ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँके राष्ट्रिय निकुञ्जका सबै ‘वनपथ’ खुला

News Desk by News Desk
४:१७ मध्यान्ह, चैत्र १७, २०८०
बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो
388
सेयर
387
VIEWS
ShareTweetSendShare

बाँके चैत १७ गते ।
बाँके राष्ट्रिय निकुञ्जले आन्तरिक र बाह्य पर्यटकका लागि आफ्ना सबै वनपथ (सफारीका लागि बाटो) खुला राखेको छ । निकुञ्ज घुम्न आउने पर्यटकलाई दृष्टिगत गरी निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट जुनसुकै समयमा पनि टिकट काट्ने व्यवस्था मिलाइएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ पाटेबाघसहित आहारा प्रजातिका वन्यजन्तु अवलोकन गर्न सक्ने अवस्था रहेको बताउँदै निकुञ्जभित्र अहिले वनपथ चालु अवस्थामा रहेको जानकारी दिए ।

“निकुञ्जभित्र बाघको सङ्ख्या चारबाट बढेर अहिले २५ पुगेको छ । आहारा प्रजातिको सङ्ख्या पनि बढेको छ”, उनले भने, “गर्मीयामको समयमा निकुञ्जभित्र वन्यजन्तुलाई पिउने पानीको अभाव हुन नदिन चालु आर्थिक वर्षमा थप दुईवटा पोखरी निर्माण गर्न लागेका छौँ ।”

निकुञ्जको जलसैनी क्षेत्रमा बाघले पौडी खेल्न सक्ने योजनामा निकुञ्ज रहेको संरक्षण अधिकृत शाहको भनाइ छ । “हामीले जलाशय र सिमसारको विकास गर्दै जाने योजना अगाडि बढाइरहेका छौँ”, उनले भने, “यसअघि कुनै पनि आर्थिक वर्षमा पाँच सयभन्दा बढी पर्यटक यहाँ घुम्न आएको तथ्याङ्कमा उल्लेख छैन । चालु आवमा कम्तीमा पनि दुई हजारभन्दा बढी पर्यटकको सङ्ख्या पुर्याउने प्रयासमा छौँ ।”

सम्बन्धित समाचार

सिर्जना बुढामगर मृत्यु प्रकरण : घटनाको जरासम्म पुग्ने प्रयासमा बाँके प्रहरी

संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

प्रमुख संरक्षण अधिकृत शाहले पर्यटनलाई केन्द्र विन्दुमा राखेर काम गरिरहेको बताउँदै निकुञ्जभित्र वन्यजन्तु अवलोकन गर्नका लागि मचान, घाँसेमैदान, कृत्रिम पानी पोखरी, वनपथजस्ता पूर्वाधार निर्माण गरिएको जानकारी र्दिए । स्थापनाको १३ वर्षसम्म निकुञ्ज क्षेत्रमा संरक्षणसँगै पूर्वाधार निर्माणको काम भएको र अब भने पर्यटन प्रवर्द्धनको कामलाई केन्द्रमा राखिएको उनको भनाइ छ ।

दुर्लभ पाटेबाघ संरक्षण गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भएको यो मुलुककै कान्छो राष्ट्रिय निकुञ्ज हो ।

पर्यटन प्रवर्द्धनका लागि समन्वयमा जोड

ADVERTISEMENT

बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धनका लागि आवश्यक समन्वय हुनुपर्नेमा सम्बद्ध सरोकारवालाले जोड दिएका छन् । शुक्रबार निकुञ्ज परिसरमा गरिएको पर्यटन प्रवर्द्धनका लागि सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा होटल व्यवसायी, पर्यटन व्यवसायी, सञ्चारकर्मी, संरक्षण क्षेत्रमा लागेका व्यक्तिलगायतले एकापसमा समन्वय गर्न जोड दिएका हुन् ।

कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तिले आन्तरिक तथा बाह्य पर्यटकका लागि एयरपोर्ट र होटेल बसाइका लागि बर्दियाभन्दा बाँके राष्ट्रिय निकुञ्ज नै सबैभन्दा नजिक र पायक पर्ने स्थानमा भएको हुँदा बाँके निकुञ्जमा पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् ।

राप्ती सोनारी गाउँपालिका–८ का वडाध्यक्ष शालिकराम डाँगीले निकुञ्जमा अब पर्यटकलाई बढीभन्दा बढी भित्र्याउन आवश्यक रहेको बताएका थिए । पर्यटन प्रवर्द्धनका लागि सरोकार राख्ने निकायबीच समन्वय हुनुपर्नेमा उनले जोड दिए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले निकुञ्जका लागि केन्द्रीय सरकारको पर्यटन बोर्डले उल्लेखनीय लगानी नगरेको बताए । प्रदेश सरकारसँग पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम भए पनि खासै सहकार्य हुन नसकेको उनको भनाइ थियो । “निकुञ्जले ठोस पहल कदमी लिन सक्यो भने हामीले आंशिक रुपले सफलता प्राप्त गर्न सक्छौँ”, उनले भने, “हामीसँग धेरै नै महत्वकाङ्क्षी योजना छन् ।”

कार्यक्रममा फ्रेन्ड फर वाइल्डलाइफ कन्जरभेसनका राष्ट्रिय अध्यक्ष आशीष चौधरीले घरबासमा अग्र्यानिक कुरा प्रत्युत्पादन गर्न आवश्यक रहेको बताए । “निकुञ्ज भ्रमण गर्न आउने पर्यटक घरबासमा बस्न रुचाउँछन् । उनीहरुका लागि रैथाने र अग्र्यानिक परिकारले आकर्षित गर्न सकिन्छ”, उनले भने, “पर्यटनहरु भित्रने नेपालगञ्जको सीमानाका र एयरपोर्टलगायत ठाउँमा निकुञ्जको प्रचारप्रसारमा कमी भएको हुनाले यसको प्रचारप्रसारमा ध्यान दिन आवश्यक छ ।”

नेचर गाइड एसोसिएसन बाँकेका अध्यक्ष भीम डाँगीले निकुञ्जमा अझै पनि पूर्वाधार कमी रहेको बताउनुभएको थियो । “निकुञ्जभित्र पर्याप्त मात्रामा वनपथ, घाँसेमैदान, पोखरी छैनन्”, उनले भने, “चुरेको फेदीमा प्रशस्त पानी छ । त्यो पानीलाई व्यवस्थित गरेर त्यहाँसम्म बाटो पुर्याउन सकियो भने पर्यटकका लागि त्यो अत्ति नै आकर्षक र मनमोहक बन्न सक्छ ।”

रिम्ना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह ढकेरीका अध्यक्ष गोकुल ओलीले निकुञ्जसँगै सामुदायिक वनमा पनि पर्यटकलाई घुमाउने ठाउँ रहेको बताए । मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा पनि निकुञ्जले पर्यटकीय गतिविधि बढाउने खालका कार्यक्रम गर्नुपर्नेमा उनले सुझाव दिए ।

कार्यक्रममा बाँकेका घरबास व्यवसायी, होटल व्यवसायी निकुञ्ज सुरक्षार्थ नेपाली सेनाका गणपति उज्ज्वल थापा, विभिन्न मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका पदाधिकारी, मध्यवर्ती सामुदायिक वन समुहका पदाधिकारी, निकुञ्जका कर्मचारी, संरक्षणकर्मीलगायतको सहभागिता थियो । रासस

Share156Tweet97SendShare
Previous Post

नेपालगन्जका मासु पसलमा थालियो अनुगमन

Next Post

नेपालगन्जमा खिदमत ग्रुपद्धारा रमजानको १९ औँ दिन रोजा इफ्तार (भिडियो सहित)

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

Auto Draft
अपराध

सिर्जना बुढामगर मृत्यु प्रकरण : घटनाको जरासम्म पुग्ने प्रयासमा बाँके प्रहरी

९:४४ बिहान, चैत्र २५, २०८२
संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै
मुख्य समाचार

संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै

५:३६ बिहान, चैत्र २५, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै
मुख्य समाचार

डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै

३:३८ बिहान, चैत्र २५, २०८२
बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
मुख्य समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

९:३२ बिहान, चैत्र २४, २०८२
एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन
मुख्य समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

६:५१ बिहान, चैत्र २४, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post
नेपालगन्जमा खिदमत ग्रुपद्धारा रमजानको १९ औँ दिन रोजा इफ्तार (भिडियो सहित)

नेपालगन्जमा खिदमत ग्रुपद्धारा रमजानको १९ औँ दिन रोजा इफ्तार (भिडियो सहित)

नेपालगन्जमा खिदमत ग्रुपद्धारा रमजानको १९ औँ दिन रोजा इफ्तार (भिडियो सहित)

रमजानको १९ औँ दिन : नेपालगन्जका १५ सयले गरे सामुहिक इफ्तार

बाँकेको यु–१३ छनोट फुटबलमा उत्साह जनक सहभागिता

बाँकेको यु–१३ छनोट फुटबलमा उत्साह जनक सहभागिता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?