ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

विद्यालय तहमा पुनः नैतिक शिक्षा अनिवार्य गर्ने प्रस्ताव

News Desk by News Desk
९:२० बिहान, चैत्र १०, २०८०
विद्यालय तहमा पुनः नैतिक शिक्षा अनिवार्य गर्ने प्रस्ताव
377
सेयर
376
VIEWS
ShareTweetSendShare

काठमाडौं चैत १० गते ।
विद्यालय तहमा ४ दशकसम्म नैतिक शिक्षाको पढाइ भयो । पाठ्यक्रम विकास केन्द्रका अनुसार २०२८ सालदेखि पढाउन थालिएको नैतिक शिक्षा कक्षा ४ देखि ८ सम्म अनिवार्य थियो भने कक्षा ९ र १० मा ऐच्छिक । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्धका क्रममा धेरै ठाउँमा नैतिक शिक्षाको पढाइ हुने सकेन ।

२०६२÷६३ को जनआन्दोलनपछि पाठ्यक्रम परिमार्जन हुँदा संस्कृत र नैतिक शिक्षालाई दुवैलाई हटाइयो । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालका अनुसार नैतिक शिक्षाका कतिपय विषयवस्तु सामाजिक विषयमा समावेश भए । विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफलमा नैतिक शिक्षालाई विद्यालय तहमा छुट्टै विषयका रुपमा राखनुपर्ने माग उठेको छ ।

शिक्षा ऐन २०२८ लाई खारेज गर्ने गरी २७ भदौ २०८० मा आएको विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलमा छ । सरोकारवालाहरूसँग छलफल सकाएको समितिले संशोधन प्रस्ताव गर्ने सांसदसँग छलफल थालेको छ ।

‘विद्यालय तहको शिक्षाको पाठ्यक्रममा नैतिक शिक्षा र प्रावधिक शिक्षा थपौं । केवल सर्टिफिकट लिने पाठ्यक्रम बन्द गरौं’ शिक्षा समितिमा शुक्रबार भएको दफावार छलफलमा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले भने, ‘५२ वर्षपछि शिक्षा नीति तय गर्दैछौं । यसकारण हामी यसमा गम्भीर बन्न जरुरी छ ।’ एकीकृत समाजवादीका उपाध्यक्ष समेत पाण्डेका अनुसार हरेक अभिभावकलाई आफ्नो सन्तान विद्यालय तहको शिक्षाको समाप्तिपछि नैतिकवान, व्यवहारिक र आफ्नो जीवनको बाटो आफैैँ तय गर्न सक्षम होस् भन्ने चाहना हुन्छ ।

सम्बन्धित समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

तर त्यसअनुसार शैक्षिक पाठ्यक्रम बन्न नसकेको उनको बुझाइ छ । आगामी पुस्तालाई नैतिकवान र मुलुकप्रति बफादार बनाउनका लागि नैतिक शिक्षाको अपरिहार्यता बढ्दै गएको बताउँछिन् नेकपा एमालेकी सांसद मेनकाकुमारी पोखरेल । ‘नैतिक शिक्षा र व्यवसायिक शिक्षा अनिवार्य हुनुपर्छ, यही नभएकाले समाजमा उद्धण्डता बढ्दो छ । बेरोजगारी बढ्दो छ’ सांसद पोखरेल भन्छिन्, ‘राष्ट्रियताको भाव जगाउन इतिहास पढाउनुपर्छ ।

नैतिकवान र चरित्रवान बनाउन सामाजिक र सांस्कृतिक विषयको ज्ञान दिनुपर्छ ।’ आधुनिकताको नाममा विदेशीको सिको गर्ने, आफ्नो मौलिकता छोड्दै जाने प्रवृतिले नेपालको अस्तित्व खतरामा पर्दै गएको एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर बताउँछन् । ‘आधुनिकताको नाममा नैतिक शिक्षा छोड्दा समाजमा अनेक किसिमका विकृति, विसंगति मौलाएको आभास हुन्छ । नेपालीपनको जर्गेनाका लागि पनि नैतिक शिक्षा आवश्यक छ’ उनको प्रश्न छ, ‘सबै अरुको सिको गर्दै गए नेपालको छुट्टै अस्तित्व कसरी कायम रहिरहन सक्छ ?’ नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाल १२ कक्षा पढेपछि विदेश गइहाल्नुपर्छ भन्ने मानसिकता विद्यमान शिक्षा प्रणाली र पाठ्यक्रमको उपज भएको बताउँछन् ।

उनले भने, ‘उच्च शिक्षा पढ्न विदेश जानुपर्ने, कमाउन विदेश जानुपर्ने अवस्थाको सिर्जना शिक्षाकै कारणले भएको हो ।’ समाजवाद ल्याउने हो भने त्यसअनुसारको पाठ्यक्रम तयार पार्नुपर्ने सांसद सुवालको सुझाव छ । आधारभूत तहका विद्यार्थीलाई कम्तीमा ५ वटा भाषा सिकाउनुपर्ने भन्दै उनले भने, ‘नेपाली अनिवार्य भइगो, अंग्रेजी चाहिने भयो । नेपालभित्र बोलिने अरु ३ भाषा सिकाऔं, यसअनुसार पाठ्यक्रम बनाउनुपर्छ ।’ विद्यालय शिक्षा विधेयकमा सरकारले बाह्र कक्षासम्म सम्पूर्ण रुपमा निःशुल्क शिक्षा दिने र प्रत्येक नागरिकले स्नातकसम्म पढ्नैपर्ने बाध्यकारी व्यवस्था राखेर जानुपर्ने उनको प्रस्ताव छ ।

ADVERTISEMENT

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापा बौद्धिक तहमा हुने गरेका छलफल र समाजले बोध गरेको आवश्यकता अनुसार विद्यालय तहको पाठ्यक्रममा पुनः नैतिक शिक्षा राख्ने प्रस्ताव सांसदहरूबाट आएको बताउँछन् । ‘विद्यालय तहको पाठ्यक्रममा नैतिक शिक्षा अनिवार्य गर्नुपर्छ भन्ने मत प्रकट भएको छ, यसमा कसैको विमत्ति छैन । तर कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पर्याप्त छलफल गर्न बाँकी नै छ’ सभापति थापाले भने ।

पाठ्यक्रम विकास केन्द्रका अनुसार हरेक ५÷५ वर्षमा पाठ्यक्रमको पुनर्मुल्यांकन हुने गर्दछ । १०÷१० वर्षमा पाठ्यक्रम परिमार्जन हुन्छ । पछिल्लो पटक २०७६ सालमा नयाँ पाठ्यक्रम लागू भएको थियो । अब बन्ने विद्यालय शिक्षा विधेयकका आधारमा अब २०८६ सालमा पाठ्यक्रम हुने पाठ्यक्रम विकास केन्द्रका अधिकारीहरू बताउँछन् । केन्द्रका महानिर्देशक अर्याल भन्छन्, ‘ऐनमा पाठ्यक्रम के राख्ने, नराख्ने भन्ने विषय समावेश हुन्छ जस्तो लाग्दैन । तथापि, त्यहाँ (संसद)मा हुने छलफलले अर्थ राख्छ ।’

Share151Tweet94SendShare
Previous Post

लुम्बिनीमा १९ देशका गैरआवासीय राजदूतको सम्मेलन सुरु

Next Post

फत्तेबाल आँखा अस्पतालबाट २७ लाखले सेवा पाए

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
Next Post
फत्तेबाल आँखा अस्पतालबाट २७ लाखले सेवा पाए

फत्तेबाल आँखा अस्पतालबाट २७ लाखले सेवा पाए

नेपालगन्ज उपमहानगरसँग स्थानीय पाठ्यक्रम बारे सूचना माग

नेपालगन्ज उपमहानगरसँग स्थानीय पाठ्यक्रम बारे सूचना माग

भन्सार छलिको सामान बरामद

भन्सार छलिको सामान बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?