ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

निर्वाचनमा मतदाताले चार मतपत्रमा मतसङ्केत गर्नुपर्ने

News Desk by News Desk
८:३७ बिहान, कार्तिक ८, २०७९
निर्वाचनमा मतदाताले चार मतपत्रमा मतसङ्केत गर्नुपर्ने
381
सेयर
372
VIEWS
ShareTweetSendShare

काठमाडौं कात्तिक ८ गते ।
निर्वाचनमा प्रत्येक मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा आफूले इच्छाएको चुनाव चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङ्गको निर्वाचन चिह्न भएको मतपत्र र प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङ्गको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरेको छ ।

यस्तै प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङ्गको निर्वाचन चिह्न र प्रदेशसभाकै समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङ्गको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरिएको छ ।

आफ्नो परिचयपत्रसहित मतदान केन्द्रमा पुग्ने मतदातालाई सुरुमा प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार

नगर स्वास्थ्य प्रबद्र्धन केन्द्र र अपाङ्ग बाल अस्पतालको उद्घाटन

डुडुवा खोलाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध

बाजुरामा भूकम्पको धक्का

यो मतपत्रमा इच्छाएको उम्मेदवारको चुनाव चिह्नमा मतदाताले मत सङ्केत गरिसकेपछि त्यसलाई पट्याएर नजिकैको ‘एक’ लेखिएको मतपेटिकामा मतपत्र खसाल्नु पर्नेछ ।

यो मतपत्र खसालिसकेपछि दोस्रो चरणमा निजले पाउने प्रतिनिधिसभाकै समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रमा इच्छाएको राजनीतिक दलको चुनाव चिह्नमा मतदान गरिसकेपछि पट्याएर ‘दुई’ लेखिएको मतपेटिकामा मतपत्र खसाल्नुपर्छ ।

तेस्रो चरणमा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो मतपत्रमा इच्छाएको उम्मेदवारको चुनाव चिह्नमा मतदान गरिसकेपछि पट्यएर ‘तीन’ लेखिएको नजिकैको मतपेटिकमा मत खसाल्नुपर्छ ।

ADVERTISEMENT

चौथो तथा अन्तिम चरणमा प्रदेशसभाको समानुपातिकतर्फको मतपत्र मतदातालाई उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो मतपत्रमा मतदाताले आफूले इच्छाएको राजनीतिक दलको निर्वाचन चिह्नमा मत सङ्केत गरिसकेपछि त्यसलाई पट्याएर ‘चार’ लेखिएको नजिकैको मतपेटिकामा मत खासाल्नुपर्नेछ ।

हरेक मतदान केन्द्रमा व्यवस्था गरिने गोप्य कक्षमा राखिएको स्वस्तिक छापले मतदाताले मतपत्रमा मत सङ्केत गर्नुपर्ने व्यवस्था छ । मतदाताले मतदान केन्द्रमा मास्क लगाएर आ–आफ्नो परिचयपत्र साथमा लिएर जानुपर्ने व्यवस्था आयोगले गरेको छ ।

महिलाले तोकिएको महिलाको लाइनमा र पुरुषले तोकिएको पुरुषको लाइनमा लामबद्ध भई मतदान गर्न पाउने गरी मतदान केन्द्रको व्यवस्थापन गर्न लागिएको छ ।

गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी मतदाता लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न पाइने व्यवस्था गरिएको छ ।

दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणले आफैँ मत सङ्केत गर्न नसक्ने भएको मतदाताको हकमा निजको एकाघर परिवारको सदस्यलाई आफूसँगै मत सङ्केत गर्ने गोप्य कक्षमा मतदान अधिकृतको अनुमतिमा लैजान सकिने र सो नभएमा मतदान अधिकृतको सहयोग लिन सकिने व्यवस्था छ ।

प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले गएको स्थानीय तहको निर्वाचनमा मतपत्र ठूलो आकारको भएको र मत सङ्केत सात ठाउँमा गर्नुपर्ने कारणले मत सङ्केत गर्दा कतिपयमा देखिएको अलमलले खसेको मतमा केही बदर हुने समस्या देखिएको हुनसक्ने बताए । उनले भने, “आउने निर्वाचनमा मतपत्र सानो आकारको रहेको र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्रमा उम्मेदवारी दिएकाहरुको मात्रै चुनाव चिह्नको व्यवस्था गरिएकाले बदर मत निकै घट्ने विश्वास गरेका छौँ ।”

बदरमत घटाउन निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन गर्दै आएको छ । विगतका निर्वाचनको तुलनामा बदर मतको समस्या घट्दै गएको छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा खसेका मतमध्ये पाँच प्रतिशत मत पूर्णरुपमा बदर भएको थियो ।

गत निर्वाचनमा कतिपय दल र प्रत्याशीहरुले आपसमा गठबन्धन÷तालमेल गरेर प्रतिस्पर्धा गरे पनि त्यो अनुसारको मतदाता शिक्षाबारे मतदातालाई बुझाउन नसक्दा पनि बदर मतको केही समस्या देखिएको हुन सक्ने स्थानीय मतदाता चेतराज भट्टले बताए । निर्वाचनको मिति नजिकिँदै जाँदा सबै प्रत्याशीले आ आफ्नो पक्षमा मतदातालाई रिझाउन कसरतमा लागेका छन् । रासस

Share158Tweet93SendShare
Previous Post

दाङमा तीन फर्निचर उद्योगमा आगलागी, करोडौंको क्षति भएको अनुमान

Next Post

आज गोवर्द्धन पूजा, गोरु, बलि र हली पूजा गरिँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नगर स्वास्थ्य प्रबद्र्धन केन्द्र र अपाङ्ग बाल अस्पतालको उद्घाटन
मुख्य समाचार

नगर स्वास्थ्य प्रबद्र्धन केन्द्र र अपाङ्ग बाल अस्पतालको उद्घाटन

१०:५९ मध्यान्ह, चैत्र १८, २०७९
डुडुवा खोलाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध
मुख्य समाचार

डुडुवा खोलाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध

१०:५६ मध्यान्ह, चैत्र १३, २०७९
बाजुरामा भूकम्पको धक्का
मुख्य समाचार

बाजुरामा भूकम्पको धक्का

१०:०६ बिहान, चैत्र १३, २०७९
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

आज देशभरको मौसम सफा

१०:०२ बिहान, चैत्र १३, २०७९
कोराेना महामारीमा खटिएका स्वास्थ्यकर्मीको पक्षमा सरकारको निर्णय
मुख्य समाचार

कोराेना महामारीमा खटिएका स्वास्थ्यकर्मीको पक्षमा सरकारको निर्णय

४:२१ मध्यान्ह, चैत्र १२, २०७९
जसपाद्वारा विधानको मस्यौदामाथि सुझाव सङ्कलन तीव्र
मुख्य समाचार

जसपाद्वारा विधानको मस्यौदामाथि सुझाव सङ्कलन तीव्र

४:१७ मध्यान्ह, चैत्र १२, २०७९
निःशुल्क डायलसिसमा भएको लापरवाहीले कोहलपुरमा ३३ जनाको मृत्यु
दुर्घटना

खानेपानी ट्याङ्कीमा भेटियो शव

१:३४ मध्यान्ह, चैत्र १२, २०७९
सेती नदीको दोहन रोक्न संरक्षण अभियान
मुख्य समाचार

सेती नदीको दोहन रोक्न संरक्षण अभियान

१:३१ मध्यान्ह, चैत्र १२, २०७९
Next Post
आज गोवर्द्धन पूजा, गोरु, बलि र हली पूजा गरिँदै

आज गोवर्द्धन पूजा, गोरु, बलि र हली पूजा गरिँदै

काभ्रेको ५५ प्रतिशत खानेपानी दूषित

कर्णालीमा खानेपानीको समस्या

पटक–पटक पदमा पुगेर काम नगर्नेलाई कुन्ती पोखरेलको प्रश्न

पटक–पटक पदमा पुगेर काम नगर्नेलाई कुन्ती पोखरेलको प्रश्न

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Sunny
6:08 am6:36 pm +0545
Feels like: 29°C
Wind: 21km/h W
Humidity: 48%
Pressure: 1006.1mbar
UV index: 7
MonTueWed
32/18°C
33/18°C
34/17°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?