ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कोहलपुरमा जग्गा नापजाँच तीव्रः ९ मा सुरु, १५ मा भोलि

News Desk by News Desk
१०:०६ मध्यान्ह, पुस ६, २०८०
कोहलपुरमा जग्गा नापजाँच तीव्रः ९ मा सुरु, १५ मा भोलि

फाईल फोटो

431
सेयर
393
VIEWS
ShareTweetSendShare

बाँके पुस ६ गते ।
कोहलपुर नगरपालिका वडा नं।९ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको प्रति ऐलानी जग्गाको नापजाँच सुरु भएको छ । वडा नं।९ को रोड पश्चिमको चटार क्षेत्रबाट जग्गाको नापजाँच सुरु भएको हो ।

जग्गाको नापजाँच र निस्सा वितरण सँगसँगै गरिने वडाले जनाएको छ । निस्साको प्रमाणपत्र प्राप्त गरेकाहरुको नगरपालिकाबाट खटिएको प्राविधिक टोलिले जग्गा नापजाँच गर्नेछ । त्यसका लागि वडाले निस्सा प्रमाणपत्र लिन आग्रह गरेको छ । निस्सा प्रमाणका लागि घरधुरी कर बुझाएको प्रमाण लिएर वडा कार्यालयमा आउन वडाले सबैलाई आग्रह गरेको छ । यो वडामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी घरधुरी एक हजार बढी रहेको पाइएको छ ।

भूमिहीन दलित र भूमिहीन सुकुम्बासी भने ७० जना भएको प्रमाणित भएको छ । ७७ जनाले फारम भरेपनि ७ जनाको अन्यन्त्र पनि जग्गा रहेको पाइएपछि मालपोत कार्यालयले ७० जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासी रहेको प्रमाणित गरेको वडा अध्यक्ष ओपेन्द्र नाथ योगीले जानकारी दिए । त्यसैगरी ९५१ जना अव्यवस्थित बसोबासीले फारम भरेका छन् । यसअघि ८३५ जनाले मात्रै अव्यवस्थित बसोबासीले फारम भरेपनि पछिल्लो पटक राष्ट्रिय भूमि आयोगले भदौ २९ गते ३५ दिने सूचना जारी गरेर छुटपुटलाई फारम भर्न समय दिएको थियो । त्यसक्रममा वडा नं।९ मा थप ११६ जनाले फारम भरेको वडा अध्यक्ष योगीले बताए ।

कोहलपुर नगरपालिकामा करिव २० हजार घरधुरी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार ती घरधुरीलाई लालपूर्जा वितरणको तयारीसहित पालिकाले जग्गा नापजाँचको कामलाई तीब्रता दिएको बताए । ‘करिव २० हजार घरधुरीलाई लालपूर्जा वितरण गर्ने तयारीका साथ जग्गा नापजाँचको कामलाई तीव्रता दिइएको छ उनले भने–‘चालू आर्थिक वर्षसम्म जग्गा नापजाँचको सम्पूर्ण काम पूरा गर्ने योजना छ ।’ कुनै पनि नागरिक भूमिहीन भएर बस्न नपरोस् भन्ने संघीय सरकारको नीति रहेको र त्यही अनुसार राष्ट्रिय भूमि आयोगले समेत काम गरिरहेकाले पालिकाले पनि संघीय सरकारको नीति र भूमि ऐनलाई टेकेर काम गरिरहेको उनको भनाइ छ ।

सम्बन्धित समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

अत्यधिक गर्मी र ‘लु’ले बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

नगर उपप्रमुख संगिता सुवेदीले वन र भूमि ऐनबीचको टकरावले केही समस्या भएपनि यो प्रक्रियालाई द्रुत गतिमा अगाडि बढाइएको बताइन् । उनले विगतमा जस्तो नापी हुने तर लालपूर्जा वितरण नहुने समस्या योपटक नहुने भन्दै आफ्नै कार्यकालमा लालपूर्जा वितरण गरिने प्रतिबद्धता समेत गरिन् । नगरपालिकाले गतवर्षदेखि कोहलपुर नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको प्रति ऐलानी जग्गाको नापजाँच सुरु गरेको हो ।

जग्गा नापजाँचकै लागि पालिकाले एक करोड बजेट खर्च गरिरहेको उनले बताइन् । त्यसैगरी राष्ट्रिय भूमि आयोगका जिल्ला सदस्य अशोक पोख्रेलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई छिटोभन्दा छिटो जग्गा धनी पूर्जा वितरणको महाअभियानमा आयोग लागिरहेको बताए । उनले यसअघि बनेका अन्य आयोग भन्दा राष्ट्रिय आयोग अधिकार सम्पन्न आयोग भएकाले यो पटक जग्गाधनी पूर्जा प्राप्त हुदैन की भन्ने शंका नगर्न सबैलाई आग्रह गरे । ‘यसअघि पनि आयोगहरु नबनेका होइनन् उनले भने–‘तर ती आयोग भन्दा यसको प्रारुपनै फरक छ ।

कार्यविधि सहित अधिकार सम्पन्न आयोग भएकाले यो पटक ढुक्क भएर लालपूर्जा पाउनुहुन्छ ।’ उनले आफ्नै कार्यकाल र अहिलेकै जनप्रतिनिधिहरुबाट लालपूर्जा वितरण गर्ने महाअभियानमा आयोग अगाडि बढेको पनि उल्लेख गरे । अन्य पालिका भन्दा कोहलपुर नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको प्रति ऐलानी जग्गाको नापजाँच सुरु छिटोछरितो गर्दै आएको भन्दै लालपूर्जा वितरणको काम पनि कोहलपुरमा छिट्टै उनले बताए । अहिलेसम्म कोहलपुरका १, २, ५, ८,१० र १२ नम्वर वडाको नापजाँच पूरा भएको छ । वडा नं।३, ११, १४ को अन्तिम चरणमा पुगेको छ । अव वडा नं।१४ को नापजाँच सकियो भने वडा नं।१३ को नापजाँच सुरु हुने छ भने वडा नं।११ को नापजाँच सकियो भने वडा नं।३ को नापजाँच सुरु गरिएको नगरस्तरीय भूमिहीन सम्वन्धी उच्च स्तरीय समितिका संयोजक वीरेन्द्र कुमार शाहले बताए । उनका अनुसार शनिवार वडा नं।१५ को नापजाँच पनि सुरु गर्ने तयारी छ ।

ADVERTISEMENT

त्यसपछि वडा नं।४, ६ र ७ को नापजाँच गरिने शाहले बताए । वडा नं।९ को जग्गा नापजाँच उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रवक्ता तथा वडा नं।१४ का वडा अध्यक्ष नमबहादुर आले, वडा नं।८ का वडा अध्यक्ष लालबहादुर राना, १३ का वडा अध्यक्ष डम्वर खड्का, १५ का वडा अध्यक्ष दीपेन्द्र चौधरी, आर्थिक विकास समिति संयोजक अनिता बुढा, सुशासन समिति संयोजक सुनिता विष्ट, विभिन्न राजनीतिक दलका स्थानीय नेताहरु, स्थानीयबासी लगायतको सहभागिता रहेको थियो ।

Share195Tweet98SendShare
Previous Post

वल्र्ड स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनशिपका पदक विजेता डा. श्रेष्ठ र शाक्यलाई नेपालगन्जमा स्वागत

Next Post

जानकीका पाँच सय ४१ जनालाई निस्सा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

अत्यधिक गर्मी र ‘लु’ले बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित

१:०५ बिहान, जेष्ठ ७, २०८३
बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ
अपराध

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

१२:२१ मध्यान्ह, जेष्ठ ४, २०८३
सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल
मुख्य समाचार

सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल

५:२० बिहान, जेष्ठ ४, २०८३
मधेसमा विद्युत् महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन काटियो
मुख्य समाचार

बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न पाँच नयाँ फिडर थप

५:०७ बिहान, जेष्ठ ४, २०८३
कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन
मुख्य समाचार

कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन

८:४० बिहान, जेष्ठ ३, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
Next Post
जानकीका पाँच सय ४१ जनालाई निस्सा

जानकीका पाँच सय ४१ जनालाई निस्सा

टि–२० विश्वकपमा आज अस्ट्रेलिया र न्युजिल्याण्ड तथा अफगानिस्तान र इंग्ल्याण्ड खेल्दै

किशोर सिंह राठौर कप क्रिकेट आजदेखि

स्क्रिनिङ शिविरमा २०६ जनाले सेवा लिए

स्क्रिनिङ शिविरमा २०६ जनाले सेवा लिए

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?