ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

धर्मको नाममा समाजमा उदण्ड मच्चाउनेहरु सजायको भागिदार हुन् : पूर्वमन्त्री इस्तियाक राई

News Desk by News Desk
४:५५ मध्यान्ह, अशोज १८, २०८०
धर्मको नाममा समाजमा उदण्ड मच्चाउनेहरु सजायको भागिदार हुन् : पूर्वमन्त्री इस्तियाक राई
1.4k
सेयर
1.4k
VIEWS
ShareTweetSendShare

बाँके असोज १८ गते ।
समाजमा उदण्ड मचाउनेलाई कानुन बमोजिम कारवाही गर्नुपर्ने पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले बताएका छन् । उनले सामाजिक एवम् धार्मिक सद्भावमाथि खलल पुर्याउनेको पहिचान गरि कारवाहीको दायरामा ल्याउन प्रशासनसँग माग गरेका छन् ।

एउटा फेसबुक स्टाटसले गर्दा आक्रोश उत्पन्न हुँदा कारवाही नहुँदा सामाजिक सद्भाव खलबलिएको बताउँदै उनले कारवाही गर्न खोज्दा नभेटिएको बताए । ‘मेरो जानकारी अनुसार कारवाही गर्न खोजिएकै हो, तर, स्टाटस लेख्ने ब्यक्ति फेला परेनन्,’ पूर्वमन्त्री राईले भने, ‘फेसबुक स्टाटसलाई लिएर हाम्रै पार्टीको जनप्रतिनिधिबाट उदण्डता देखाइयो । त्यो उदण्डताको जति निन्दा गरेपनि कमै हुन्छ ।

उदण्डता देखाउनेलाई कानुन बमोजिम कारवाही हुनुपर्छ ।’
उनले गाई इस्यु र केटाकेटीको प्रेम विहेवारीलाई राजनीतिक मुद्दा बनाइने गरेको बताउँदै उनले यसले सामाजिक द्वन्द्व निम्त्याउने गरेको बताए । ‘कसैलाई शंका लाग्छ भने जाऔँ त्यो गाउँ नै घेरौँ र त्यो व्यक्तिलाई मुद्दा लगाऔँ,’ पूर्वमन्त्री राईले भने, ‘दुई पक्षलाई लडाएर लाभ लिनेको पहिचान गरे हिन्दू र मुस्लिम लडाउने षडयन्त्र समाप्त हुनेछ । राजनीतिक दवाव कसले दिन्छ भन्ने त्यो सार्वजनिक गरिदिनु पर्छ ।’

मुस्लिमले कुनै गल्ती गर्ने वित्तिकै आफूमाथि आक्षेप लाग्ने गरेको प्रति इंगित गर्दै उनले समाजलाई विखण्डन गरेर फाइदा लिने कुरा आफूले सोच्न समेत नसक्ने बताए । ‘उदण्ड सबै समाजमा छन् । उदण्डता देखाउने हाम्रो पार्टीकालाई गल्ती महशुस हामी गराउँछौं । सामाजिक सञ्जालमा त्यस्ता कुरा सम्प्रेषण गर्नेहरु माथि मुद्दा दायर गरेर कानुनी दायरामा ल्याउनु पर्छ,’ उनले भने, ‘दुई समुदायका उदण्डको पहिचान गरेर कानुनी दायरामा ल्याऔं । उनीहरुलाई सजाय दिएपछि मात्र भोलीको दिनमा यस्तो अवस्था सिर्जना हुँदैन ।’

सम्बन्धित समाचार

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह

तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

नेपालगन्जका सबैले शान्ति चाहेको बताउँदै उनले थप उदण्डता हुन नदिन सवैको साथ सहयोग आवश्यक भएको औँल्याए । ३० बर्ष अघि भएको घटनाको स्मरण गर्दै राईले त्यसको पीडा नेपालगन्जबासीले अहिलेसम्म भुल्न नसकेका बताए । ‘हिंसाले केहि दिँदैन, गुमाउने मात्र हो । ३० वर्षअघि भएको घटनाले के दियो । अहिलेको घटनाबाट के पायौँ ? सवैले मनन् गरि शान्ति, सद्भावका लागि हातेमालो गरौँ,’ उनले भने ।

मैले साढे तीन महिनाअघि गृहमन्त्रीलाई लिखित जानकारी गराएको थिएँ
नेपालगन्जमा सामाजिक सद्भाव विथोल्ने प्रयास भइरहेको भन्ने जानकारी आफूले साढे तीन महिनाअघि नै सरकारलाई गराएको पूर्वमन्त्री राईले खुलासा गरेका छन् । उनले पूर्वको धरान र मधेस प्रदेशको मलंगवापछि नेपालगन्जको सद्भाव विगार्ने प्रयास भइरहेको जानकारी सरकारलाई ३ असारमा नै गराएको स्पष्ट पारे । ‘नेपालगन्जको सद्भाव विगार्न विभिन्न तत्व सक्रिय भएको जानकारी मैले तीन महिनाअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पत्र लेखेर गराएको थिएँ । त्यतिबेला उहाँ (गृहमन्त्री ज्यु) ले यो विषयलाई गम्भिरतापूर्वक लिनु भएन । त्यसको परिणाम आज देखियो,’ उनले भने ।

अहिले धर्मका नाममा बाँके जिल्लामा कैयौँ व्यक्ति, समूह र संस्थाले सीमा नाघेको बताउँदै पूर्वमन्त्री राईले आफ्नो धर्म, सम्प्रदायको संरक्षण र प्रबर्धन गर्नुभन्दा विपरित धर्ममा आस्था राख्ने विरुद्ध दुष्प्रचार र आरोप प्रत्यारोप तर्फ उन्मुख भएको उनको भनाई छ । उनले भने, ‘यहाँको सामाजिक सद्भावमा खेल्ने काम भइरहेको छ । अराजक तत्वले प्रशय पाइरहेको छ । यसमा प्रहरी, प्रशासन गम्भिर भएर लाग्न आवश्यक छ ।’

ADVERTISEMENT

उनले अराजग गतिविधि उपर निगरानी गर्ने र नियन्त्रणमुखी उपाय अपनाउनेतर्फ जिल्लास्थित सुरक्षा तथा प्रशासनिक अंगहरूबाट खासै सक्रियता र जिम्मेवारी बहन गरेको नदेखिएको लिखित जानकारी गृहमन्त्रीलाई दिएको उनको भनाई छ । ‘धार्मिक समुदायका व्यक्तिहरू दवावको महसुस गरिरहेका छन् । उनीहरूको आक्रोश आफू विरुद्ध भइरहेका गतिविधिको प्रतिकारमा बदलिन नदिनेतर्फ राज्य यथाशीघ्र चनाखो हुन जरुरी छ,’ नेपालगन्ज निवासी समेत रहेका पूर्वमन्त्री राईले गृहमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ ।

पत्रमा उनले आफूले लेखेको नेपालगन्जको समग्र परिस्थितिलाई गृहमन्त्री ज्यूले मनन् गरि कदम चाल्ने आशा व्यक्त गरेका थिए । उनले पत्रमा भनेका थिए, ‘वर्तमानमा भएको चुकले भविष्यका सम्भावित घटनालाई परिस्थितिजन्य भन्नुपर्ने अवस्था आउन दिनुहुने छैन भन्ने अपेक्षाका साथ सामाजिक सद्भाव चाहने बाँकेवासीका तर्फबाट तपाईंलाई यो पत्र लेखेको हुँ । आशा छ, यो विषयमा गृहमन्त्रीज्यूको ध्यानाकर्षण हुनेछ ।

शान्ति सुरक्षाको पर्याप्त तयारी हुनेछ ।’
उनले पत्रमा भनेका थिए, ‘धार्मिक–सामाजिक सद्भाव जोगाउँदै विद्यमान शासन व्यवस्था नै मास्ने प्रतिगामी शक्तिहरूको कुत्सित मनसाय पूरा हुन नदिन कारबाही प्रक्रिया अघि बढाइनेछ भन्ने आशा छ ।’

नेपालगन्जको असहज परिस्थितिलाई मध्यनजर गरि बाँके प्रशासनले अनिश्चितकालिन कर्फ्यु लगाएपछि गृहमन्त्रीले आफूलाई दुई पटक फोन गरेको उनले बताए । ‘तपाईंले पहिले भने जस्तै अवस्था आयो । पहिले नै परिस्थितिलाई गम्भीरतापूर्वक लिइएको भए यो अवस्था आउँदैनथ्यो,’ गृहमन्त्रीको भनाई उदृध गर्दै राईले भने ।

Share570Tweet341SendShare
Previous Post

नेपालगञ्जमा आजदेखि दिउँसो निषाधाज्ञा, राती कर्फ्यु

Next Post

शान्त मधेसमा ढुंगा हानेर तरंगीत बनाउने काम बन्द होवस् : सांसद यादव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह
अन्तर्राष्ट्रिय

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह

२:१४ बिहान, कार्तिक ८, २०८३
तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ
मुख्य समाचार

तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ

१२:०८ बिहान, कार्तिक ८, २०८३
थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव
कृषि

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

१:१३ बिहान, कार्तिक ७, २०८३
अपराध

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

१२:०५ बिहान, कार्तिक ७, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन
मुख्य समाचार

नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन

११:०० मध्यान्ह, कार्तिक ५, २०८३
Next Post
शान्त मधेसमा ढुंगा हानेर तरंगीत बनाउने काम बन्द होवस् : सांसद यादव

शान्त मधेसमा ढुंगा हानेर तरंगीत बनाउने काम बन्द होवस् : सांसद यादव

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : हल्का वर्षाको सम्भावना

करोड खर्चेको चिस्यान केन्द्र प्रयोगविहीन

करोड खर्चेको चिस्यान केन्द्र प्रयोगविहीन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
20°
Clear
6:24 am5:40 pm +0545
Feels like: 20°C
Wind: 3km/h NE
Humidity: 89%
Pressure: 1011.51mbar
UV index: 0
MonTueWed
31°C / 17°C
31°C / 18°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?