ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

तरकारी खेतीमा जयेन्दु बाल सुधारगृहका बालबन्दीहरु

News Desk by News Desk
१:२० मध्यान्ह, पुस १९, २०८०
तरकारी खेतीमा जयेन्दु बाल सुधारगृहका बालबन्दीहरु
384
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके पुस १९ गते ।
“तरकारी खेती गर्न थालेदेखि हामी यसैको मलजल र गोडमेलमा यति व्यस्त हुन्छौँ कि हामीलाई दिन बितेको पत्तै हुँदैन”, यो भनाइ हो–बाँकेको डुडुवा गाउँपालिका–६ असमानपुरस्थित जयेन्दु बाल सुधारगृहमा रहेका बाल बन्दीहरुको । पहिला उठ्नेबित्तिकै झुण्ड बनाएर गफिने उनीहरु यतिबेला बाल सुधारगृहमा खेर गइरहेको खाली जमिन खनजोत गरी तरकारी उमार्न व्यस्त देखिन्छन् ।

यसै वर्षदेखि हिउँदे खेती गर्न सुरु गरेका बाल बन्दीले सुधारगृहभित्रकै खाली जमिनको सदुपयोग गरेका हुन् । “पहिला बिहान उठ्यो, साथीहरुसँग गफियो, खाना खायो, दिनभरि सुत्यो फेरि साँझको खाना खायो अनि फेरि सुत्यो यसै गरेर समय बित्ने गथ्र्यो ।” एक बाल बन्दीले भने, “अहिले उठ्नेबित्तिकै सुधारगृह वरपर सरसफाइ गर्दै तरकारी बारीमा गोडमेल गरेर समय बित्ने गर्दछ ।

पहिला हामीलाई खेल्ने वातावरण थिएन तर अहिले हामीले बाजी लगाएर विभिन्न खेल खेल्ने गर्छौ ।” अर्का एक १६ वर्षका बाल बन्दीले भने, “हार्नेले जित्नेलाई मासु खुवाउँछन् । मासु खान पाइन्छ भनेर पनि खेलमा भाग लिन मन लाग्छ । कहिले जित्छु त कहिले हार्छु ।” पहिलाको तुलनामा हिजो आज यो सुधारगृह निकै शान्त र घरजस्तै सुरक्षित भएको उनको भनाइ थियो ।

उक्त सुधारगृहका चौकीदारले बाल बन्दीलाई बाँडफाँट गरी काम गर्न र विभिन्न प्रकारका खेलमा भाग लिन सहज होस् भन्ने उद्देश्यले बाल क्लब गठन गरिएको उनले बताए । चौकीदारका अनुसार यस गृहमा सगरमाथा, धवलागिरि, कञ्चनजङ्घा, माछापुच्छ्रे, गोदावरी, बागेश्वरी, असमानपुर, हिर्मीनियाँ, राप्ती र भेरी गरी दश बाल क्लब गठन गरिएको छ । एउटा बाल क्लबमा १७ देखि १८ जनासम्म बाल बन्दी छन् ।

सम्बन्धित समाचार

सिर्जना बुढामगर मृत्यु प्रकरण : घटनाको जरासम्म पुग्ने प्रयासमा बाँके प्रहरी

संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

क्लबमा आबद्ध बाल बन्दीले पालैपालो आफूले पाएको जिम्मेवारी पूरा गर्ने गरेको र बिहान ५ः३० बजे सुधारगृहभित्रको सरसफाइ गर्छन् भने ९ः३० बजेदेखि बाहिरी भागको सरसफाइ गर्छन् । क्लबको पालोअनुसार तरकारी र खेतबारीको पनि गोडमेल गर्ने गरेको उहाँको भनाइ थियो । बाल सुधारगृहकी प्रमुख बिमला काउचामगरका अनुसार बाल बन्दीले आलु, कोभी, प्याज, मुला, साग, केराउलगायत हिउँदे तरकारीलगाएर आफ्नो दैनिक कामलाई व्यस्त बनाएका छन् ।

उक्त तरकारी बारीमा पहिले फोहर गर्नाका साथै झाडी उम्रने गर्दथ्यो । उनले भनिन् “बाल बन्दीका लागि आयमूलक काम र सीपमूलक कुनै तालिमको व्यवस्था नभएको बेला उनीहरुले लगाएको तरकारी खेतीले सुधारगृहको सुन्दरता र सरसफाइमा मद्दत पुग्नुका साथै उनीहरुलाई पनि व्यस्त बनाएको छ ।” गत असोज ४ गते बाल सुधारगृहमा भएको तोडफोड र आगजनीको घटनापछि १६ जनालाई कर्तव्य ज्यान मुद्दा चलाइएको थियो भने केहीलाई कारागार ऐनअन्तर्गतको अभियोगमा मुद्दा चलाइएको बाल सुधारगृहले जनाएको छ ।

उक्त घटनामा संलग्न केही बालकलाई बाल सुधारगृह नौवस्तामा सारिएपछि अहिले बाल सुधारगृह आसमानपुरमा रहेका बालक मिलेर बसेको इन्चार्ज काउचामगरले बताइन् । उक्त गृहमा हाल दुई सय नौ जना कानुनी बिवादमा रहेका बालक रहेको पाइएको एड्भोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले जानकारी दिए । तीमध्ये तीन भारतीय बालक छन् । उनका अनुसार १४ देखि १५ वर्षसम्मका २९, १६ देखि १८ वर्षका ८६, १८ वर्षमाथिका ९४ जना छन् ।

ADVERTISEMENT

जसमध्ये पुर्पक्षका लागि रहेका एक सय २२ र फैसला भइसकेका ८७ बाल बन्दी उक्त सुधारगृहमा छन् । गत असोज ४ गते गरिएको तोडफोड र आगजनीको घटनामा झ्याल, ढोका फोडिएकाले चिसो हावा कोठामा छिरेर पुसको चिसोमा बसाइँको समस्या भएको, गाडी बिग्रिएकाले अदालत, स्वास्थ्य पचारका लागि अस्पताल जान पनि समस्या भएकाले समाधानका लागि सम्बन्धित निकायबाट सहयोग उपलब्ध गराउन माग गरिएको छ । क्षेत्रीय कारागार नौवस्तामा रहेको बाल सुधारगृहमा हाल एक सय २६ बालक छन् । उक्त स्थानमा हाल पर्साबाट १५, हेटौँडाबाट १८, रुपन्देहीबाट १४ र बाँकेको आसमानपुर बाल सुधारगृहबाट ७९ बालकलाई लगिएको छ ।

Share155Tweet96SendShare
Previous Post

लुम्बिनी प्रदेश सभाले एक वर्ष पूरा, चार विधेयक पारित

Next Post

सवारी चालकलाई प्रहरीले संरक्षण गरेको भन्दै पीडितद्वारा सडक अवरुद्ध

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

Auto Draft
अपराध

सिर्जना बुढामगर मृत्यु प्रकरण : घटनाको जरासम्म पुग्ने प्रयासमा बाँके प्रहरी

९:४४ बिहान, चैत्र २५, २०८२
संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै
मुख्य समाचार

संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै

५:३६ बिहान, चैत्र २५, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै
मुख्य समाचार

डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै

३:३८ बिहान, चैत्र २५, २०८२
बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
मुख्य समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

९:३२ बिहान, चैत्र २४, २०८२
एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन
मुख्य समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

६:५१ बिहान, चैत्र २४, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post
सवारी चालकलाई प्रहरीले संरक्षण गरेको भन्दै पीडितद्वारा सडक अवरुद्ध

सवारी चालकलाई प्रहरीले संरक्षण गरेको भन्दै पीडितद्वारा सडक अवरुद्ध

सन्तोषजनक काम नभएकाे भन्दै ९ कम्पनीसँग स्पष्टीकरण माग

सन्तोषजनक काम नभएकाे भन्दै ९ कम्पनीसँग स्पष्टीकरण माग

समितिका सदस्यहरु भन्छन, ’कानुन संशोधन गर्नुको विकल्प छैन’

समितिका सदस्यहरु भन्छन, ’कानुन संशोधन गर्नुको विकल्प छैन’

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?