ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

दगाममा उत्पादित मह विदेश निर्यात

News Desk by News Desk
१०:२५ बिहान, बैशाख १८, २०८०
दगाममा उत्पादित मह विदेश निर्यात
373
सेयर
372
VIEWS
ShareTweetSendShare

तनहुँ वैशाख १८ गते ।
तनहुँको शुक्लागण्डकी नगरपालिका १ र २ दगाममा उत्पादित मह विदेश निर्यात हुन थालेको छ । यहाँ उत्पादित महको माग विदेशमा हुन थालेपछि कृषक उत्साहित बनेका छन् । प्राकृतिक मौरीपालन समूहमा आबद्ध कृषकले उत्पादित गरेको मह मलेसिया, बेल्जियम र हल्याण्ड निर्यात गर्न थालिएको समूहका सचिव नन्दु थापामगरले जानकारी दिए ।

उनका अनुसार ती देशमा बढीमा तीन हजार किलोसम्म मह बिक्री हुँदै आएको छ । विदेशमा प्रतिकिलो रु दुई हजार पाँच सयमा मह बिक्री हुने गरेको उनको भनाइ छ । “पछिल्लो केही समय यता वातावरणमा आएको प्रदूषणका कारण मह उत्पादनमा पनि कमी आएको छ, तर धेरै बिक्री भएको बेला तीन हजार किलोसम्म बिक्री भइराखेको छ”, उनले भने, “यहाँ उत्पादित महको माग विदेशमा राम्रो छ ।” विदेशमा मह बिक्री हुन थालेपछि कृषक उत्साहित भएको उनको भनाइ छ ।

समूहमा ४१ घरधुरीका कृषक आबद्ध छन् । सबै घरधुरीले मौरीपालन गरिरहेका छन् । थोरैमा दुई घार र बढीमा ५५ घारसम्म मौरीपालन गरिएको छ । “यहाँका कृषकको आम्दानीको मुख्य स्रोत नै मौरीपालन हो, हरेक घरमा मौरीका घार छन्”, उनले भने, “मौरीपालनबाट कृषक सन्तुष्ट छन् ।”

यहाँका कृषकले सिजनमा प्रतिमौरीघार १५ किलोसम्म मह बिक्री गर्दै आएका छन् । मह उत्पादनका तीन सिजन उपयुक्त मानिन्छ । “बढीमा प्रति घार ३० किलोसम्म पनि बिक्री हुँदै आएको छ”, उनले भने । कृषक समूहमा उत्पादित मह आफूहरुले सङ्कलन गरेर काठमाडौंका व्यापारीमार्फत विदेश पठाउने गरेको थापा बताउछन् । नेपालमा भने प्रतिकिलो रु एक हजार पाँच सयमा मह बिक्री हुँदै आएको छ । उनका अनुसार यहाँ उत्पादित मह स्वदेशमै बिक्री वितरण गर्नुपर्छ भन्ने माग पनि आउन थालेको छ ।

सम्बन्धित समाचार

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

परिचयपत्र अनिवार्यपछि मात्र प्रवेश : मालपोत कार्यालय बाँकेको नयाँ व्यवस्था लागू

दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा

दगाममा सिँचाइको अभाव भएकाले यस क्षेत्रका कृषकको आकर्षण मौरीपालनमा बढेको छ । एक हजारदेखि एक हजार तीन सय ३४ मिटर उचाइमा अवस्थित यस ठाउँमा सिँचाइ अभाव भएपछि तरकारी खेतीभन्दा मौरीपालनतर्फ कृषकको आकर्षण बढेको उनको भनाइ छ । उनले भने, “चारैतिर खुलेको डाँडा र जङ्गल भएका कारणले मौरीलाई तापक्रम पुग्ने र बिहानै घाम आउने भएका कारण यहाँ मौरी फस्टाएको छ”, तर पछिल्लो समय वनमा लाग्ने डढेलो र प्रदूषणका कारण मह उत्पादनमा कमी आउन थालेको कृषकको गुनासो छ ।

“मह उत्पादनका लागि सफा र स्वच्छ वातावरण चाहिन्छ, तर केही समययता डढेलोको प्रकोप बढेका कारण मह उत्पादनमा कमी आउने भएपछि कृषक चिन्तित छन्”, समूहका अध्यक्ष कमला थापाले भने । उनका अनुसार वातावरणमा भर पर्नुपर्दा कहिलेकाँही मागअनुसारको मह उत्पादन गर्न गाह्रो भइरहेको छ ।

कृषि ज्ञान केन्द्र तनहुँले शुक्लागण्डकी नगरपालिका–१ र २ लाई मौरीपालनको ब्लकको रुपमा विकास गरेको छ । कृषकलाई समूहमा आबद्ध गरी ज्ञान केन्द्रले सीपसँगै मौरी, घार वितरण गर्दै आएको छ । एक हजार एक सय ३४ मिटर उचाइमा अवस्थित दगाममा मौरीपालनको उच्च सम्भावना भएको र यहाँ उत्पादित मह युरोप निर्यात हुन थालेपछि यहाँका कृषक मौरीपालनतर्फ आकर्षित भएको युवा कृषक सुरज वाग्लेले बताए । शुक्लागण्डकी नगरपालिका १ र २ मा मौरीपालन कृषकको सङ्ख्या दुई सय २० छन् । सबै कृषकले मौरी पालेर मह उत्पादन गर्दै आएका छन् । रासस

ADVERTISEMENT
Share150Tweet93SendShare
Previous Post

मजदुरका हकहित संवर्द्धनमा कांग्रेस सदैव लागिरहने छ : सभापति देउवा

Next Post

जमुनाह नाका दुई दिन बन्द हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन
कृषि

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

६:३६ बिहान, चैत्र २१, २०८२
परिचयपत्र अनिवार्यपछि मात्र प्रवेश : मालपोत कार्यालय बाँकेको नयाँ व्यवस्था लागू
मुख्य समाचार

परिचयपत्र अनिवार्यपछि मात्र प्रवेश : मालपोत कार्यालय बाँकेको नयाँ व्यवस्था लागू

१२:२५ बिहान, चैत्र २१, २०८२
दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा
कृषि

दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा

१२:१५ बिहान, चैत्र २१, २०८२
नेपालगन्जमा बिचौलिया विरुद्ध प्रहरीको कडाइ, ९ जना पक्राउ
अपराध

नेपालगन्जमा बिचौलिया विरुद्ध प्रहरीको कडाइ, ९ जना पक्राउ

८:४३ बिहान, चैत्र २०, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु
दुर्घटना

हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

७:०९ बिहान, चैत्र २०, २०८२
बाँकेमा एसइईको तयारी सुरु, १० हजार विद्यार्थी सहभागि हुँदै
मुख्य समाचार

बाँकेमा एसइई उत्तरपुस्तिका जाँच कार्य सुरु

४:११ बिहान, चैत्र २०, २०८२
Auto Draft
अपराध

नेपालगन्ज बसपार्कमा यात्रु लुट्ने प्रयास गर्ने चार जना हतियारसहित पक्राउ

१२:५२ बिहान, चैत्र २०, २०८२
Next Post
ब्राउन सुगरसहित जमुनाहबाट चार जना पक्राउ

जमुनाह नाका दुई दिन बन्द हुने

सीमा क्षेत्रमा सशस्त्रको २१ बिओपी थप

सीमा क्षेत्रमा सशस्त्रको २१ बिओपी थप

बाघको निगरानी गर्न स्वचालित क्यामेरा जडान

बाघको निगरानी गर्न स्वचालित क्यामेरा जडान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?