ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

टीकापुरमा पानी वितरणमा समस्या

News Desk by News Desk
३:२० मध्यान्ह, मंसिर २६, २०७९
टीकापुरमा पानी वितरणमा समस्या
400
सेयर
378
VIEWS
ShareTweetSendShare

कैलाली मंसिर २६ गते ।
कैलालीको टीकापुरस्थित साना सहरी खानेपानी उपभोक्ता संस्थाद्वारा वितरण गरिने पानी अनियमित हुँदा उपभोक्ता समस्यामा पर्ने गरेका छन् । खानेपानीको पाइप काटिँदा पानी अवरुद्ध हुने गरेको छ दिनहुँजसो पाइप काटिन थालेपछि पानी वितरण अनियमित हुने गरेको छ ।

नाली र सडक निर्माणका कारण खानेपानीको पाइप काटिने गरेका छन् । बजार क्षेत्रभित्र बन्दै गरेका नालीकै कारण दिनहुँ पाइप काटिने गरेका जनाइएको छ । पानी २४ सैँ घण्टा आउँछ भनेर कतिपय उपभोक्ताले ट्याङ्कीको व्यवस्था गरेका छैनन् । धेरै उपभोक्ताले नल्काको पानी प्रयोग गर्न छाडेका छन् ।

यसरी नल्काको प्रयोग गर्न छाड्नु र ट्याङ्कीको व्यवस्था नगरेका उपभोक्ता पानी अनियमित भएपछि खानेपानी संस्थाप्रति आक्रोशित हुने गरेका छन् । “खानेपानी अनियमित हुँदा उपभोक्तालाई मर्का पर्छ भन्ने बारेमा खानेपानी संस्थाले ध्यान दिनुपर्छ”, स्थानीय माहन्त साउँदले भने, “पाइप काटिँदा अनियमित र फोहर पानी आउने गरेको छ ।” उनले स्वच्छ खानेपानी नियमित वितरण गर्नेबारेमा संस्था जिम्मेवार हुनुपर्छ भने ।

पानी नियमित भएको र पाइप काटिँदा पानी अवरुद्ध हुने गरेको खानेपानी संस्थाले जनाएको छ । “दिनहुँजसो पाइप काटिन्छ, पाइप काटिएपछि काटिएको क्षेत्रमा दुई छाक पानी अवरुद्ध हुन्छ”, खानेपानी संस्थाका प्रमुख चन्द्रप्रकाश सोडारीले भने, “पाइप काटिँदा उपभोक्तालाई समस्या त पर्छ नै संस्थालाई आर्थिक नोक्सान पनि हुने गरेको छ ।”

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

पाइप नकाटियोस् भन्नेबारेमा आफूहरु सचेत भएको भन्दै सोडारीले पाइप जथाभावी गाडेकै कारण निर्माणका काम गर्दा पाइप काटिने गरेको बताए । कार्यालय प्रमुख सोडारीका अनुसार अघिल्ला आर्थिक वर्षमा एक सय ४४ ठाउँमा पाइप काटिएको थियो । “पाइप काटिएको रकमबापत रु १४ लाख क्षतिपूर्ति असुल्न बाँकी रहेको छ”, सोडारीले भने, “९० सेन्टिमिटर गाड्नुपर्ने पाइप ४८ मिटर त कही त्योभन्दा कम गाडिएको पाइयो ।”

संस्थालाई कसरी दिगोपनमा लैजान सकिन्छ भन्ने योजना बनाएर अघि बढिरहेको सोडारीले बताए । “संस्थाको अधिकतम हितका लागि कतिपय अवस्थामा अप्रिय निर्णय पनि लिन जरुरी छ”, सोडारीले भने, “खानेपानीको महसुलमा अनावश्यक टीकाटिप्पणी गरेको पाउँछु राम्रो लाग्दैन ।”

नब्बे सेन्टिमिटरमा पाइप गाड्नुपर्ने मापदण्ड भए पनि निर्माण कम्पनीले अधिकांश ठाउँमा मापदण्डअनुसार काम नगरेकै कारण पाइप काटिन थालेको हो । “निर्माण कम्पनीले पाइप गाड्दा मापदण्डअनुसार काम नगर्नु भनेको भ्रष्टाचार हो”, खानेपानी संस्थाका सदस्य खड्गबहादुर धामीले भने, “खाल्डो खन्ने रकम निर्माण कम्पनीले बचाएको प्रष्ट हुन्छ । अर्कोतर्फ पाइप जथाभावी गाडेको रहेछ ।” निर्माण कम्पनीले काम गर्दा धेरै अनियमितता गरेको देखिन्छ भन्दै धामीले बिग्रेको काम सुधार्नमै हामी लागेका छौँ भने ।

ADVERTISEMENT

अहिलेसम्म दुई सय ५९ किलोमिटर पाइप बिछ्याइएको छ । लागत अनुमानमा एक सय ९६ किलोमिटर पाइप जोड्ने योजना भए पनि ६२ किलोमिटर थप पाइप विस्तार गरिएको छ । आठ हजार चार सय १३ धारा जडान गर्ने लक्ष्यअनुसार संस्थाले सात हजार छ सय धारा जडान गरेको छ । सन् २०३८ सम्ममा यो योजनाबाट २० हजार घरधुरीलाई पानी वितरण गर्न सकिने छ ।

संस्थाले वार्षिक रु एक करोड २१ लाख सावाँ ब्याज गरेर ऋण तिर्दै आएको छ । पुस र असार मसान्त गरी वर्षको दुई पटक किस्ता बुझाउनुपर्छ । संस्थाले रु १४ करोड २६ लाख ऋण भुक्तानी गर्न बाँकी छ । अहिलेको आम्दानीले सञ्चालन खर्च पुगेको भए पनि भविष्यमा आइपर्ने समस्या थेग्न सक्ने अवस्था नभएको संस्थाका अध्यक्ष नरेशकुमार खत्रीले बताए ।

“पम्प, क्यानल, भल्ब र मेसिन पुराना हुँदै जाने त्यसका लागि मर्मत खर्च आवश्यक पर्छ भने कतिपय सामान अर्को बदल्नुपर्छ त्यसका लागि पनि थप रकम आवश्यक पर्छ”, अध्यक्ष खत्रीले भने, “शुल्कका बारेमा अनर्गल प्रचार हुन्छ, खर्च धान्ने भनेकै शुल्कबाट हो, अरु आयस्रोत केही हुँदैन ।” उनले संस्थाको दिगोपनका बारेमा उपभोक्ता पनि सचेत हुनुपर्छ भन्नुभयो । खत्रीले निर्माणका क्रममा पाइप धेरै टुटफुट भइरहेका छन् जुन चिन्ताको विषय हो भने ।

खानेपानी विभागले अटोमेटिक भल्ब सिस्टमका लागि उपकरण अनुदान दिने भएको छ । उपकरण खरिदका लागि बोलपत्र आह्वानसमेत भइसकेको छ । टीकापुरका चारवटै ट्याङ्कीमा फिल्टर जडान गरिएको छ । फिल्टरले छानेर पानी वितरण गर्दा पनि कतिपय अवस्थामा उपभोक्ताले लेदो पानी आयो भनेर गुनासो गर्ने गरेका छन् त्यसको कारण एउटै पाइप काटिनु हो ।

यसरी पाइप काटिनबाट जोगाउनलाई खानेपानी संस्थाले प्रत्येक ब्लकमै उपसमिति गठन गरेर चेतना जगाउने काम गर्न थालेको छ । रु ५३ करोड लागतमा निर्माण भएको खानेपानी योजनालाई स्तरोन्नतिका लागि भनेर थप रु तीन करोड बजेट उपलब्ध गराइएको थियो । रासस

Share173Tweet95SendShare
Previous Post

नेपालगञ्ज क्षेत्रमा सन् २०५० सम्मको माग धान्ने विद्युत प्रणाली बनाउँदै प्राधिकरण

Next Post

ठेकेदार सम्पर्कविहीन, लोकमार्गको काम अलपत्र

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
Next Post
ठेकेदार सम्पर्कविहीन, लोकमार्गको काम अलपत्र

ठेकेदार सम्पर्कविहीन, लोकमार्गको काम अलपत्र

धादिङको मूलपानीमा वृद्ध दम्पती मृत भेटिए

धादिङको मूलपानीमा वृद्ध दम्पती मृत भेटिए

विश्वकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दै

विश्वकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?