीमा पानीको सतह बढ्दै, तटिय क्षेत्रमा सजगता अपनाउन आग्रह
मुख्य समाचार

बाँकेको राप्तीनदीमा पानीको सतह बढ्दै, तटिय क्षेत्रमा सजगता अपनाउन आग्रह

११:०६ बिहान, असार १५, २०७९
भेरी अस्पतालबाट विरामीलाई ठग्ने र दुःख दिने पाँच विचौलिया पक्राउ
अपराध

भेरी अस्पतालबाट विरामीलाई ठग्ने र दुःख दिने पाँच विचौलिया पक्राउ

१०:२३ बिहान, असार १५, २०७९
आज धान दिवसः बाँकेमा अहिलेसम्म तीन प्रतिशत रोपाइँ
कृषि

आज धान दिवसः बाँकेमा अहिलेसम्म तीन प्रतिशत रोपाइँ

१०:१९ बिहान, असार १५, २०७९
कारागारमा आगो लगाएर भाग्ने प्रयास गर्दा ५१ कैदीको मृत्यु
अन्तर्राष्ट्रिय

कारागारमा आगो लगाएर भाग्ने प्रयास गर्दा ५१ कैदीको मृत्यु

९:२३ बिहान, असार १५, २०७९
किसानलाई समयमा मल उपलब्ध गराउन माग
समाचार

किसानलाई समयमा मल उपलब्ध गराउन माग

४:१९ मध्यान्ह, असार १४, २०७९
नेपालमा लगानीका गर्न अष्ट्रेलियालाई चेम्बरको आग्रह
समाचार

नेपालमा लगानीका गर्न अष्ट्रेलियालाई चेम्बरको आग्रह

४:१३ मध्यान्ह, असार १४, २०७९
Next Post
आज विश्व दूध दिवस : प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अभाव

आज विश्व दूध दिवस : प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अभाव

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर १० रुपैयाँले घट्यो

पहिरोले पुरिएर दुई मजदुरको मृत्यु

पहिरोले पुरिएर दुई मजदुरको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Cloudy
5:24am7:19pm +0545
Feels like: 32°C
Wind: 14km/h SE
Humidity: 95%
Pressure: 999.66mbar
UV index: 0
ThuFriSat
29/26°C
32/26°C
33/26°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?