ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

खजुरा क्यान्सर अस्पताल आफै विरामी

News Desk by News Desk
११:३४ बिहान, फाल्गुन ४, २०८०
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
534
सेयर
521
VIEWS
ShareTweetSendShare

बाँके फागुन ४ गते ।
दाङ जिल्लाको दंगीशरण गाउँपालिका–३ बस्ने उमा थारु स्तन क्यान्सरको उपचारको लागि बाँकेको नेपालगन्जस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पुगिन् । सुरुमा दाङ जिल्लामा मै उपचार गरे पनि क्यान्सरको शङ्का लागेपछि थप उपचारको लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गर्न नेपालगन्जतिर पुगेकी हुन् ।

उनका श्रीमान् ४२ वर्षीय राजेश थारुले नेपालगन्ज आएपछि भिडियो एक्स–रे गराउनका लागि मात्र २ दिन कुर्न परेको बताए । तेस्रो दिन पनि साढे ३ बजेपछि मात्र भिडियो एक्स–रे गर्न बल्ल पालो पाएको उनको भनाइ छ । थारुले क्यान्सर अस्पतालमा बाध्यताले आए पनि यहाँको व्यवस्थापन पक्ष निकै फितलो भएको गुनासो गरे ।

उनले भने, ‘बल्ल बल्ल चिकित्सक आउँछन् । उपकरण पनि रहेनछ । अन्य सेवा पनि छिटो र छरितो हुँदैन । यहाँ किन आइएछ बरु सुरुमा नै भरतपुरतिर लागेको भए हुने रहेछ ।’ अस्पतालमा उनीजस्ता क्यान्सर रोगको शङ्का लागेर चेकजाँच र अन्य अस्पतालबाट रिफर भएर दैनिक १ सयभन्दा बढी बिरामी आउने गरेको अस्पताल प्रशासनको रेकर्ड रहेको छ । ती मध्ये धेरैको गुनासो समयमा भिडियो एक्सरे नभएको, क्यान्सरका बिरामीलाई सेकाउनु पर्ने मेसिन सञ्चालनमा नल्याएको, चिकित्सकहरू भेट्न धेरै समय कुर्नुपर्ने जस्ता रहेका छन् । यो अस्पतालले २०७० असार २९ गतेदेखि क्यान्सरका बिरामीहरूको उपचार सेवा सुरु गरेको थियो ।

वि.सं.२०७३ फागुनमा नेपाल सरकारले ‘प्रखर परोपकार मिसन नेपाल’ द्वारा सञ्चालित नेपाल क्यान्सर अस्पतालको स्वामित्व सरकारले नै लिने र क्यान्सर अस्पतालको नाम परिवर्तन गरेर ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ राख्ने निर्णय गरेको थियो । विशेषज्ञ अस्पतालको रूपमा लैजाने उद्देश्यसहित सञ्चालन गरे पनि अस्पताल अहिले आफै बिरामी जस्तै छ । नेपाल सरकारले अहिलेसम्म कर्मचारी दरबन्दी स्वीकृत गरेको छैन । जसका कारण करार र विकास समितिमार्फत चिकित्सकहरू राख्नुपर्ने अवस्था छ । यहाँसम्म कि अस्पतालका मेसु समेत भेरी अस्पतालबाट काजमा झिकाएर निमित्त रूपमा काम गरेको अवस्था छ ।

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल

बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न पाँच नयाँ फिडर थप

क्यान्सर अस्पतालको लागि सबैभन्दा धेरै प्रयोग हुने उपकरण लिन्याक (क्यान्सर भएपछि सेकाउने) मेसिन पनि खरिद गरेर ल्याएको वर्षौँसम्म सञ्चालनमा ल्याउन सकिएको छैन । पछिल्लो समय भएका विशेषज्ञ चिकित्सकहरू पनि क्यान्सर अस्पताल छाडेर अन्यत्र गएकाले अस्पतालमा उपचारका लागि आउने बिरामीहरूलाई समस्या भएको हो ।सरकारले भेरी अस्पताल डाक्टर निराजन भट्टराईलाई काजमा क्यान्सर अस्पतालमा निमित्त कार्यकारीको भूमिका दिएको थियो ।

उनी पनि हाल आफन्त बिरामी भएर उपचारका लागि भारत जानु परेपछि अस्पताल प्रशासनको जिम्मा डा. प्रवीण गुप्ताले पाएका छन् । क्यान्सर अस्पताल रेडियोलोजिष्ट नहुँदा भेरी अस्पतालबाट २ बजे पछि एक जना चिकित्सकलाई आंशिक करारमा लिएर काम चलाइएको छ । जसले गर्दा दैनिक १५–२० जनाको मात्र भिडियो एक्सरे हुने गर्दछ । यहाँ अपरेसन गर्दा चाहिने एनेस्थेसिया विज्ञ पनि छैनन् । एनेस्थेसियासम्बन्धी विशेषज्ञ चिकित्सक नभएपछि क्यान्सर अस्पतालमा अप्रेसन सेवा पनि प्रभावित भएको छ ।

ADVERTISEMENT
Share221Tweet130SendShare
Previous Post

राप्ती सोनारी ग्रामीण आँखा केन्द्र संचालन

Next Post

चुनावमा बाँडेको आश्वासन कहिले पूरा हुन्छ सांसद डा. राणा ज्यू ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ
अपराध

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

१२:२१ मध्यान्ह, जेष्ठ ४, २०८३
सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल
मुख्य समाचार

सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल

५:२० बिहान, जेष्ठ ४, २०८३
मधेसमा विद्युत् महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन काटियो
मुख्य समाचार

बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न पाँच नयाँ फिडर थप

५:०७ बिहान, जेष्ठ ४, २०८३
कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन
मुख्य समाचार

कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन

८:४० बिहान, जेष्ठ ३, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
Next Post
चुनावमा बाँडेको आश्वासन कहिले पूरा हुन्छ सांसद डा. राणा ज्यू ?

चुनावमा बाँडेको आश्वासन कहिले पूरा हुन्छ सांसद डा. राणा ज्यू ?

कारले ठक्कर दिँदा एकको मृत्यु

सडक दुर्घटनाबाट ३ दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु

राझा विमानस्थलमा जहाजमा खरायो ठोक्कियो

आज नेपालगन्ज जनकपुर उडान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?