ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पानी परेपछि खुसीले मनाइँदै साउने पन्ध्र

News Desk by News Desk
१०:२८ बिहान, साउन १५, २०७९
पानी परेपछि खुसीले मनाइँदै साउने पन्ध्र
389
सेयर
381
VIEWS
ShareTweetSendShare

महोत्तरी साउन १५ गते ।
पानी परेर रोपोमा पानी लागेपछि महोत्तरीका किसानलाई साउने १५ पर्वले खुसी दिएको छ । असार मध्ययता पानी नपरेर धानको रोपो पहेँलिदै गएबीच पर्वअघि लगातार दुई दिन पानी परेपछि किसानको अनुहारमा खुसी छाएको हो ।

“दुःखसुख रोपेको धानको रोपो खेतमा धजा फाटेर सुक्दै थियो”, बर्दिबास–२ का किसान पवित्रा खड्का भन्छिन्, “धन्न साउने १५ अघि पानी प–यो र धानको रोपो फिर्ने आश जाग्यो ।” खेतमा रोपेको धान पानीबेगर पहेँलिदै गएपछि विरक्तिएका जिल्लाका किसानलाई गत शुक्रबार र शनिबार साँझको वर्षा अमृत वर्षेझैँ लागेको छ ।

वर्ष दिन गुजारा गर्नपर्ने मुख्यबाली नै पानीबेगर मर्न लाग्दा किसानलाई दुई दिन अघिसम्म साउने १५ पर्वको रमाइलो थिएन । तर लगातार पर्वअघि दुई दिन परेको पानीले रोपो फिर्न लागेपछि तै बाली भइहाल्छ कि भन्ने आश जागेको यहाँका किसान बताउँछन् ।

जिल्लामा लामो खडेरीपछि गत शुक्रबार साँझ र शनिबार परेको पानीले धानको रोपोलाई अमृतकै काम गरेको किसानको भनाइ छ । लगातार दुई दिन पानी परेपछि किसानलाई साउने १५ पर्व चाड आएजस्तो बनेको भङ्गाहा–४ का ७८ वर्षीय किसान दीपबहादुर फुँयाल बताउनुहुन्छ ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

साउन १५ लाई कृषिपर्वका रूपमा मनाइने गरिन्छ । सामान्यतया धान रोपाइँ सकिने हुँदा हिलोमा काम गरेको चिसोको असर मेट्न यस दिन खिर खाने नेपाली चलन छ । तर बीउ, मल र पानीको तुक नमिल्दा किसानले यसपालि अपेक्षित धान रोपाइँ गर्न सकेका छैनन् ।

“पानी पर्याप्त भएको भए एक साताअघि नै रोपाइँ सकिन्थ्यो, के गरौँ रु आफ्ना भाग्यमा आकाश ताक्न लेखेको छ”, बर्दिबास–९ टोकीटोलका किसान रामचन्द्र थापा मगर भन्छन्, “जे–जस्तो होस् साउने १५ मा खेतको रोपो फिरेको हेर्न पाइएको छ, समयले साथ दिए अब केही न केही धान भित्रिन्छ ।” पानीले लगातार साथ दिए बाँकी रोपाइँ पनि एक साताभित्र सकिने यहाँका किसान बताउँछन् । पछिल्लो वर्षाले पर्व हासीखुसी मनाउन पाइएको किसानको भनाइ छ ।

जिल्लामा यसपालि पहिले बीउको अभाव भएर समयमा ब्याड राख्न नपाएको, असार १५ यता पानी नपर्दा पहिलेको रोपो सुक्दै गएको र थप रोपाइँ गर्न नपाइएको र मल बजारमा नपाउँदा त्यत्तिकै खेती गर्न परेको किसानको बिलौना छ । “हाम्रो हातमा केही भएन, खेतीमा सबै ईश्वरकै भर भयो”, समयमा पानी पर्ने÷नपर्ने कुरा ईश्वरीय लीला बुझ्ने बर्दिबास–६ मनहरिपुरका किसान बिन्देश्वर यादव भन्छन् “किसानलाई हेर्ने कोही भएनन्, न सिँचाइको प्रबन्ध, न समयमा बीउ मल !”

ADVERTISEMENT

जिल्लामा करिब ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये लगभग ५० हजार हेक्टर धानखेतीका लागि योग्य मानिन्छ । तर कुलो नहरले सिँचाइ पुगेका १० प्रतिशतमात्र जग्गा हुँदा यहाँका अधिकांश खेती आकाशे पानीकै भरमा हुने गरेको छ । ठिक बेलामा पानी परी दिँदा किसानलाई त्यो नै ठूलो पर्व हुने गरेको छ ।

अहिले पर्वको मुखमा पानी परेपछि दङ्ग परेका किसान आज मन फुकाएर पर्वको तयारीमा लागेका छन् । यो पर्वमा खिर खाने परम्पराअनुसार जिल्लाका उत्तरवर्ती क्षेत्रमा दूधको जोहोमा सर्वसाधारण एकाबिहानै जुटेका देखिँदा छन् । जिल्लाका बर्दिबास, गौशाला, भङ्गाहा र औरही नगरपालिका क्षेत्रमा पर्वते मूलका हिन्दू धर्मावलम्बीको सघन बसोबास छ ।

विवाह भएर गएका छोरीचेली र ज्वाँइचेलालाई निम्ता गरेर खिर खुवाउने पुरानो परम्परा रहेको बुढापाका बताउँछन् । जिल्लाका बर्दिबास, भङ्गाहा, गौशाला र औरही नगर क्षेत्रका बजारमा दूधको माग आज निकै बढेको यस भेगका दूध व्यापारीले बताएका छन् ।

रासस
Share160Tweet95SendShare
Previous Post

एसईई पुरक परीक्षा भदौ ११ र १२ गते हुने

Next Post

दाङमा आए १८ डायलाइसिस मेसिन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post
लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा ओपीडी र इमरजेन्सी टिकट तथा बेड निःशुल्क

दाङमा आए १८ डायलाइसिस मेसिन

असला माछाका भुरा संरक्षण गर्ने अभियान

असला माछाका भुरा संरक्षण गर्ने अभियान

कैलाली भन्सारद्वारा नौ अर्ब राजस्व सङ्कलन

कैलाली भन्सारद्वारा नौ अर्ब राजस्व सङ्कलन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?