ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

पर्यटक आकर्षणको केन्द्र बन्यो ‘रिग क्षेत्र’

News Desk by News Desk
१०:३२ बिहान, भदौ २३, २०८०
पर्यटक आकर्षणको केन्द्र बन्यो ‘रिग क्षेत्र’
371
सेयर
370
VIEWS
ShareTweetSendShare

ढोरपाटन भदौ २३ गते ।
तल घना जङ्गल । शिरमा नाङ्गा हरियाली पहाड । नजिकै राष्ट्रिय लोकमार्ग । बागलुङको रिग ताल क्षेत्र यो सिजन निकै मनमोहक देखिन्छ । निसीखोला गाउँपालिका–६ मा पनि रिग क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण गन्तव्य बन्दै गएको छ । एक दशक अगाडिसम्म गुमानाम रिग क्षेत्र अहिले एकाएक चर्चामा छ ।

पातीहाल्नेभन्दा केही माथिल्तिर रिग ताल पनि छ । तालमा फोटो, भिडियो खिच्ने र त्यस वरपरको दृृश्यावलोकन गर्नेको पछिल्लो समय भिड नै लाग्ने छ । पातीहाल्ने मध्यपहाडी लोकमार्गमै पर्छ । जुन बागलुङ, रोल्पा र पूर्वीरुकुम जिल्लाको सङ्गमस्थल पनि हो ।

केही वर्ष अगाडिसम्म गुमनाम रहेको रिग अहिले निकै चर्चामा छ । मध्यपहाडी लोकमार्गले गर्दा पातीहाल्ने चर्चामा आयो पातीहाल्ने पुग्ने पर्यटक रिगतालमा सहजै पुग्ने हुँदा अहिले चहलपहल बढी नै छ । केही वर्ष अगाडिसम्म सुनसान थियो यो क्षेत्र । वर्षात्को समयमा गोठालेले भेडाबाख्रा र बस्तुभाउ चरनका रुपमा प्रयोग गर्थे । हिउँदको समयमा हिउँले ढाकिने यस क्षेत्र सुनासन हुन्थ्यो । तर अहिले बाह्रै महिना यहाँ आन्तरिक पर्यटकको चहलपहल हुने गरेको छ । वर्षात्को समयमा होस या हिउँदको, दुवै समयमा यहाँ विभिन्न स्थानबाट आन्तरिक पर्यटक घुम्न आउने गर्छन् ।

उच्च पहाडी हावापानी, शान्त वातावरण र यहाँबाट देखिने मनमोहक दृश्यले धेरैलाई तान्ने गरेको छ । निसीखोलाको शिर मानिने पातिहाल्ने लोकमार्ग कालोपत्र भएपछि बढी चर्चामा आएको हो । त्यसभन्दा अगाडि यसको त्यति चर्चा थिएन । यहाँ हिउँदमा बजार क्षेत्रबाट थकान मार्न र गर्मी छल्न त्यहाँ पुग्छन् भने हिउँदमा हिउँ खेल्न जाने गर्छन् । रिग क्षेत्रमा हरेक दिन मान्छेको आवतजावत बाक्लिँदै गएको स्थानीय पुनराम घर्तीमगरले बताउँछन् । पछिल्लो समय वर्षा हुँदा पनि पर्यटक गाडी लिएर घुम्न आउने गरेको घर्तीमगरको भनाइ छ ।

सम्बन्धित समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

सरकारी निकायले अब चेक काट्न नपाउने

कर्णाली सरकारको ११ अर्ब फ्रिज

‘रिग तालमा भेडा गोठालाले पानी भररे खान्थ्यौँ, आजभन्दा १५÷२० वर्ष अगाडि यो ठाउँ निकै सुनसान थियो, करिब तीन महिना भेडा, बाख्रा र गाईभैँसी हुन्थे, त्यसपछि खाली हुन्थ्यो, अलिहे हिउँ पर्दा पनि मान्छे आउँछन्, बर्खा लाग्दा पनि आउँछन्’, घर्तीमगरले भने, ‘ठाउँ राम्रो छ, सडक पनि सजिलो भएकाले होला रुकुम, रोल्पा र बागलुङका धेरै ठाउँबाट मान्छे दिनदिनै आउने गरेका छन्, अहिले त धेरै सडकले धेरै सजिलो बनायो ।’

पातीहाल्नेमा होटल तथा बास बस्ने व्यवस्था भएपछि रातिमा पनि पर्यटक रिगतालसँग रम्न पुग्ने गरेका छन् । पातिहाल्नेसँग जोडिएको रिगतालमा आन्तरिक पर्यटकको चहलपहल बढेपछि यस वरपरको क्षेत्र सामाजिक सञ्जालमा भाइरल नै हुने गरेका छन् । रिग ताल तीन हजार २०० सय मिटर उचाइमा रहेको छ भने त्यसभन्दा माथिल्लो क्षेत्र करिब चार हजार मिटरको उचाइमा छन् । रिग तालसम्म पुग्ने सडक निर्माणसमेत भएको छ । सडकले तालसम्म पुग्नका लागि पर्यटकलाई सजिलो बनाइदिएको छ । सिमानाबाट गाडीमा पाँच मिनेट र पैदल १५ मिनेटमा रिग ताल पुग्न सकिन्छ । अहिले यहाँ बिदाको दिन बढी आन्तरिक पर्यटक पुग्ने घर्तीमगरको भनाइ छ ।

रुकुमपूर्वको सदुमुकाम रुकुमकोटबाट घुम्न आउनुभएका मिनबहादुर ओलीले पछिल्लो समय यो क्षेत्र निकै चर्चित बन्दै गएको बताए ।

ADVERTISEMENT

कुमकोटबाट करिब दुई घण्टामै रिग आउन सकिने हुँदा आफू धेरै पटक यहाँ आउने गरेको ओलीको भनाइ छ । शान्त वातावरण र स्वच्छ हावापानी रहेको हुँदा ध्यान र योगा गर्नका लागि यो ठाउँ निकै उपयोगी रहेको उनी बताउँछन् ।

लोकमार्गले तीन जिल्लालाई जोडपछि पातीहाल्ने र रिग ताल क्षेत्र धेरैको रोजाइमा परेको ओली बताउँछन् ।

‘रिग तालको छेउछाउको क्षेत्र मनोरोगीका लागि प्राकृतिक उपचार केन्द्र जस्तो छ, यहाँ आउने भने धेरै मान्छेले आफ्नो मनका पिर व्यथा बिर्सिन्छ, हप्ताभरि काम गर्दा बोहोर लागेको हुन्छ, त्यही भएर एक हप्ता, दुई हप्तापछि यहाँ आउने गरेको छु’, उनले भने, ‘बिदाको दिन त धेरै भिडभाड हुँदो रैछ, म हिँउ पर्दा पनि आएको छु निकै रमाइलो देखिँदो रैछ, बर्खामा पनि आएको छु, बर्खाले खास्सै समस्या बनाउँदो रैनछ ।’

रिग क्षेत्र निसीखोलाको शिरमा पर्छ । यहाँ विशेष गरी दुई सिजनमा आन्तरिक पर्यटकको अत्यधिक भिडभाड हुन्छ । रिगतालको नाम मगर खाम भाषाबाट बनेको हो । ‘रि’ को अर्थ पानी र ‘ग’ को अर्थ गहिरो अर्था्त एकै ठाउँ जमेको भन्ने बुझाउँछ । यस तालबाट बागलुङ जिल्लाको विभिन्न स्थान, रोल्पा, रुकुम, गुल्मी, प्यूठान, अर्घाखाँची, पर्वतलगायतका ठाउँको देख्न सकिन्छ भने माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिलगायतका दर्जनौं हिमशृङ्खला र उच्च पहाडी क्षेत्रको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले पातीहाल्नेदेखि रिग तालसम्म सडक निर्माण गरे पनि सीमा विवादका कारण यस क्षेत्रमा अन्य पूर्वाधार निर्माण गर्न नसकिएको बताए ।

करिब छ वर्ष अगाडि पूर्वी रुकुमको भूमे गाउँपालिकाले बागलुङको क्षेत्रमा आएर प्रवेशद्वार निर्माण गरेपछि विवाद भएको अहिलेसम्म विवाद टुङ्गिन नसक्दा पर्यटन पूर्वाधार निर्माण गर्न नसकेको उनको भनाइ छ ।

गाउँपालिकाले हरेक वर्ष यसका लागि बजेट विनियोजन गरे पनि काम गर्न नसकिएको अध्यक्ष घर्तीमगरले बताए । अहिले यस क्षेत्रमा पर्यटकको आकर्षण बढ्दै गएको उनी बताउँछन् । रासस

Share149Tweet93SendShare
Previous Post

ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र सडक निर्माण सुरु

Next Post

चामलको मूल्य १५ वर्षयताकै उच्च विन्दुमा : एफएओ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार
समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

८:१५ बिहान, असार ३०, २०८२
सरकारी निकायले अब चेक काट्न नपाउने
समाचार

सरकारी निकायले अब चेक काट्न नपाउने

८:३७ बिहान, असार २९, २०८२
आज बजेट सार्बजनिक हुनेः सरकारी कर्मचारीको तलब बढने
समाचार

कर्णाली सरकारको ११ अर्ब फ्रिज

१:३६ बिहान, असार २८, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

१:३२ बिहान, असार २८, २०८२
कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
दशैंमा खसीबोका बिक्री भएनन्, किसान चिन्तित
समाचार

त्रिवेणीबाट तीन करोड २६ लाखको खसी बिक्री

१:२३ बिहान, असार २७, २०८२
Next Post
जुम्लामा चामल अभाव

चामलको मूल्य १५ वर्षयताकै उच्च विन्दुमा : एफएओ

प्रहरीमाथि आक्रमण गरेर लुटियो हतियार र गोली

प्रहरीमाथि आक्रमण गरेर लुटियो हतियार र गोली

नाका अस्तव्यस्त, नागरिकलाई सास्ती, सशस्त्र र तस्कर मालामाल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Cloudy
5:30 am7:18 pm +0545
Feels like: 35°C
Wind: 8km/h E
Humidity: 88%
Pressure: 1001.02mbar
UV index: 0
WedThuFri
32/27°C
32/27°C
35/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?