ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा

News Desk by News Desk
११:३० बिहान, पुस १, २०८०
पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा
382
सेयर
376
VIEWS
ShareTweetSendShare

पाल्पा पुस १ गते ।
कालीगण्डकी नदीको किनारमा अवस्थित वशिष्ठ गुफा क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने भएको छ । यसका लागि विभिन्न संरचना बनाएर व्यवस्थित गरिन लागिएको छ ।

पाल्पाको रामपुर नगरपालिका–४ स्थित भुलादीखोलाको भुद्रङ्गघाटमा रहेको गुफालाई स्थानीय सरकारले व्यवस्थित गर्न पछिल्लो समय विभिन्न पूर्वाधार निर्माणमा जोड दिएको छ । भुलादीखोलाको किनारमा करिब एक दर्जन बढी गुफा छन् । यसमध्ये यहाँ दुई गुफा ठूलो ओढार आकारमा छन् । गुफाभित्र शिवलिङ्ग, हात्तीका चित्र, शङ्ख, विभिन्न भगवान्का आकृतिलगायत आश्चर्यजनक चित्र छन् ।

गुफासम्म पुग्ने पैदलमार्ग, पैदलमार्ग छेउमा फलामको बारबन्देज, भुलादीखोलामा झोलुङ्गे पुल, गुफाको बाहिरी भागमा ढोका, गुफाभित्र बिजुली बत्तीलगायतका पूर्वाधार निर्माणकार्य गरिएको रामपुर–४ का वडाध्यक्ष रामबहादुर रानाले बताउनुभयो ।

“पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको यस क्षेत्रमा आन्तरिक पर्यटक मात्र नभई बाहिरी पर्यटक भित्रिनेछन्”, उहाँले भन्नुभयो, “भौगोलिक हिसाबले प्राकृतिक रूपमा अवलोकनयोग्य ठाउँ रहेको हुँदा गुफालाई व्यवस्थित गर्दै पर्यटन विकासका कार्यमा हामी अग्रसर भएर काम गरिरहेका छौँ ।”

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

रामपुर नगरपालिकाले गुफा व्यवस्थित गर्दै माथिल्लो गुफामा पूर्णकदको रामको मूर्ति निर्माण गरेको छ । गुफामा रामको मूर्ति निर्माण गरिएपछि पर्यटकीय आकर्षण थपेको छ । गुफाभित्र पस्नेबित्तिकै भगवान् रामको मूर्तिले त्यहाँ पुग्ने जोकोही पनि तस्वीर खिचाउन, भिडियो खिच्न उत्साहित हुन्छन् । यस गुफाभित्र करिब दुई सय मानिस अट्ने क्षमता छ ।

सोही गुफा नजिकै तल्लो भागमा रहेको गुफा करिब पाँच सय बढी मानिस अट्ने क्षमताको छ । सो गुफाभित्र पसेपछि ठूलो ओढारमा गुफा फैलिएको देखिन्छ । भगवान्का विभिन्न अनौठा प्रकृतिका चित्रले सबैलाई लोभ्याइरहेको हुन्छ । तल्लो स्थानमा रहेको गुफा तीन तला आकृतिमा रहेको छ । यहाँ रामसीता, वशिष्ठ ऋषि, लक्ष्मण, हनुमानको मूर्ति बनाएर राख्ने तयारी छ । गुफा अवलोकनमा अहिलेसम्म निःशुल्क व्यवस्था गरिएको छ । अवलोकन गर्न जाने व्यक्तिले वडा कार्यालयमा सम्पर्क गरेर जाने गरेका छन् ।

वशिष्ठ ऋषिले तपस्या गरी बसोबास गरेको र त्रेतयुगमा भगवान् रामचन्द्र वनबास जाने क्रममा कालीगण्डकी नदीको तटमा अवस्थित रामघाटमा नुहाउने र कालीगण्डकी नदी नजिकै रहेको वशिष्ठ गुफामा तपस्या गरेर बसेको पौराणिक किंवदन्ती रहेको छ । रामपुर नगरपालिका–४ र ५ को सिमानामा परेकाले दुवै वडाको पर्यटन विकासमा यस गुफाले टेवा पुर्याउनेछ । गुफालाई व्यवस्थित गर्दै यहाँ पानीपोखरी, रोपवे, घरबास ९होमस्टे०लगायतका पूर्वाधार विकासका कार्य थप गर्दै जाने योजना रहेको रामपुर–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताउनुभएको छ ।

ADVERTISEMENT

“गुफामात्र नभई यस क्षेत्रमा आवश्यक पूर्वाधार विकासका काम गर्दै जाने योजनाअनुसार अगाडि बढेका छौँ, प्राकृतिक वातावरणमा रमाउनका लागि हिजोआज युवायुवतीको आकर्षण बढ्दै जाँदा यो क्षेत्र पर्यटकीय गन्तव्यस्थल बन्नेछ”, उहाँले भन्नुभयो ।

वडाध्यक्ष पोखरेलका अनुसार गुफानजिकै रहेको कालीगण्डकी नदीको रामघाट क्षेत्रमा तीनमुखे झोलुङ्गे पुल निर्माण गर्ने योजना रहेको छ । तीनमुखे पुल बनेपछि यहाँको धार्मिक क्षेत्र रामघाट, कोप्चेघाट, नदीपारि स्याङ्जाको चापाकोट नगरपालिकामा अवस्थित रामजानकी मन्दिर जोडिने भएकाले महत्त्वपूर्ण धार्मिक पर्यटनको गन्तव्यस्थल बन्ने समाजसेवी मोहन राना बताउनुहुन्छ ।

विसं २०७५ को वैशाख तेस्रो हप्ता फेला परेको अनौठो प्रकृतिको गुफा हेर्नेको धेरै मानिसको आकर्षण बढ्यो । गुफा फेला परेपछि अवलोकन गर्न जानेको भीड बढ्न थालेपछि रामपुर नगरपालिकाले सुरक्षा व्यवस्थालाई दृष्टिगत गर्दै गुफा बन्द गरेर राखेको थियो । विज्ञबाट अध्ययन अनुुसन्धान भएपछि गुफालाई व्यवस्थित गर्दै ढोका लगाएर राख्ने गरिएको छ । पहिला यहाँ गुफा छ भन्ने सामान्य जानकारी भए पनि ठूला खालका गुफा रहेको कसैलाई पनि जानकारी थिएन । स्थानीयवासीले बाहिरी भागमा सानो दुलो देखेपछि खोजी गर्ने क्रममा भित्र पसेर अनुसन्धान गरेपछि गुफा रहेको पत्ता लागेको हो ।

कृत्रिम पूर्वाधार खडा गरी ठाउँ–ठाउँमा पर्यटन पूर्वाधारका कार्य भइरहेका छन् । अन्यत्र स्थानमा कृत्रिम ताल, गुफा निर्माण गरी पर्यटक भित्र्याउने होडबाजी चलिरहेको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन, आफ्नो गाउँठाउँको प्रचार–प्रसारका लागि धेरै लगानीमा पर्यटन पूर्वाधारका कार्यलाई प्राथमिकता दिन थालिएको छ । प्राकृतिकरूपमा सम्भावना बोकेका पौराणिक, ऐतिहासिक, धार्मिक क्षेत्रको विकासमा महत्व दिन सकियो भने यसबाट धेरै फाइदा लिन सकिनेछ । रामपुर नगरपालिकाको गौरवको योजनामा यस गुफालाई समेटिएको छ । रासस

Share156Tweet94SendShare
Previous Post

लौकीमा विशेषज्ञ स्वास्थ्य शिविर, ८७ जनाले सेवा लिए

Next Post

‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटन सङ्कटमा पर्‍यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post
‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटन सङ्कटमा पर्‍यो

‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटन सङ्कटमा पर्‍यो

प्रशिक्षार्थी गीता बनिन् प्रशिक्षक देखि उद्यमी

प्रशिक्षार्थी गीता बनिन् प्रशिक्षक देखि उद्यमी

भ्रमण भिसा : एकहजार पाँच सयमा दुई सय ४६ नक्कली

भ्रमण भिसा : एकहजार पाँच सयमा दुई सय ४६ नक्कली

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?