
खोजखबर संवाददाता काठमाडौ असोज १७ गते । प्रहरी बृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले नक्कली चाँदी सहित एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौ धुम्बाराही स्थित नक्कली चाँदी बेेच्दै गरेको भन्ने बिशेष सुचनाका आधारमा धादिङ निवासी ललितपुर ईमाडोल बस्ने ३३ बर्षीय राज सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट १५ किलोका ८ वटा नक्कली चाँदीका टुक्रा सहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनका अनुसार उनी हाल ललितपुर स्थित ईमाडोलमा तिलरी ज्वैलर्स सञ्चालन गर्दै आएका प्रहरीले बताए । हाल उनि माथि प्रहरी बृत्तबाट थप अनुसन्धान भै रहेको छ ।









Discussion about this post