ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

राप्तीसोनारीमा सिकलसेलका रोगी खोज्न ‘स्क्रिनिङ’ गरिँदै

News Desk by News Desk
८:४३ बिहान, पुस ४, २०८०
राप्तीसोनारीमा सिकलसेलका रोगी खोज्न ‘स्क्रिनिङ’ गरिँदै
399
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके पुस ४ गते ।
राप्तीसोनारी गाउँपालिकाले विशेषगरी थारु समुदायलाई प्रभावित पार्दै आएको सिकलसेल एनिमिया र थालेसेमिया रोगको पहिचान गर्न स्क्रिनिङ कार्यक्रमलाई प्रभावकारी गराउने भएको छ । चालू आर्थिक वर्षमा दुई वटा वडाका लक्षित सबै उमेर समूहका व्यक्तिहरुको सिकलसेल जाँच गर्ने तयारीमा पालिका रहेको गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले बताए ।

उनका अनुसार यही पुस १६ गतेदेखि सिकलसेल एनिमिया र थालेसेमिया रोगको पहिचान गर्न स्क्रिनिङ कार्यक्रम सुरु गर्न लागिएको छ । चालू आर्थिक वर्षमा वडा नं.१ र २ का लक्षित समुदायका सम्पूर्ण नागरिकहरुको स्क्रिनिङ गर्ने गरी पािलका लागेको पालिका अध्यक्ष पौडेलले बताए । यसअघि पालिकाले निश्चित उमेर समुहका व्यक्तिहरुको सिकलसेल जाँच गरेको थियो । ‘अघिल्ला वर्षहरुमा खासगरी विद्यार्थीहरुलाई केन्द्रीत गरेर सिकलसेल चेकजाँच गरिएको थियो उनले भने–‘चालू आर्थिक वर्षमा भने वडा नं.१ र २ का लक्षित समुदायका सवै उमेर समूहका व्यक्तिहरुको सिकलसेल चेकजाँच गर्ने गरी तयारी गरेका छौं ।

क्रमशः सवै वडाका जोखिम प्रभावित व्यक्तिहरुको सिकलसेल जाँच गरेर पालिकाबाट यो रोगको फैलावट रोक्ने प्रयास हाम्रो हो ।’ पालिकामा ७० हजारको हाराहारीमा जनसंख्या छ । त्यसमा करिव ३५ हजारको हाराहारीमा थारु समुदायको बसोबास रहेको बताइन्छ । थारु समुदायका सबै व्यक्तिहरुको सिकलसेल एनिमिया र थालेसेमिया चेकजाँच गर्ने योजना पालिकाको रहेको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताए । उनका अनुसार सबै व्यक्तिहरुको सिकलसेल चेकजाँच भए रोग नियन्त्रणमा लिन सहज हुनेछ ।

सिकलसेलका बिरामीहरु खोज्नका लागि पनि स्क्रिनिङ कार्यक्रम जरुरी रहेको उनको भनाइ छ । स्वास्थ्य कार्यालय बाँकेसँगको सहकार्यमा पालिकाले सिकलसेल रोगको पहिचान, उपचार र निदानका लागि काम गर्दै आएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार राप्तीसोनारीमा विगत तीन वर्षदेखि स्क्रिनिङको काम भइरहेको छ । ०७८÷०७९ मा ३३ जना सिकलसेलका बिरामी फेला परेका थिए भने ०७९÷०८० मा १२ जना सिकलसेलका बिरामी फेला परेको सूचना अधिकारी श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

उनका अनुसार अहिलेसम्म राप्तीसोनारीका ३, ४ र ५ नम्वर वडामा स्क्रिनिङ कार्यक्रम गरिएको छ । करिव पाँच हजार जनामा सिकलसेल एनिमिया चकेजाँच गर्दा ती रोगी भेटिएका हुन् । उनीहरुका लागि पालिकाले वीमा कार्यक्रमको योजना अघि सारेको पालिका अध्यक्ष पौडेलले बताए । सिकलसेलका बिरामीलाई लुम्विनी प्रदेश सरकारले बीमाको कार्यक्रम अघि सारेको छ ।

उक्त कार्यक्रममा समेटिन नसकेका रोगीलाई पालिका आफैले वीमा गर्ने योजना पालिकाको छ । पालिकाले सिकलसेल रोगको पहिचान र निदानका लागि चालू आर्थिक वर्षमा ११ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । उक्त रकमबाट वडा नं.१ र २ मा स्क्रिनिङ कार्यक्रम गर्न लागिएको हो ।

थारु समुदायलाई प्रभावित पार्दै आएको वंशाणुगत सिकलसेल एनिमिया र थालेसेमिया रोगको पहिचान र निदानका लागि पालिकाले प्रदेश सरकारसँग पनि समन्वय र सहकार्यको पहल गर्ने पालिका अध्यक्ष पौडेलले बताए । उनले सिकलसेलको स्याम्पल कोहलपुरमा चेकजाँच गर्ने योजना रहेको पनि सुनाए । कोहलपुर नगरपालिकाको आफ्नै सिकलसेल ल्याव छ ।

ADVERTISEMENT

त्यसका लागि कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यसँग समन्वय र सहकार्य भइरहेको पनि उनले सुनाए । अध्यक्ष पौडेलसँग छलफल गरिएको श्रेष्ठले जानकारी दिए ।

Share169Tweet96SendShare
Previous Post

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

Next Post

भेरी बबई डाइभर्सनको काममा गति दिन मन्त्री बस्नेतको निर्देशन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
Next Post
भेरी बबई डाइभर्सनको काममा गति दिन मन्त्री बस्नेतको निर्देशन

भेरी बबई डाइभर्सनको काममा गति दिन मन्त्री बस्नेतको निर्देशन

राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

पुस ६ र ८ गते राप्तीसोनारीमा स्वास्थ्य शिविर हुने

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित

मूल्य निर्धारणको माग राख्दै उखु किसान आन्दोलित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?