ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

नाकामा मौलाउँदै तस्करी, रक्षक नै भक्षक बन्यो सशस्त्र, असुली धन्दामा सक्रिय असई शर्मालाई एसपीको साथ

News Desk by News Desk
११:४२ बिहान, कार्तिक ३०, २०८०
नाकामा मौलाउँदै तस्करी, रक्षक नै भक्षक बन्यो सशस्त्र, असुली धन्दामा सक्रिय असई शर्मालाई एसपीको साथ
591
सेयर
583
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक ३० गते ।
बाँकेमा सशस्त्र प्रहरी वल ‘रक्षक नै भक्षक’ बनेको छ । नेपाल–भारत सीमा अन्तरगत कुल ६६ किलोमिटर खुला सिमानामा हुने अवैध धन्दा रोक्न सरकारले सशस्त्र प्रहरीलाई खटाएको छ, तर सुरक्षाकर्मी स्वयम अवैध असुली धन्दामा लागेका छन् । भारतसँग खुला सीमाना रहेको बाँकेमा मुख्य नाका बाहेक भित्रि नाकाबाट पनि अवैधरुपमा मालसामान तस्करी हुँदै आएको छ ।
तस्करहरुले सानो परिमाणमा भरिया मार्फत भन्सार छली गरेर बाँकेका विभिन्न क्षेत्रमा भण्डारण गर्ने र एकमुष्ठ विभिन्न जिल्ला पठाउने गरेको तथ्य अनलाइन खोजखवरले पाएको छ ।

नाकामा हुने तस्करी नियन्त्रण गर्न खटिएको सशस्त्र प्रहरी भारतबाट अवैध रुपमा सामान ओसार पसार गर्ने तस्करहरुलाई सुरक्षा दिएर गन्तब्यसम्म पुग्न सहयोग गरिरहेको छ । नाकाको पुर्ब–पश्चिमतिरको क्षेत्रबाट भारतबाट तस्करसँग मिलेर सशस्त्र प्रहरी एसपीको निर्देशनमा मातहतको सशस्त्र प्रहरीले सहयोग अवैध सामान ओसार्नेलाई सहयोग गर्दै आएका छन् ।

सशस्त्र प्रहरीकै मिलेमतोमा दैनिकरुपमा ठूलो परिमाणमा भन्सार छलेर अवैध सामान भित्र्याउँदा राज्यको करोडौं राजश्व गुमिरहेको छ । सशस्त्र प्रहरी र भन्सारका कर्मचारी असुली धन्दामा लाग्दा तस्करहरु खुलेआम अवैध सामान भित्र्याउन सफल भएका छन् ।
स्रोतले दिएको जानकारी अनुसार सशस्त्र प्रहरीका घुमुवा असई सोमराज शर्मालाई एसपी रमेश विक्रम शाहीको आर्शिवाद रहेको छ । उनकै आश्वासन पाएर असई शर्माले नाकामा ब्रम्ह लुट मच्चाएका छन् । ‘असई शर्माले तस्करसँग मिलेर ब्रम्हलुट मचाउँछन् । तस्करसँग हाकाहाकी रकमको वार्गेनिङ गरेको प्रत्यक्ष देख्न सकिन्छ,’ एक प्रत्यक्षदर्शीले अनलाइन खोजखवरलाई भने ।

नाकामा सशस्त्रको गतिविधि देख्दा सरकारले सशस्त्र प्रहरीलाई नाकामा अवैध चोरी पैठारी नियन्त्रण गर्न नभई असुलीका लागि खटाइएको हो जस्तो लाग्छ । सशस्त्रको असुली धन्दाबारे एकजना तस्कर भन्छन्, ‘सशस्त्रलाई हामीले मोटो रकम दिएर सामान ओसारपसार गर्ने गरेको छौं । सशस्त्रसँग लाइन नमिले सियो पनि नेपाल छिराउन सकिदैन,’ तस्कर भन्छन्, ‘तलदेखि माथिसम्मलाई घुमुवा सोमराज शर्मा मार्फत मोटो रकम दिने गरेका छौँ । रकम नदिएर यति धेरै सामन कहाँ छिराउँन सकिन्छ हजुर ।’
तस्करहरुले तस्करीको सामान जमुनाह, जैसपुर, टंकपसरी, पिप्रहवामा भण्डारण गरेर दिउँसो र रातीको समयमा नेपालगन्ज ल्याउने गरेका छन् । तस्करहरुले भरियाको प्रयोग गरेर अवैध सामान भण्डारण गर्ने र रातीको समयमा ठूला सवारी साधानमार्फत अन्य जिल्ला पठाउने गरेको तस्कर स्वयम बताउँछन् ।

सम्बन्धित समाचार

नेपालगन्जमा बिचौलिया विरुद्ध प्रहरीको कडाइ, ९ जना पक्राउ

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

सशस्त्रका माथिल्लो निकायलाई महिनावारी र तल्लो दर्जालाई सामानको अवस्था र मूल्य हेरेर पाँच सयदेखि एक हजार रुपैयाँसम्म लाइन दिने गरिएको तस्करहरुको भनाई छ । एसपी शाहीलाई भने महिनावारी मोटो रकम जाने गरेको स्रोत बताउँछ ।
प्रत्येक साइकल र मोटरसाइकलमा ल्याउने सामानको ड्युटीमा खटिने सशस्त्र प्रहरीलाई पाँच सयदेखि एक हजार रुपैयाँ दिएर तस्करहरुले ठूलो परिमाणमा अवैध सामान भित्र्याउने गरेका छन् । जमुनाह, जैसपुर बढैया साईगाउँ, खडैचा, हिरमिनिया विओपी पोष्टबाट ड्यूटीमा खटिने सशस्त्रका जवानदेखि सईसम्म अवैध असुली धन्दामा लागेका छन् ।

तस्करहरुले कपडा, लेडिज शुट, हार्डवेयर, आटो पार्टस, चिनी, खाद्यान, रजनीगन्धा, तुलसी, सुपर पावर, सूर्तिजन्य पदार्थ, बिजुली बत्तीको सामान, टायल लगायतका सामान राजस्व छलेर अवैध रुपमा भित्र्याउने गरेका छन् ।
संघीय सरकारकै निर्देशनमा सशस्त्र प्रहरीले नाकामा हुने अवैध चोरी तस्करी रोक्न ठाउँठाउँमा विओपी पोष्ट स्थापना गरेको छ । आयात–निर्यातलाई ब्यवस्थित वनाउन सिमा नाकामा भन्सार कार्यालय राखिएका छन् । सिमाको सुरक्षा तथा चोरी तस्करी नियन्त्रण गर्नकै लागि सशस्त्र प्रहरी खटाइएका छन् ।

अझ पछिल्लो समयमा सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (बिओपी) थप्ने क्रम जारी नै छ । बाँकेमा मात्रै ८ वटा यस्ता पोष्टहरु छन् । रात दिन गस्ती भइरहेको पनि सशस्त्र बताउँछ । तर उनीहरुको गस्ती भने तस्करको सुरक्षाका लागि हुने गरेको देखिएको छ । सशस्त्र प्रहरी राज्यप्रति असहयोगी र तस्करमैत्री भइदिँदा राजस्व संकलन खस्किएको छ ।

ADVERTISEMENT

तरस्करहरुले नेपालबाट भारततर्फ पनि सामान लैजाने गरेका छन् । नेपालबाट केराउ, जडिबुटी, सुपारी लगायतका सामान भारत लैजाने गरेको पाइन्छ । जाउआउका लागि पाँच सयदेखि एक हजार रुपैयाँ ड्यूटीमा रहेका सशस्त्रलाई बुझाउने गरेको तस्करले बताउँछन् । एसपीदेखि बिओपी इन्चार्जलाई महिनावारी लाखौं रुपैयाँ बुझाउने गरेका छन् ।

भारतबाट तस्करी गरि ल्याइएको भन्सार छलीको अवैध सामान चर्को मूल्यमा बाँकेसहित बर्दिया, सुर्खेत, जुम्ला, दाङ काठमाडौं लगायतका पहाडी जिल्लाहरुमा सप्लाई गरिन्छ । जसका कारण राज्य कोषमा जम्मा हुने ठूलो रकम सशस्त्रको पोल्टामा पर्दै आएको छ ।
भारतबाट नेपाल सामान छिराउन तस्करहरुले भारतीय एसएसबी र पुलिसलाई महिनावारी लाखौं रुपैयाँ बुझाउने गरेको स्रोतले बताउँछ । सशस्त्र प्रहरी र भन्सार कर्मचारीको मिलेमतोमा हुने अवैध तस्करी रोक्न गृहमन्त्रीको प्रभावकारी भूमिका देखिएको छैन । सशस्त्र प्रहरीको अवैध असुलीबारे संचार माध्यममा छ्यापछ्याप्ती समाचार आउँदा समेत गृह प्रशासन मौन बसेको छ । जसका कारण अवैध असुलीमा लागेको सशसत्र प्रहरीलाई प्रोत्साहन मिलेको छ । गृह प्रशासन नै तस्करहरुको चंगुलमा फसेको नागरिकको आंशका छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्न मुख्यालय पुगेर दिएको निर्देशन एसपी शाहीले धोती लगाई दिएका छन् ।

तस्करीमा संलग्न हुने जो कोहीलाई पनि कारबाही गर्न दिएको गृहमन्त्रीको निर्देशनलाई न त मुख्यालयका उच्च नेतृत्वले ध्यान दिएको छ, न त तल्ला युनिट प्रमुखहरुले मन्त्रीको निर्देशन सुनेका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अघि सारेको नीति बाँकेमा घुमुवा परिचालन गरेर रकम उठाउने, रकम लिएर तस्करी गर्न लाइन दिने काम एसपी शाहीले गरेका छन् ।

अनलाइन खोजखवरलाई प्राप्त भिडियोहरुमा साइकल, मोटरसाइकल र गाडीमा समेत अवैध सामानहरु स्कटिङ गरेर सीमा पार गराइएको देखिन्छ । एसपी शाहीले तस्करी गराउनकै लागि असई सोमराज शर्मालाई घुमुवा खटाएका छन् । सशस्त्र प्रहरीमा गोप्य सूचना संकलनका नाममा घुमुवा राख्न नपाइने नियम तोडेर एसपी शाहीले आफू निकटका तस्करहरुसँग रकम उठाउन सक्ने व्यक्तिलाई घुमुवाको रुपमा परिचालन गरेका छन् ।

नीति विपरित काम गर्ने सशस्त्रलाई कारवाहीको दायरामा ल्याउनु पर्ने हो । तर शर्मालाई कारवाहीको साटो एसपी शाहीले जोगाउँदै आएका छन् । जसका कारण उनको मनोबल झन बढेको सशस्त्र प्रहरीकै अधिकारीहरु बताउँछन् ।

Share241Tweet146SendShare
Previous Post

भारतको जम्मु-कश्मिरमा बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु

Next Post

हतियार प्रहारबाट युवक घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा बिचौलिया विरुद्ध प्रहरीको कडाइ, ९ जना पक्राउ
अपराध

नेपालगन्जमा बिचौलिया विरुद्ध प्रहरीको कडाइ, ९ जना पक्राउ

८:४३ बिहान, चैत्र २०, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु
दुर्घटना

हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

७:०९ बिहान, चैत्र २०, २०८२
बाँकेमा एसइईको तयारी सुरु, १० हजार विद्यार्थी सहभागि हुँदै
मुख्य समाचार

बाँकेमा एसइई उत्तरपुस्तिका जाँच कार्य सुरु

४:११ बिहान, चैत्र २०, २०८२
Auto Draft
अपराध

नेपालगन्ज बसपार्कमा यात्रु लुट्ने प्रयास गर्ने चार जना हतियारसहित पक्राउ

१२:५२ बिहान, चैत्र २०, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा सिफलिस अनुसन्धान : तीन महिनामा १८७ सिफलिस प्रभावित, युवा बढी

७:२६ बिहान, चैत्र १९, २०८२
Auto Draft
दुर्घटना

पोस्टमार्टम रिपोर्ट : नेपालगन्जमा जलेकी सिर्जनाको मृत्यु जलनका कारण

५:०० बिहान, चैत्र १९, २०८२
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
अपराध

किशोरीमाथि जबरजस्ती करणी आरोप, कोहलपुरबाट चार जना समातिए

६:४० बिहान, चैत्र १८, २०८२
Next Post
हतियार प्रहारबाट युवक घाइते

हतियार प्रहारबाट युवक घाइते

ढकेरीमा बस दुर्घटना, ११ जना घाइते

अटोरिक्सा दुर्घटना : २ जनाको मृत्युु, ४ जना घाइते

नेपालगञ्जमा छाडा गाईसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु

बर्दियामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?