ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा

News Desk by News Desk
१२:१५ बिहान, चैत्र २१, २०८२
दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा
380
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके चैत २१ गते।
बाँकेको डुडुवा गाउँपालिका–३ अन्तर्गत पर्ने हल्कारापुर्वामा बिहानको सुरुवात अरू गाउँभन्दा फरक ढंगले हुन्छ। घाम नउदाउँदै गाउँ निद्रामै भए पनि गोठहरू भने ब्युँझिसकेका हुन्छन्। भैँसीको घण्टीको आवाज, दूध दुहिने गाग्रीको टनटनाहट र खेततर्फ लाग्ने किसानका पाइला—यिनै आवाजले गाउँको दैनिकी सुरु हुन्छ।

केवल ३४ घरपरिवार रहेको यस यादव बस्तीमा हाल ६ सयभन्दा बढी भैँसी पालिएका छन्। यहाँ भैँसी नपाल्ने घर भेटिनु दुर्लभजस्तै छ। यही कारण स्थानीयले हल्कारापुर्वालाई “दूध उत्पादनको गाउँ” भनेर चिनाउन थालेका छन्। गाउँबाट दैनिक करिब ६ सय लिटर दूध बजार पुग्ने गरेको छ, जसले भैँसीपालनलाई मुख्य आयस्रोतका रूपमा स्थापित गरेको छ।

हल्कारापुर्वाका रामसोहन यादवको दैनिकी बिहान ३ बजेदेखि नै सुरु हुन्छ। ६ दशक पार गरिसकेका उनले पुस्तौँदेखि चल्दै आएको पेशालाई निरन्तरता दिँदै अहिले पनि ठूलो संख्यामा भैँसी पालिरहेका छन्। उनीसँग पाडापाडीसहित १५० भैँसी छन्, जसमध्ये ५२ वटा दुहुना छन्। उनको घरबाट मात्रै दैनिक ३०० लिटर दूध कम्दीस्थित मिलनचोक बजार पुग्ने गरेको छ। यति ठूलो व्यवस्थापनमा परिवारका सबै सदस्य सक्रिय रूपमा खटिएका छन्।

गाउँका युवाहरू पनि भैँसीपालनप्रति आकर्षित छन्। ३१ वर्षीय विष्णुप्रसाद यादवसँग १९ वटा मुर्रा भैँसी छन्। उनका अनुसार भैँसीपालनबाट हुने आम्दानी जागिरभन्दा बढी छ। “जागिर गर्दा अर्काको आदेश मान्नुपर्छ, यहाँ आफ्नै काम हो,” उनले बताए।

सम्बन्धित समाचार

सवारी साधन मोडिफाई गर्नेलाई कारवाही गर्दै बाँके ट्राफिक, झिकियो एक हजार १७४ फोकस लाइट

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

त्यस्तै, रामफेरन यादवले तीन दर्जनभन्दा बढी भैँसी पाल्दै आएका छन्। सानैदेखि सिकेको पेशा भएकाले उनलाई यही काम सहज र भरपर्दो लाग्छ। उनले डेढ लाख रुपैयाँमा मुर्रा भैँसी खरिद गरेको बताउँदै दूध उत्पादन बढी हुने भएकाले लगानी छिट्टै उठ्ने बताए। उनको घरबाट मात्रै दैनिक ५० लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ।

गाउँमा स्थानीय जातभन्दा मुर्रा भैँसीप्रति आकर्षण बढ्दो छ। बढी दूध दिने भएकाले किसानहरू क्रमशः उन्नत जाततर्फ सर्दै गएका छन्।

चरिचरनको दृष्टिले पनि हल्कारापुर्वा अनुकूल मानिन्छ। हिउँद र बर्खामा किसानहरूले गोठलाई गाउँबाट करिब १० किलोमिटर टाढा खजुरागौडी जंगल क्षेत्रमा सार्ने गर्छन्। नजिकै बग्ने डुडुवा खोलाले पानीको अभाव हुन दिँदैन र भैँसीलाई आहाल बस्न समेत सहज बनाएको छ।

ADVERTISEMENT

यति ठूलो परिमाणमा दूध उत्पादन हुने गाउँ भए पनि किसानहरू सरकारी सेवा–सुविधाबाट भने अझै टाढा छन्। स्थानीय दिनेशप्रसाद यादवका अनुसार किसानका लागि भनिने अनुदान गाउँसम्म पुग्न सकेको छैन। फार्म दर्ता, पान नम्बर र लेखापरीक्षणजस्ता प्रक्रियाले किसानलाई झन् अप्ठ्यारो बनाएको उनको गुनासो छ। “हामी दिनभर भैँसी चराउने मान्छे, यी कागजात मिलाउने समय र पहुँच कहाँ हुन्छ?” उनले भने।

देशमा सरकार फेरिए पनि हल्कारापुर्वाका किसानको जीवनमा उल्लेख्य परिवर्तन आउन सकेको छैन। पुस्तौँदेखि भैँसीपालन गरेर जीविकोपार्जन गर्दै आएका उनीहरू अझै पनि प्रभावकारी सरकारी सहयोग र नीतिगत सुधारको प्रतीक्षामा छन्।

हल्कारापुर्वाको कथा केवल एउटा गाउँको कथा होइन, यो मिहिनेत, परम्परा र आत्मनिर्भरताको जीवन्त उदाहरण हो—जहाँ भैँसीको घण्टीसँगै गाउँको अर्थतन्त्र चलिरहेको छ, तर राज्यको पहुँच अझै अपुग छ।

Share152Tweet95SendShare
Previous Post

नेपालगन्जमा बिचौलिया विरुद्ध प्रहरीको कडाइ, ९ जना पक्राउ

Next Post

परिचयपत्र अनिवार्यपछि मात्र प्रवेश : मालपोत कार्यालय बाँकेको नयाँ व्यवस्था लागू

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सवारी साधन मोडिफाई गर्नेलाई कारवाही गर्दै बाँके ट्राफिक, झिकियो एक हजार १७४ फोकस लाइट
मुख्य समाचार

सवारी साधन मोडिफाई गर्नेलाई कारवाही गर्दै बाँके ट्राफिक, झिकियो एक हजार १७४ फोकस लाइट

१०:५० बिहान, चैत्र २९, २०८२
नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै
खेल

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

१:१३ बिहान, चैत्र २९, २०८२
डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा
अपराध

नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा

५:४६ बिहान, चैत्र २८, २०८२
नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ
अपराध

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

२:०४ बिहान, चैत्र २७, २०८२
लिलामबाट ४२ लाख बढी राजस्व संकलन
मुख्य समाचार

लिलामबाट ४२ लाख बढी राजस्व संकलन

१:५५ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह
मुख्य समाचार

डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह

१:५६ बिहान, चैत्र २६, २०८२
Next Post
परिचयपत्र अनिवार्यपछि मात्र प्रवेश : मालपोत कार्यालय बाँकेको नयाँ व्यवस्था लागू

परिचयपत्र अनिवार्यपछि मात्र प्रवेश : मालपोत कार्यालय बाँकेको नयाँ व्यवस्था लागू

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

बाँकेमा सशस्त्र प्रहरी नं. ३० गणको १९औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

बाँकेमा सशस्त्र प्रहरी नं. ३० गणको १९औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?