ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

श्रीमानको हत्यारा पत्ता नलाग्दा त्रासमा छिन् सविता

News Desk by News Desk
१०:५७ बिहान, जेष्ठ ३, २०८१
श्रीमानको हत्यारा पत्ता नलाग्दा त्रासमा छिन् सविता
406
सेयर
398
VIEWS
ShareTweetSendShare

बाँके जेठ ३ गते ।
जानकी गाउँपालिका वडा नं. ३ इन्द्रपुर बाँकेकी ३१ वर्षीया सविता राजवंशीको श्रीमान् सन्तोष कठरियालाई गत फागुन २३ गते राती एक लुटेराको समूह घरमा पसेर लुटपाट गरी आक्रमण गरेर हत्या गरे । सविताको श्रीमान् सन्तोषलाई लुटेराको समूहले हत्या गरेको पनि दुई महिनाभन्दा बढी भयो । तर हत्यारा भने अझैसम्म पत्ता लाग्न सकेको छैन ।

सविता भन्छिन्“यतिका समयसम्म पनि श्रीमानको हत्यारा पत्ता नलाग्दा डरै डर र त्रासै त्रासमा बाँचेकी छु ।” ६ जनाभन्दा बढीको लुटेराको समूहले राती साढे एघार बजेतिरको समयमा घरको ढोका फोडी भित्र पसेर पहिला सविताको कानमा लगाएको सुनको जुली र नाकमा लगाएको फुली लगे । त्यसपछि दराजको चाबी मागेर दराज खोली दराजमा भएको ७३ हजार रुपियाँ नगद लगेपछि सन्तोष र सवितालाई काठले आक्रमण गरे । पेस्तोलसहित आएका लुटेराको समूहले काठले टाउकोमा प्रहार गरेपछि आफू एकातिर पल्टिएको र काठकै प्रहारबाट गम्भीर घाइते हुनुभएका सन्तोषलाई स्थानीय र प्रहरीको सहयोगमा राती नै उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज पुर्याइयो तर सन्तोषको साढे एक बजेतिर उपचारका क्रममा निधन भएको सविताले बताइन् ।

उनीहरूसँग आफूले पेस्तोल देखे पनि पेस्तोल भने प्रयोग नगरेको उनको भनाइ छ । सविताले गत चैत ५ गते शान्ति सुरक्षा कायम गरिपाउँ भनेर जिल्ला प्रहरी कार्यालय बाँकेमा निवेदन पेस गरेको बताउछिन्। “मैले श्रीमानको हत्यापछि चैत ५ गते शान्ति सुरक्षा कायम गरिपाउँ भनेर जिल्ला प्रहरीमा निवेदन पेश गरेँ, अहिले कहिलेकाहीँ बिहान र साँझको समयमा प्रहरीहरू मेरो घरतिर गस्तीमा जाने गर्नुभएको सुनेकी छु ।” सविताले लुटेराले श्रीमानको हत्या गरेपछि त्यो घरमा आफू जान नसकेको बताउनुभयो ।

घटना भएको केही दिनपछि फेरि त्यही घरमा अर्को चोरीको घटना भएको र त्यसपछि त झनै जान डर लाग्ने गरेको उनको भनाइ छ । “श्रीमानको हत्यापछि डरका कारण म त्यहाँ जान सकिनँ, बाहिरै डेरा लिएर बसेँ, जान त मन लाग्छ तर डर लाग्छ, त्यहाँ सुरक्षित महसुस हुँदैन ।” उनले भनिन्, “घटना भएको केही दिनपछि म एक दिन घर पुगेँ, घर पुग्दा घरको ढोका फोडेर भित्र रहेको चामल, चिनी, तेल, जाडोमा लगाउने कपडासहित सबै सामान चोरले लगेछ, त्यसपछि त झनै त्यहाँ जानै डर लागेर आउँछ ।” अहिले आफू नेपालगन्जमा छोरासहित डेरा गरेर बसिरहेको उनले भनिन् । “अहिले नेपालगन्जमा डेरा खोजेर बसेकी छु, नयाँ कोही मान्छे हिँडडुल गरेको देख्यो भने डर लाग्छ, काखमा रहेको दुधे बालकलाई मार्ने हुन् कि, मलाई मार्ने हुन् कि भनेर मन झसङ्ग झसङ्ग हुन्छ ।” उनले भनिन, “श्रीमानको हत्यारा अझैसम्म पनि पक्राउ नपर्दा अझै ढुक्क हुन सकेकी छैन, उनीहरू फेरि आएर हामीलाई मार्ने हुन् कि भनेर सधैँ त्रास र डर लाग्छ ।” सविताको काखमा अहिले दुई वर्षीय एउटा छोरा छन् ।

सम्बन्धित समाचार

बाँकेमा ६० प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले घट्यो

लक्ष्यभन्दा कम भए पनि उच्च अदालत नेपालगन्ज इजलासले १ हजार ३५४ मुद्दा फर्छ्यौट गर्‍यो

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

नोकरी पेसा व्यवसाय केही पनि छैन । अब दैनिकी कसरी गुजारा गर्ने भनेर उनले गुनासो गरिन् । “श्रीमानले पहिला जसोतसो गरेर जागिर गरेर हाम्रो दैनिक गुजारा चलाइरहनुभएको थियो, कमाएर घर ल्याई खुवाउने मान्छे नभएपछि अब कसरी जीवन चलाउने ?” उनले भनिन् “यो दुधे बालकलाई कसरी खुवाउने, ठुलो हुँदैछ कसरी पढाउने, मैले के गरी खाने, केही पेसा जागिर छैन, कमाउने मान्छे नै नभएपछि कसरी बाँच्ने ।” जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले घटनाका बारेमा सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए ।

“उक्त समयमा सोही क्षेत्रमा लगातार एउटै प्रकृतिका केही घटनाहरू भए, जानकी ४ मा गत चैत २६ गते राती बन्दुक देखाएर भएको लुटपाटको घटनामा संलग्न दुई जना भारतीय नागरिकलाई पक्राउ गरिसकेका छौँ ” उनले भने । “उस्तै उस्तै प्रकृतिको घटना भएका कारण यस घटनामा उनीहरूको संलग्नताका बारेमा सूक्ष्म अनुसन्धानमै छौँ, केही दिनमा अपराधी पत्ता लगाउँछौं, अपराधीलाई कानुनी दायरामा ल्याउने गरी हामी लागिरहेका छौँ ” प्रनाउ डाँगीले भने ।

ADVERTISEMENT
Share167Tweet100SendShare
Previous Post

जैविक मार्गमा सामुदायिक वन पुनःथापना कार्यक्रम

Next Post

एमाले बाँकेमा चुनावी सरगर्मी : अध्यक्षमा को छ प्रतिस्पर्धी ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चैते धान रोपाइँ
कृषि

बाँकेमा ६० प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले घट्यो

२:३० बिहान, साउन २, २०८३
लक्ष्यभन्दा कम भए पनि उच्च अदालत नेपालगन्ज इजलासले १ हजार ३५४ मुद्दा फर्छ्यौट गर्‍यो
मुख्य समाचार

लक्ष्यभन्दा कम भए पनि उच्च अदालत नेपालगन्ज इजलासले १ हजार ३५४ मुद्दा फर्छ्यौट गर्‍यो

२:२० बिहान, साउन २, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
आर्थिक

नेपालगन्ज भन्सारले उठायो २० अर्ब राजस्व, लक्ष्य अपूरो

७:३२ बिहान, साउन १, २०८३
चमेनागृहमा मूल्यसूची राख्न अदालतको आदेश
मुख्य समाचार

उच्च अदालतको आदेशले मुक्तकमैयाको जग्गा अधिकार कार्यान्वयन सहज

२:१५ बिहान, साउन १, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
पुल निर्माणको आश्वासन मात्र : तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर
मुख्य समाचार

पिप्रहवा घाटमा झोलुङ्गे पुल बन्ने, डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता हट्ने

७:१५ बिहान, असार ३२, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
Next Post
एमाले बाँकेमा चुनावी सरगर्मी : अध्यक्षमा को छ प्रतिस्पर्धी ?

एमाले बाँकेमा चुनावी सरगर्मी : अध्यक्षमा को छ प्रतिस्पर्धी ?

एमाले बाँकेको उप–सचिव पदका उम्मेदवार को हुन् किशोर थापा ? उनको उम्मेदवारी किन ?

एमाले बाँकेको उप–सचिव पदका उम्मेदवार को हुन् किशोर थापा ? उनको उम्मेदवारी किन ?

नदीजन्य वस्तु चोरी हुँदा स्थानीय तहको आम्दानी गुम्दै

बाँकेमा रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?