ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

मन्त्रिपरिषद् : गण्डकीमा पूर्णता, बाग्मती र कर्णालीमा आज विस्तारको तयारी, अन्यमा अलमल

News Desk by News Desk
१०:३३ बिहान, माघ ११, २०७९
मन्त्रिपरिषद् : गण्डकीमा पूर्णता, बाग्मती र कर्णालीमा आज विस्तारको तयारी, अन्यमा अलमल
390
सेयर
389
VIEWS
ShareTweetSendShare

काठमाडौं माघ ११ गते ।
सरकार गठनको दुई हप्ता बिते पनि ६ वटा प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सत्ता साझेदार दलहरुबीचको भागबण्डाका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

७ प्रदेशमध्ये गण्डकी प्रदेशमा मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । अरु कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, बाग्मती, मधेस प्रदेश र प्रदेश एकमा बाँकी छ ।गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले हिजो तीन मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार तथा यसअघि नियुक्त मन्त्रीको कार्यविभाजन गर्नुभएको हो ।

गण्डकीमा यसअघि १२ मन्त्रालय रहेकोमा मन्त्रालय सङ्ख्या घटाएर ७ वटामा झारिएको छ । मुख्यमन्त्री अधिकारीले मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन तोक्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गर्नुभएको थियो । अधिकारी गएको पुस २५ गते गण्डकीको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

बाग्मती प्रदेश सरकारलाई आज पूर्णता दिने तयारी छ । आज ८ जना मन्त्री नियुक्त हुनेछन् । हिजो बेलुका बसेको मन्त्रिपरिषद् बैठकले सरकारलाई पूर्णता दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो । बाग्मती प्रदेशमा ११ वटा मन्त्रालय कायम गर्ने निर्णयसमेत भएको छ । यसअघि १४ वटा मन्त्रालय थिए । मन्त्री थपलियाका अनुसार बाग्मतीमा नेकपा एमालेले ५, माओवादीले ४ र राप्रपाले २ वटा मन्त्रालय लिने सहमति भएको छ ।कर्णाली प्रदेशमा सत्तारुढ दलबीच मन्त्रालय भागबण्डामा सहमति भएको छ ।

सम्बन्धित समाचार

नेपालगन्जमा एकजना युवती मृत फेला, हत्या आशंका

इ-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरको ‘सचेतीकरण अभियान’

आज बुद्ध जयन्ती, शान्तिको कामनासहित विभिन्न कार्यक्रम आयोजना गरिँदै

मन्त्रालयको भागबण्डा लागे पनि मन्त्री नियुक्त भएका छैन । कर्णालीमा पनि आज बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ ।मुख्यमन्त्री पाएको १५ दिन भैसक्दा पनि लुम्बिनीमा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैनन् । मुख्यमन्त्रीमा लीला गिरी पुस २७ मा नियुक्त हुनुभएको थियो । उहाँले पुस २८ मा एमालेका चेतनारायण आचार्य र माओवादीका कृष्णा केसीलाई समावेश गरी मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । लुम्बिनीमा १३ मन्त्रालय छन् ।

त्यहाँ मन्त्रालयको सङ्ख्या १० मा झार्ने तयारी छ ।मधेस प्रदेशमा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीन जना विनाविभागीय मन्त्रीहरूलाई हिजो मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ । नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी नेपालका सञ्जय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका वसन्त कुशवाहालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री यादवले बाँकी ७ मन्त्रालय आफैँसँग राख्नुभएको छ ।

मधेस प्रदेशमा १० मन्त्रालय छन् । प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति छ । मुख्यमन्त्री यादवले पर्सि शुक्रवारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । मुख्यमन्त्री यादवका अनुसार प्रदेश प्रमुख हरिशङ्कर मिश्र काठमाण्डौमा रहेकाले शुक्रवारसम्म पर्खिनुपरेको र उहाँ फर्केपछि मन्त्रिपरिषद् विस्तार हुनेछ । जसपा मधेस प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवले गएको माघ ३ गते विश्वासको मत लिनुभएको थियो ।अरु प्रदेशको तुलनामा मधेस प्रदेश र सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार बढी पेचिलो बनेको छ ।

ADVERTISEMENT

सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले गएको पुस २८ मा दुई मन्त्रीसहित मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । नागरिक उन्मुक्ति पार्टीले आफूले राखेका माग सम्बोधन गर्नुपर्ने अडान यथावत् राखेका कारण त्यहाँ मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सुदूरपश्चिम सरकारले यसअघि पनि मन्त्रालय बढाएको थिएन । तर, त्यहाँ यसपटक राज्यमन्त्री नराख्ने सहमति भएको छ ।त्यस्तै, प्रदेश एकमा पनि मन्त्रिपरिषद्को पूर्णता अन्योलमा परेको छ ।

सबैभन्दा पहिला मुख्यमन्त्रीमा नियुक्त हिक्मत कुमार कार्कीले साझा कार्यक्रमपछि मात्र पूर्णता दिने तयारी गर्नुभएको छ । प्रदेश एकले मन्त्रालयको सङ्ख्या १३ बाट घटाएर ९ वटामा झारेको छ । मुख्यमन्त्रीसहित ७ जना मन्त्री नियुक्त भएका छन् । दुई मन्त्रीको टुङ्गो लागेको छैन ।

Share157Tweet97SendShare
Previous Post

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा र हिमपात

Next Post

मणिवाला सर्प भन्दै दाङमा सुन तथा नगद ठगी : एक जना पक्राउ, दुई जनाको खोजी चल्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कारको ठक्करबाट जानकीमा युवतीको मृत्यु
मुख्य समाचार

नेपालगन्जमा एकजना युवती मृत फेला, हत्या आशंका

१२:५१ मध्यान्ह, बैशाख २९, २०८०
इ-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरको ‘सचेतीकरण अभियान’
मुख्य समाचार

इ-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरको ‘सचेतीकरण अभियान’

४:४० मध्यान्ह, बैशाख २४, २०८०
आज बुद्ध जयन्ती, शान्तिको कामनासहित विभिन्न कार्यक्रम आयोजना गरिँदै
समाचार

आज बुद्ध जयन्ती, शान्तिको कामनासहित विभिन्न कार्यक्रम आयोजना गरिँदै

१०:२३ बिहान, बैशाख २२, २०८०
सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता : प्रधानमन्त्री
मुख्य समाचार

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता : प्रधानमन्त्री

१०:२० बिहान, बैशाख २२, २०८०
कोहलपुरमा यही आर्थिक वर्षमा बन्दैछन् १४ वटा विद्यालयका भवनहरु
मुख्य समाचार

कोहलपुरमा यही आर्थिक वर्षमा बन्दैछन् १४ वटा विद्यालयका भवनहरु

१०:१६ बिहान, बैशाख २२, २०८०
रास्वपा सरकारमा नजाने, समर्थन फिर्ता हुने
मुख्य समाचार

रास्वपा सरकारमा नजाने, समर्थन फिर्ता हुने

१०:१२ बिहान, बैशाख २२, २०८०
संसदमा दुई सचिव नियुक्त
मुख्य समाचार

संसदमा दुई सचिव नियुक्त

१०:१० बिहान, बैशाख २२, २०८०
८ बोरा गाँजासहित धरानबाट दुई जना पक्राउ
अपराध

८ बोरा गाँजासहित धरानबाट दुई जना पक्राउ

२:४७ मध्यान्ह, बैशाख २१, २०८०
Next Post
मोटरसाइकल चोर पक्राउ

मणिवाला सर्प भन्दै दाङमा सुन तथा नगद ठगी : एक जना पक्राउ, दुई जनाको खोजी चल्दै

साँझबाट मौसममा क्रमिक सुधार हुने

साँझबाट मौसममा क्रमिक सुधार हुने

चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
36°
Sunny
5:21 am7:14 pm +0545
Feels like: 38°C
Wind: 11km/h W
Humidity: 32%
Pressure: 1000.34mbar
UV index: 8
SatSunMon
42/28°C
43/28°C
43/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?