ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

हात्ती छेक्न सीमावर्ती विद्युतीय तारबार मर्मत गरिने

News Desk by News Desk
१०:५० बिहान, साउन १८, २०७९
हात्ती छेक्न सीमावर्ती विद्युतीय तारबार मर्मत गरिने
387
सेयर
379
VIEWS
ShareTweetSendShare

झापा साउन १८ गते ।
भारतबाट प्रवेश गर्ने जङ्गली हात्तीको हन्जा रोक्न झापाको सीमावर्ती बाहुनडाँगीमा लगाइएको विद्युतीय घेराबारा (सोलार फेन्सिङ) मर्मतसम्भार गरिने भएको छ ।

नगरपालिकाले विद्युतीय घेराबाराको मर्मत र सुरक्षाका लागि परिचालित कर्मचारीको पारिश्रमिकका लागि रु ३० लाख बजेट छुट्याएपछि हात्तीको उपद्रो रोकिने आशा पलाएको हो । आर्थिक वर्ष २०७९/०८० का लागि वार्षिक नगर विकास योजनामै पालिकाले रु २० लाख विद्युतीय घेराबारा मर्मतसम्भारका लागि र कर्मचारीको पारिश्रमिकका लागि रु १० लाख बजेट विनियोजन गरेको छ ।

विसंं २०७२ मा बाहुनडाँगीको तिरिङदेखि नकलबन्दासम्म १८ किलोमिटर विद्युतीय तारबार निर्माण भएको थियो । विद्युतीय तारबारले हात्तीको प्रवेश रोक्न सफलता मिले तापनि एक वर्षयता तारबार जीर्ण भएकाले हात्ती नेपालतिर प्रवेश गर्ने क्रम पुनः सुरु भएको छ । तारबार भत्किएपछि भारतबाट दिनहुँ सयको सङ्ख्यामा हुल बाँधेर जङ्गली हात्ती चरनका लागि नेपाल आउने गरेका छन् । सात वर्षपछि बल्झिएको समस्याले हात्ती प्रभावित झापाका अधिकांश पालिकामा त्रासको स्थिति छ ।

हात्तीको उपद्रोबाट सबैभन्दा बढी मेचीनगरकै वडा नं १, २, ३ र ४ का बासिन्दा प्रताडित छन् । हात्तीको आक्रमणमा परी मानवीय क्षति हुन थालेको छ भने धान, मकै, तरकारीलगायतका बाली खाएर र कुल्चिएर सखाप पारेको छ । पालिकाले विपद् व्यवस्थापन शीर्षकमा छुट्याएको रु ७५ लाख बजेटमध्येबाट रु ३० लाख रकम हात्ती रोक्नका लागि छुट्याएको हो । एक दशकअघि प्रकृति संरक्षण कोषले बाहुनडाँगीको मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चमार्फत तत्कालीन समयमा विद्युतीय तारबारको मर्मतसम्भार र कर्मचारीका लागि भनेर रु ३० लाखको अक्षयकोषसमेत स्थापना गरिदिएको थियो । उक्त कोषको ब्याजले खर्च धान्न छाडेको अवस्था छ ।

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

अक्षयकोषको ब्याजबाट आउने सानो रकमले विद्युतीय घेराबारा मर्मत गर्न कठिन देखिएपछि नगरले बजेट छुट्याएको जनाइएको छ । नगरले विशेष महत्व दिएर विद्युतीय घेराबारा मर्मतका लागि बजेट नै छुट्याएपछि बाहुनडाँगीवासी हर्षित छन् । नगरले चालु आर्थिक वर्षका लागि रु एक अर्ब ४८ करोड ४३ लाख ६६ हजार ४५८ को बजेट पारित गरेको छ ।

नगरले प्रशासनिक खर्चबापत रु २१ करोड ६० लाख ५० हजार, सार्वजनिक सेवा तथा क्षमता विकास शीर्षकमा रु ९० लाख, सामाजिक विकास अन्तर्गत रु ११ करोड १३ लाख ४४ हजार ७२२, आर्थिक विकासमा रु दुई करोड ५२ लाख, वन वातावरण तथा विपद्मा रु एक करोड ९७ लाख, विधेयक निर्माणमा रु ४२ लाख ३० हजार, पूर्वाधार विकासमा रु १३ करोड पाँच लाख, वडागत बजेट रु १५ करोड, समपूरक कोष रु पाँच करोड, सङ्घीय सःशर्त चालु तथा पूँजीगतमा रु ५१ करोड ४८ लाख ८० हजार नौ सय ४२, प्रदेश सःशर्त चालु तथा पूँजीगतमा रु एक करोड ११ लाख २३ हजार, अघिल्लो सालका योजनाका लागि रु २४ करोड १७ लाख ३७ हजार सात सय ९४ र वित्तीय व्यवस्थापनमा रु छ लाखको बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । रासस

ADVERTISEMENT
Share160Tweet95SendShare
Previous Post

हुलाक मार्फत अमेरिकाको चप्पल, मिठाई घरमै आइपुग्छ

Next Post

करेन्ट लागेर १ जनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
Next Post
करेन्ट लागेर दुई जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

कञ्चनपुरमा चौधर नदीको बाढी बस्तीमा

कञ्चनपुरमा चौधर नदीको बाढी बस्तीमा

नेपालगञ्जमा सामुदायिकसँगै संस्थागत विद्यालयको पनि अनूमगमन

नेपालगञ्जमा सामुदायिकसँगै संस्थागत विद्यालयको पनि अनूमगमन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Sunny
6:17 am5:53 pm +0545
Feels like: 29°C
Wind: 3km/h W
Humidity: 72%
Pressure: 1017.95mbar
UV index: 4
TueWedThu
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?